Revised Common Lectionary (Complementary)
पहिलो भाग
(भजनसंग्रह 1–41)
1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
पापीहरूको जस्तो जीवन बिताउँदैन,
अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
ऊ ठीक समयमा फल दिने रूख सरह हो।
ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।
4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
6 किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
हृदयमा लेखिएको दोष
17 “यहूदाका मानिसहरूका पापहरू
तिनीहरूका हृदयको पाटीमा
अनि तिनीहरूका वेदीको सींगहरूमा
तिखो फलामले लेखिएको थियो।
2 तिनीहरूका नानीहरूले
झूटा देवताहरूका बेदीहरू सम्झन्छन्।
तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन्
जुन अशिराहलाई समर्पित् गरेको थियो।
तिनीहरूले यी कुराहरू हरियो रूखहरू मुनी
अनि पहाडहरूमाथि सम्झन्छन्।
3 म मेरो पहाड,
तिमीहरूका सम्पत्ति
अनि मूल्यवान वस्तुहरू
लूटेको समान झैं अरूलाई दिनेछु।
तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा
पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।
4 तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ।
विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ
कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ
जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”
रित्तो मानिस
(मत्ती 12:43-45)
24 “जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं फर्कन्छु।’ 25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। 26 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”
मानिसहरू साँच्चो रूपमा खुशी थिए
27 जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन्! अनि तपाईंलाई स्तन पान गराइन्!”
28 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”
© 2004, 2010 Bible League International