Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 99

99 परमप्रभु नै राजा हुनुहुन्छ,
    यसैले सारा जातिहरू डरले काम्छन्।
परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ।
    यसैले सारा संसार डरले काम्दछ।
सियोनमा परमप्रभु महान् हुनुहुन्छ!
    उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।
सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्।
    परमेश्वरको नाउँ विस्मयकारक छ।
    परमेश्वर पवित्र हुनुहुन्छ।
शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ।
    परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो।
    तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर
    अनि उहाँको पवित्र पाउदानमा[a] दण्डवत गर।
मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए।
    तिनीहरू मध्ये शमूएल हुन् जसले परमेश्वरको नाम पुकारे।
तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे,
    अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
परमेश्वर अग्ला बादलबाट बोल्नु भयो।
    तिनीहरूले उहाँको विधिहरू पालन गरे
    अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।
    तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई
    दण्ड दिनेको रूपमा दर्शाउनु भयो।
हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर।
    हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ।
    उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।

व्यवस्था 9:1-5

परमप्रभु इस्राएलीहरूलाई साथ दिनुहुन्छ

“हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्। त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ। आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।

“परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। तर तिमीहरू आफैं यस्तो नभन, ‘तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ। तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ।

प्रेरित 3:11-16

पत्रुस मानिसहरू सँग बोल्दछ

11 त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रह्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।

12 जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यू-भाइहरू हो! तिमीहरू किन यसमा अचम्म मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिँड्ने सामर्थ बनायौं। 13 होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ। 14 येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाहँदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ। 15 अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवनको श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।

16 “येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International