Revised Common Lectionary (Complementary)
मन्दिरतर्फ गइरहेको बेलाको गीत वा भजन।
120 म सङ्कटमा थिएँ,
मैले परमप्रभुको सहायता मागें।
अनि उहाँले मलाई बचाउनु भयो!
2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्,
जसले मेरो बारेमा झूटो बोलें।
ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3 झूटो बोल्नेहरू, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ?
जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4 सैनिकको तीखो बाणले
र तातो कोइलाहरूले दण्ड दिनेछ।
5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो
केदारको पालहरूभित्र बसिरहेका छौ।
6 म शान्ति घृणा गर्ने मानिसहरूसँग
धेरै समय सम्म बसें।
7 मैले भने म शान्ति चाहन्छु,
यसकारण तिनीहरूले युद्ध चाहे।
कोरसले कैदिहरूलाई फर्कनमा मद्दत गरे
1 फारस देशमा कोरेस राजाले साशन गरेको प्रथम बर्षमा[a] अगमवक्ता यर्मियाहद्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः
2 “फारसका राजा कोरेस यो भन्नुहुन्छः
परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ। 3 उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहुन्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेममा रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्। 4 जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिर निर्माको निम्ति सहायता गरोस्।”
5 तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो। 6 तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-सामान अनि पशु-प्राणिहरूको साथै मूल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे। 7 राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए। 8 फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।
9 यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोः सुनका 30 वटा बटुकाहरू, चाँदीका 1,000 वटा बटुकाहरू, 29 वटा छुरीहरू, 10 सुनका 30 वटा सानो बटुकाहरू, अन्य स-साना 410 वटा चाँदीका बटुकाहरू, अन्य 1,000 वटा भाँडाहरू।
11 त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज-बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए।
पावलको योजनामा परिवर्तन
12 यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँच्चो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन। 13 हामी तिमीहरूलाई तिनै कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौ। अनि म आशा गर्छु तिमीहरूले पुरै बुझ्नेछौ। 14 तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ।
15 म यी कुराहरूमा ढुक्क थिएँ। त्यसैले मैले पहिले तिमीहरूकहाँ आउने योजना बनाएँ। तब तिमीहरूले दुइ पल्ट आशीर्वाद पाउने थियौ। 16 म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ फर्कंदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदिया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ। 17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।
18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन। 19 परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सधैँ “हो” हो।
© 2004, 2010 Bible League International