Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: “महलथ” भन्ने रागमा दाऊदको “मस्किल” नामको भजन।
53 केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्।
त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्,
अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।
2 त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ।
परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ,
जसले परमेश्वरलाई नै खोजिरहेछन्।
3 तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्।
प्रत्येक मानिस कपटी छन्।
कसैले पनि राम्रो काम गर्दैन।
एकजना पनि राम्रो काम गर्ने मानिस छैन!
4 परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्।
तिनीहरूले मलाई प्रार्थना गर्दैनन्।
दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”
5 तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन्
त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्।
परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ।
यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्,
अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।
6 म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि
इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ।
त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ।
याकूब प्रफुल्लित हुनेछ।
इस्राएल आनन्दले ओतप्रोत हुनेछ।
प्रयाश्चितको दिन
26 परमप्रभुले मोशालाई भन्नुभयो, 27 “प्रायश्चितको दिन सातौं महीनाको दशौं दिनमा पर्छ। त्यसदिन तिमीहरूले केही खानु हुँदैन अनि तिमीहरूले आगोद्वारा परमप्रभुलाई बलि चढाउनु पर्छ अनि पवित्र सभा गर्नुपर्छ। 28 त्यस दिन तिमीहरूले केही काम गर्ने छैनौ, किनभने त्यो दिन तिमीहरूको प्रायश्चितको दिन हो। त्यसदिन पूजाहारी परमप्रभुको सामुने जानेछन् र तिमीहरूलाई पवित्र पार्न उत्सव गर्नेछन्।
29 “यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्याउनु पर्छ। 30 यदि कुनै मानिसले त्यस दिन केही काम गर्छ म उसलाई उसका मानिसहरूको बीचबाट शेष पार्नेछु। 31 त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैँको निम्ति चालू रहनेछ। 32 यो दिन तिमीहरूको निम्ति एक विशेष विश्रामको दिन हो र तिमीहरूले त्यस दिन केही खाने छैनौ। यो विशेष विश्रामको दिन त्यस महिनाको नवौं दिनको साँझबाट शुरू हुनेछ र भोलिपल्ट साँझसम्म रहनेछ।”
छाप्रो-वासको चाड़
33 परमप्रभुले मोशालाई भन्नुभयो, 34 “इस्राएलका मानिसहरूलाई भन; सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-बासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ। 35 कसैले यस चाडको पहिलो दिन केही काम गर्नु हुँदैन जब पवित्र सभा गरिनेछ। 36 तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ।
37 “परमप्रभुको विशेष चाडहरू यी नै हुन्। यी दिनहरूमा पवित्र सभाहरू हुनेछन्, तिमीहरूले परमप्रभुलाई आगोबाट बलिहरू चढाउनेछौ। होमबलि, अन्नबलि, अर्धबलिहरू अरू अन्य बलिदानहरू चढाउँनेछौं। ती बलिहरू तिमीहरूले ठीक समयमा चढाउनेछौ। 38 तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौ।
39 “सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ। 40 पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ। 41 प्रत्येक बर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातों महीनामा मनाइनेछ र यो विधि सधैँ चलिरहनेछ।
स्वर्गमा मानिसहरू परमेश्वरको स्तुति गर्छन्
19 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए,
“हल्लेलूयाह!
विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।
2 किनभने उहाँको न्याय सत्य अनि सही छ।
हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो।
ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी,
परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बद्ला लिए।”
3 स्वर्गका मानिसहरूले यो पनि भनेः
“हल्लेलूयाह!
त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”
4 त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै:
“आमिन! हल्लेलूयाह!”
5 त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो,
“तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं,
हाम्रा परमेश्वरको स्तुति गर!
तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो,
हाम्रा परमेश्वरको स्तुति गर!”
6 त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:
“हल्लेलूयाह।
हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ।
उहाँ माहा-शक्तिशाली हुनुहुन्छ।
7 हामी खुशी मनाऔं अनि खुशी होऔं
अनि परमेश्वरलाई महिमा प्रदान गरौं!
परमेश्वरको थुमाको विवाह आएकोछ।
अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
8 बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।
मलमल चम्किलो र सफा थियो।”
(उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)
© 2004, 2010 Bible League International