Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
2 हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
म तपाईंको नाउँको प्रशंसा गर्छु,
तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
3 हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।
4 हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
5 तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
किनभने परमप्रभुको महिमा महान् छ।
6 परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
7 परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
8 परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!
पहिलो न्यायकर्ता, ओत्निएल
7 इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे। 8 परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ बर्षसम्म त्यो राजाको अधीनमा रहे। 9 तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे। 10 परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो। 11 यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस बर्षको निम्ति शान्तिसित रह्यो।
येशूको विभिन्न शहरहरूमा प्रस्थान
(मर्कूस 1:35-39)
42 अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीड़ले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए। 43 तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”
44 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।
© 2004, 2010 Bible League International