Revised Common Lectionary (Complementary)
मन्दिरतर्फ गइरहेको बेला दाऊदको भजन।
122 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने,
“परमप्रभुको मन्दिर तर्फ जाऊँ।”
2 हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
3 यो नयाँ यरूशलेम हो।
एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्।
परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्।
5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए।
तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर।
“जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्।
7 तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्।
म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
8 मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ,
म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
9 हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।
यहूदी जातीलाई सहायता गर्ने राजाको आदेश
8 त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।) 2 तब राजाले औंठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्।
3 अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासँग अनुरोध गरिन् हामानले जो षड्यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए।
4 अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्। 5 र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए। 6 किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?”
7 अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए। 8 अब राजाको अधिकारद्वारा यहूदीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”
9 यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतबर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो। 10 अनि मोर्दकैले राजाको नाउँमा आदेश लेखे र त्यसलाई राजाबाट लाल मोहर लगाई बन्द गरे अनि घोडामा चढाएर पत्रहरू पठाइदिए यिनीहरू राजकिय घोडाहरू थिए।
11 राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे।
यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।
12 राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ दिन महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो। 13 हरेक प्रदेशलाई आदेशको एक-एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो। 14 यसर्थ, त्यसदिन यहूदीहरू आफ्ना शत्रुहरू माथि बद्ला लिनलाई तयार रहनु पर्थ्यो। राज-अश्व सवारहरू राजाको आदेश अनुसार सबै तयार थिए। व्यवस्था पनि शूशनको प्रासाद जिल्लामा प्रकाशित गरियो।
15 मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए। 16 यहूदीहरूले त्यहाँ हर्ष आनन्द र अति नै खुशी मनाएका थिए।
17 अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।
स्पर्नाको मण्डलीलाई येशूको पत्र
8 “स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।
9 “मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँच्चो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्। 10 तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रह्यौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु।
11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।
© 2004, 2010 Bible League International