Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 6:1-8

परमेश्वरले यशैयालाई अगमवक्ता हुन बोलाउनु भयो

राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो। सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेंटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेंटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेंटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेंटाहरू उड्नलाई प्रयोग गरेका थिए। प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो। तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।

म भयभीत भएँ। मैले भनें, “अँहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसँग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”

वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए। सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”

त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?”

यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”

यशैया 6:9-13

तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’ 10 मानिसहरूलाई अल्मल्याउ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”

11 तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”

परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू नष्ट हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश नष्ट भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”

12 परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ। 13 एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू नष्ट गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।

भजनसंग्रह 138

दाऊदको भजन।

138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

1 कोरिन्थी 15:1-11

ख्रीष्टको बारेमा सुसमाचार

15 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको सम्झना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ। सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।

मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ; अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो। त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्यू-भाइहरू आज सम्म जीवित छन् त कोही मरिसके। अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।

जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन। 10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो। 11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।

लूका 5:1-11

पत्रुस, याकूब र यूहन्ना येशूको पछि लागे

(मत्ती 4:18-22; मर्कूस 1:16-20)

येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।

जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”

शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।

8-9 थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस्, परमप्रभु। म पापी मानिस हुँ।” 10 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए।

येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”

11 तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International