Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।
12 हे परमप्रभु मलाई बचाउँनु होस्!
अब धार्मिक मानिसहरू छैनन्।
त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
के भन्नु पर्ने हामी जान्दछौं,
यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
5 तर परमप्रभु भन्नुहुन्छ,
“दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
तर म ती असहाय मानिसहरूको
पक्ष लिएर लडाइईँ गर्नेछु।”
6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
तातो आगोमा बिलाएको चाँदी जस्तो,
तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।
10 दुष्ट मानिसहरू सधैँ खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।
11 दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझै ज्ञानी हुन्छन्।
12 परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।
13 यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
14 गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।
15 न्यायले ईमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।
16 जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरूसँग समाप्त हुन्छ।
नियमका शास्त्रीहरू विरूद्ध चेतावनी
(मत्ती 23:1-36; मर्कूस 12:38-40; लूका 11:37-54)
45 जव सबै मानिसहरूले सुनिरहेका थिए येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बस्त्र लगाएर वरिपरि घुम्न चाहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्। 47 तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामा-लामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कड़ा दण्ड दिनुहुनेछ।”
साँच्चो दान
(मर्कूस 12:41-44)
21 येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो। 2 त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। 3 येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई। 4 किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”
© 2004, 2010 Bible League International