Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 72

सुलेमानको भजन।

72 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
    राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
    गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
    उहाँले असहायहरूलाई साथ दिइयोस्।
    कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
जब सम्म घाम उदाउँछ
    अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
खेतहरूमा पानी बर्षे जस्तै,
    धर्तीमा पानी परे जस्तै राजा बनुन्।
उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
    जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
    युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
    उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
    शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
    सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
    हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
    राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
    ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
    अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
    प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
    र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
    अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
    शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
    जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
    अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।

18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
    परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
    उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!

20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)

1 राजा 10:14-25

14 राजा सुलेमानले प्रत्येक बर्ष तौल 666 तोडा[a] सुन प्राप्त गर्दथे। 15 व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे।

16 राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो। 17 तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।

18 राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके। 19 सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोलो थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंहहरूको मूर्तिहरू। 20 छःवटा सिंढीहरूमध्ये पनि प्रत्येकमा दुइवटा सिंह थिए। प्रत्येकको अन्तमा एउटा सिंह थियो। अरू राज्यमा यस प्रकारको केही थिएन।

21 सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चाँदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।

22 राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन बर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको बाँदरहरू र मजुरहरू ल्याउने गर्थ्यो।

23 सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए। 24 सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे। 25 प्रत्येक बर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।

एफिसी 4:7

ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो।

एफिसी 4:11-16

11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो। 12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्। 13 हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिपक्क मानिस नबनिउन्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरून्जेल यो काम गरि नै रहनुपर्छ।

14 तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्। 15 तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुन्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीर हौं। 16 सम्पूर्ण शरीर ख्रीष्टद्वारा गाँसिएको छ। शरीरको प्रत्येक अङ्ग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अङ्गले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International