Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 1

पहिलो भाग

(भजनसंग्रह 1–41)

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
    पापीहरूको जस्तो जीवन बिताउँदैन,
    अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
    ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
    ऊ ठीक समयमा फल दिने रूख सरह हो।
    ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
    दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
    ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
    तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

यर्मिया 13:12-19

यहूदालाई चेताउनी

12 “तिनीहरूलाई यो सन्देश भन: ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ 13 तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जँड्याह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरू सबै मानिसहरूका बारेमा भनिरहेको छु। 14 तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्‌नाचुर हुनेछन्’ परमप्रभु भन्नुहुन्छ ‘तिनीहरूका निम्ति म दु:खी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई नष्ट पार्नु म रोकिने छैन्।’”

15 सुन र ध्यान देऊ।
    परमप्रभु तिमीहरूसित बोल्नु भयो।
    अहंकारी नहोऊ।
16 परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर।
    उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउँनु हुनेछ।
    तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर,
यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ।
    तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउँनु हुनेछ।
    उहँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।
17 यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने।
    म लुक्छु अनि रून्छु।
तिम्रो गर्वले मलाई रूने बनाउँछ।
    म धेरै जोडले रूनेछु।
मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ?
    किनभने परमेश्वरको भेंडाको बथान[a] पक्राऊ पर्नेछ।
18 यी कुराहरू राजा र राज-मातालाई भन,
    “राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट,
    तिमीहरूको शिरबाट खसेको छ।”
19 नेगब मरुभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन्,
    अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्।
यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो।
    तिनीहरूलाई कैदी जस्तै लगियो।

प्रेरित 13:26-34

26 “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। 27 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो। 28 तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।

29 “यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले। 30 तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो! 31 यस घट्ना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसँग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।

32 “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। 33 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं:

‘तिमीहरू मेरा पुत्र हौ।
    आज म तिमिहरूका पुर्खा भएँ।’(A)

34 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो,

‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’(B)

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International