Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
उहाँको महिमा र शक्तिको प्रशंसा गर।
2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
सिरिओन हल्लिन्छ।
त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।
पवित्र सन्दूक मन्दिरमा ल्याइयो
2 सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्। 3 इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।
4 जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए। 5 तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए। 6 राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेंडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्। 7 त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महा-पवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पखेंटा मुनि राखियो। 8 करूब स्वर्गदूतहरूले तिनीहरूका पखेंटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए। 9 ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा-पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्। 10 करारको सन्दूकमा दुइ फलाकहरू बाहेक अरू केही थिएन। मोशाले ती दुइ फलाकलाई होरेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। होरेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो घट्ना घटेको थियो।
11 त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन। 12 लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहाँ थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए। 13 मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले यसो भन्दै परमप्रभुको स्तुति गरे,
“परमप्रभुको स्तुति गर, किनभने उहाँ असल हुनुहुन्छ।
उहाँको सत्य प्रेम सदा-सर्वदा रहि रहन्छ।”
तब परमप्रभुको मन्दिर बादलले भरियो। 14 पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।
पावलले आफ्नो कार्यको विषयमा भन्छन्
19 पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन। 20 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति फर्क र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदियाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।
21 “यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे। 22 आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु। 23 तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”
पावलले अग्रिपालाई मनाउन खोज्यो
24 पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”
25 पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। 26 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन। 27 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।”
28 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”
29 पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङ्लो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”
© 2004, 2010 Bible League International