Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 121

मन्दिरतर्फ जाँदा दाऊदको भजन।

121 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
    तर मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
    परमप्रभुबाट आउँछ।
परमेश्वरले पतनहुन दिनु हुनेछैन,
    तिम्रो संरक्षक निदाई जाने होइन।
इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
    परमेश्वर कहिल्यै निदाउनु हुन्न।
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
    उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
तिमीलाई दिउँसो घामले
    अनि राती जूनले हानि पुराउँदैन।
परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
    परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
    परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

यशैया 6:1-8

परमेश्वरले यशैयालाई अगमवक्ता हुन बोलाउनु भयो

राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो। सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेंटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेंटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेंटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेंटाहरू उड्नलाई प्रयोग गरेका थिए। प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो। तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।

म भयभीत भएँ। मैले भनें, “अँहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसँग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”

वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए। सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”

त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?”

यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”

लूका 5:1-11

पत्रुस, याकूब र यूहन्ना येशूको पछि लागे

(मत्ती 4:18-22; मर्कूस 1:16-20)

येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।

जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”

शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।

8-9 थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस्, परमप्रभु। म पापी मानिस हुँ।” 10 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए।

येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”

11 तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International