Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकार, यदूतूनलाई: दाऊदको भजन।
39 मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु।
म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन।
जब म कपटी मानिसको चारैतिर हुन्छु
म मेरो मुख बन्द राख्ने छु।”
2 यसैले मैले केही भनिनँ।
मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ।
तर मेरो मनोव्याथा अझ बढ्यो।
3 म एकदमै रिसाएको थिएँ
अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ,
यसैले मैले केही भनें।
4 हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ?
भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु?
मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!
5 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।
तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ।
प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन!
6 हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो।
हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,
तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।
7 यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ?
तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
8 हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्।
मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
9 म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन,
म आफ्नो मुख खोल्ने छैन।
परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
10 तर परमेश्वर, मलाई सजाय दिन रोक्नु होस्,
यदि तपाईं रोकिनु भएन भने मलाई नष्ट पार्नुहुनेछ!
11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो,
तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्।
जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ।
हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ।
12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्!
मेरा ती विलापका शब्दहरू सुन्नुहोस्,
मेरा आँसुहरू हेर्नुहोस्।
तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ।
मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस्
अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।
17 यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिमीहरू पहाडतिर जाऊ। 18 अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दुर्वल, अथवा कम्ती छन् अथवा ठूलो जनसँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्? 19 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन् हेर? 20 अनि जमीन मलिलो छ वा रूखा छ, त्यहाँ रूखहरू छन् कि छैनन्? त्यस भूमिबाट केही फलहरू ल्याउनु जतिसक्दो कोशिस गर।” (त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।)
21 यसकारण तिनीहरू सीनको मरुभूमि देखि रहोबद्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे। 22 तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात बर्ष अघि बनिएको थियो। 23 त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। 24 इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो।
25 चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमिको बारेमा खोजी गरी फर्के। 26 पारान मरुभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए। 27 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।
परमेश्वरको राज्य के जस्तो होला?
(मत्ती 13:31-33; मर्कूस 4:30-32)
18 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? 19 परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”
20 येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ? 21 त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठूलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।”
© 2004, 2010 Bible League International