Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 35:11-28

11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,
    म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।
    हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।
    मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें।
    (हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।)
14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें।
    कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ।
    मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ।
    म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
15 तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे।
    तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्,
म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ।
    तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।
    तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।

17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका?
    तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्।
    परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्।
    मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।

18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु,
    महासभामा म तपाईंको स्तुति गाउने छु।
19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्।
    निःसन्देह मेरा शत्रुहरूले,
    आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्।
    तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति,
    अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।
21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्।
    तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”
22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ,
    यसैले मौन नबस्नुहोस्,
    मलाई छाडेर नजानुहोस्।
23 हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्!
    मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्।
    अनि मलाई न्याय ल्याई दिनुहोस्।
24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्।
    तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।
25 मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं।
    हामीले उसलाई ध्वंश पारिदियौं!”
26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्।
    जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्।
तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्!
    यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्।
    भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्।
तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ।
    उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”

28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ।
    म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।

इजकिएल 1:1-2

परिचय

1-3 म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुल्यो अनि मैले परमेश्वरको दर्शन देखें। यो तीसौं बर्षको चौथो महीनाको पाँचौ दिन थियो। (यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौं बर्षको पाँचौं महीनाको पाँचौं दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।)

परमप्रभुको रथ अनि उहाँको सिंहासन

मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु[a] झैं केही देखिन्थ्यो। बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो। तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेंटाहरू थिए। तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो। तिनीहरूको पखेंटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पखेंटाहरू थियो। पखेंटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिँड्थे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे।

10 हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। 11 प्राणीहरूको पखेंटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेंटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेंटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो। 12 जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिँड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो। 13 हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो।

यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो। 14 ती प्राणीहरू बिजुली चम्के जस्तै यतादेखि उता बेगसँग दौडन्थे।

15-16 जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो। 17 त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर ती जीवित प्राणीहरू हिँड्दा यता उता घुम्न सक्दैन थिए।

18 त्यो पाङ्ग्रा अग्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए।

19 पाङ्ग्रा सधैँ प्राणीहरूसँग हिँड्थ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि सँगै जान्थ्यो। 20 तिनीहरू त्यहीं जान्थे जहाँ हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको हावा पाङ्ग्राहरू थियो। 21 यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो।

22 प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो। 23 यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेंटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पखेंटाहरू अनि अर्को दुइवटा पखेंटाहरूले यसको शरीर छोपेको थियो।

24 जब-जब त्यो प्राणीहरू हिँड्‌थ्यो, त्यसको पखेंटाको ध्वनि बडो तेजसँग आउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोड्थे त्यति बेला आफ्नो पखेंटा तल झर्थ्यो।

25 ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेंटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो। 26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। 27 मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो। 28 त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।

त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा़ होऊ र म तिमीसित कुरा गर्नेछु।”

प्रेरित 10:23-33

23 पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे।

अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। 24 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।

25 जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। 26 तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

27 पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।

28 उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी सँगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन। 29 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”

30 कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। 31 तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। 32 त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ 33 यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International