Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 126

मन्दिरमा गइरहेको बेलाको भजन।

126 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
    त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
    अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
    “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
हो, हामी अत्यन्त खुशी हुनेछौं
    यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
    जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
    तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
    तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

यशैया 43:1-7

परमेश्वर सधैँ आफ्ना मानिसहरूसँग हुनुहुन्छ

43 याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ। जब तिमीमाथि कष्टहरू पर्छन्, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेट्ने छैन्। किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परम-पवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ। तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।

“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु। म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा-टाढा छन्, मलाई देऊ। ती सबै मानिसहरू देऊ जो मेरा हुन् मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”

फिलिप्पी 2:19-24

तिमोथी र इपाफ्रोडाइटसको खबर

19 तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु। 20 तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। 21 अरूहरू त आफैंमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन। 22 तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ। 23 म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। 24 म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International