Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 17:5-10

मानिसहरूमा आस्था, अनि परमप्रभुमा आस्था

परमप्रभुले यी कुराहरू भन्नुभयो,
“जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ,
    अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ,
    र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन्
    अनि उन्नति तिनीहरूले देख्ने छैनन्।
    तिनीहरूले असल देख्दैनन्
जब यो आउँछ।
त्यो मानिस धन्य हो,
    जसले परमप्रभुमाथि भरोसा गर्छ,
    जसले उहाँमाथि विश्वास राख्छ।
त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ
    जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ।
यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन।
    यसका पातहरू खडेरी पर्दा पनि
हरियै रहन्छन्
    अनि यसमा फल फल्नु छोड्दैन।

“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ।
    त्यो कहिल्यै निको नहुने हुन्छ।
    यसलाई कसैले बुझ्न सक्तैन।
10 तर म हुँ,
    म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु
अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।

भजनसंग्रह 1

पहिलो भाग

(भजनसंग्रह 1–41)

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
    पापीहरूको जस्तो जीवन बिताउँदैन,
    अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
    ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
    ऊ ठीक समयमा फल दिने रूख सरह हो।
    ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
    दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
    ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
    तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

1 कोरिन्थी 15:12-20

हामी मृत्युबाट बौराइन्छौं

12 ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? 13 यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन। 14 यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ। 15 अनि ख्रीष्टलाई परमेश्वरले बौराई उठाउनु भएको थियो भन्ने प्रचारको लागि परमेश्वर समक्ष हामी दोषी बनिनेछौ। किनभने यदि मृत्युबाट पुनरुत्थान थिएन भने तब परमेश्वरले येशूलाई कदापि बौराउनु भएन। 16 यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। 17 अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ। 18 अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए। 19 यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ।

लूका 6:17-26

येशूद्वारा मानिसहरूलाई शिक्षा अनि उपचार

(मत्ती 4:23-25; 5:1-12)

17 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठूलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए। 18 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफूलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो। 19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।

20 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,

“हे दीन मानिसहरू, तिमीहरू धन्यका हौ,
    किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21 तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीबरू धन्यका हौ,
    किनभने तिमीहरू तृप्त हुनेछौ।
तिमीहरू, जो अहीले रोइरहेका छौ तिमीहरू धन्यका हौ,
    किनभने तिमीहरू खुशीसँग हाँस्नेछौ।

22 “मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ। 23 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।

24 “तर धनी मानिसहरू हो, तिमीहरूलाई धिक्कार!
    किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
25 तिमी अघाएकाहरूलाई, धिक्कार!
    किनभने तिमीहरू भोकाउनेछौ।
तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार!
    किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।

26 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैँ प्रशंसा गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International