Revised Common Lectionary (Complementary)
93 परमप्रभु राजा हुनुहुन्छ।
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
2 परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
20 तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए। 21 राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”
22 हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो। 23 हुल्दाले तिनीहरूलाई भनीन्, “इस्राएलका परमप्रभु परमेश्वर जे भन्नुहुन्छ त्यो यो होः राजा योशियाहलाई भनः 24 ‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो। 25 म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’
26 “‘तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ। 27 योशियाह जब तैंले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैंले आफैंलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ। 28 म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैंले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थान माथि अनि यहाँ बस्ने मानिसहरू माथि ल्याउने छु।’” हिल्कियाह अनि राजाका सेवकहरू यो संन्देश लिएर राजा योशियाह कहाँ फर्के।
29 तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए। 30 राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई करारको पुस्तकमा भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो। 31 तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुशरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए। 32 तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए। 33 इस्राएलका मानिसहरू सित बिभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।
शिमियोनले येशूलाई देखे
25 शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो। 26 परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो। 27 आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए। 28 शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः
29 “अब हे परमप्रभु, आफ्नो वचन अनुसार, तपाईंको दासलाई शान्तिसँग विदा दिनुहोस्।
30 किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।
31 जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो।
32 तपाईंको पथ प्रदर्शनमा गैर-यहूदीहरूको लागी उनी नै प्रकाश हुन।
उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
33 उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे। 34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियमलाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनेछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ। 35 यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ।”
हन्नाले येशूलाई देखिन्
36 हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात वर्ष मात्र बिताइन। 37 त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी वर्ष पुगेकी थिइन्। हन्ना सधैँ मन्दिरमा रहन्थिन्। उनी कहीं जाँदैन थिइन्। रात दिन उपावास र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना गर्थिन्।
38 ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुगिन् औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज-जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसँग उनको विषयमा बात गरिन्।
© 2004, 2010 Bible League International