Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 97

97 परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो।
    सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ।
    धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।
परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ,
    अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ।
    मानिसहरू यसलाई देख्छन् र डराउँछन्।
परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्,
    सारा पृथ्वीका स्वामीको सामुन्ने।
हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ।
    ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन्।

मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्।
    तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्।
तर ती मानिसहरू लज्जित हुनेछन्।
    तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।
हे सियोन, सुन अनि खुशी बन!
    हे यहूदाका शहरहरू, खुशी होऊ।
    किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ।
    तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।
10 मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ।
    परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
11 धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
12 धर्मी मानिसहरू, परमप्रभुमा खुशी होऊ।
    उहाँको पवित्र नाउँको आदर गर।

प्रस्थान 33:12-17

परमप्रभुको महिमा मोशाले देखे

12 मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसँगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’ 13 यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

14 परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

15 त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्। 16 नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसँग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

17 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसँग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”

प्रकाश 22:6-9

त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।” “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।”

म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ। तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिम्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरू मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International