Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 37:1-11

दाऊदको भजन।

37 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
    दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
    जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
    तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
आनन्दसित परमप्रभुको सेवा गर
    अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
परमप्रभुमाथि भरोसा गर।
    उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
तिमीहरूका असल कार्यहरू र निर्मलता,
    मध्य दिनको घाम झैं चम्कियोस्।
परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
    जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
    अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
    तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
    परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
    तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
    अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।

भजनसंग्रह 37:39-40

39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
    जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
    धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
    अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।

उत्पत्ति 44:18-34

यहूदाले बिन्यामीनको निम्ति विन्ती गरे

18 त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ। 19 हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोध्नु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’ 20 हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’ 21 तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु। 22 अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’ 23 तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’ 24 यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं।

25 “पछि हाम्रा बाबुले भन्नुभयो, ‘हाम्रो निम्ति तिमीहरू फेरि गएर अन्न किन।’ 26 अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’ 27 तब हाम्रा बाबुले हामीलाई भन्नुभयो, ‘तिमीहरूलाई थाहा छ मेरी पत्नी राहेलले मेरो निम्ति दुइवटा छोरा जन्माइन्। 28 एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन। 29 अनि यदि अर्को छोरो पनि तिमीहरूले लगेर यदि उसलाई केही खतरा भए, तब मैले मेरो काल पर्खनु पर्दैन, त्यो मेरो निम्ति मृत्यु नै हुनेछ।’ 30 अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो। 31 यदि हाम्रा बाबुले त्यस केटोलाई हामीसित नदेखे तिनी मर्नेछन् र त्यसमा हामी दोषी हुनेछौं। हामी आफ्ना शोकाकुल बाबुलाई चिहान भित्र पठाउने छौं।

32 “त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’ 33 यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु। 34 यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”

लूका 12:57-59

आफ्नो समस्याहरू समाधान गर

(मत्ती 5:25-26)

57 “के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ? 58 मानिलेऊ, कुनै मानिससँग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ। 59 तिमीलाई भन्छु, जब सम्म तिमीमाथि तोकिएको पैसा चुक्ता गर्दैनौ तिमीले त्यहाँबाट छुट्करा पाउनेछैनौं।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International