Revised Common Lectionary (Complementary)
99 परमप्रभु नै राजा हुनुहुन्छ,
यसैले सारा जातिहरू डरले काम्छन्।
परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ।
यसैले सारा संसार डरले काम्दछ।
2 सियोनमा परमप्रभु महान् हुनुहुन्छ!
उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।
3 सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्।
परमेश्वरको नाउँ विस्मयकारक छ।
परमेश्वर पवित्र हुनुहुन्छ।
4 शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ।
परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो।
तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
5 परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर
अनि उहाँको पवित्र पाउदानमा[a] दण्डवत गर।
6 मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए।
तिनीहरू मध्ये शमूएल हुन् जसले परमेश्वरको नाम पुकारे।
तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे,
अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7 परमेश्वर अग्ला बादलबाट बोल्नु भयो।
तिनीहरूले उहाँको विधिहरू पालन गरे
अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।
8 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।
तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई
दण्ड दिनेको रूपमा दर्शाउनु भयो।
9 हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर।
हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ।
उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।
6 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदैछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ। सत्य यो हो कि तिमीहरू हठ्ठी मानिसहरू हौ।
परमप्रभुको रीस सम्झना गर
7 “नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरुभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुन्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ। 8 होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो। 9 म चेप्टा ढुङ्गाहरू लिनु पहाडमा गएँ जसमा परमेश्वरले गरेको करार लेखिएको थियो। म त्यहाँ पहाडमाथि चालीस दिन अनि चालीस रात केही नखाइ अथवा पानीसम्म न पिइ बसें। 10 ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।
11 “यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याप्टो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो। 12 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’
13 “परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरें। 14 मलाई यी मानिसहरू नष्ट पार्न दिइयोस् जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।’
पत्रुस र कर्नीलियस
10 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो। 2 कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँच्चो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे। 3 एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।
4 कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?”
स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ। 5 केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ। 6 शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।” 7 कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो। 8 कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।
© 2004, 2010 Bible League International