M’Cheyne Bible Reading Plan
हानूनले दाऊदका मानिसहरूलाई लज्जित बनाउँछन्
10 पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए। 2 दाऊदले भने, “नाहाश मप्रति उद्धार थिए यसैले मैले पनि तिनका छोरा हानूनप्रति उद्धार बन्नुपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।
यसर्थ दाऊका अधिकारीहरू अम्मोनीहरूको देशमा गए। 3 तर अम्मोनी अधिकारीहरूले हानूनलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्तवना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्नु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विरूद्ध युद्ध गर्ने योजना हो।”
4 यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।
5 जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइन्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”
अम्मोनीहरूको विरूद्धमा युद्ध
6 अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शत्रु सोचे। यसकारले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा झिकाए। तिनीहरू 20,000 अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित 1,000 मानिसहरू र तोबबाट 12,000 मानिसहरू ज्यालामा झिकाए।
7 दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए। 8 अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।
9 योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे। 10 तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए। 11 योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस् र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु। 12 हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”
13 त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे। 14 अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।
यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।
अरामीहरूको फेरि युद्ध लड्ने विचार
15 अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे। 16 हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।
17 दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तरेर हेलम पुगे।
अरामीहरू तयारै थिए र धावा बोले। 18 तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।
19 हददेजेरलाई सेवा पुर्योइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए।
परमेश्वरका सेवकहरूको नयाँ करार
3 फेरि के हामी हाम्रै विषयमा गर्व गर्छौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ? 2 तिमीहरू नै हाम्रो परिचय पत्र हौ। त्यो परिचय पत्र हाम्रो हृदयमा लेखिएको छ। त्यो सबैले जानेका र पढेका छन्। 3 यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुङ्गाका पाटीहरूमा[a] लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।
4 हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं। 5 हामी भन्दैनौं कि कुनै पनि काम आफैं राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ। 6 (परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योगय बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ।
नयाँ वाचाले बढी महिमा ल्याउँछ
7 मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। 8 पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? 9 मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। 10 त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। 11 त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।
12 हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। 13 हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। 14 तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ। 15 तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। 16 तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। 17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। 18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।
17 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, इस्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो? 3 तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु:
“‘एउटा विशाल चील विशाल पखेंटासित लबानोन आउँदैछ।
चीलको धेरै रंगहरू भएको लामो-लामो प्वाँखहरू थिए।
त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो।
4 त्यो गरूडले त्यो विशाल देवदारूको (लबानोन) रूखको टुप्पो,
चुडाँयो अनि कनान लिएर गयो।
गरूडले व्यापारीको शहरमा त्यो रोप्यो।
5 त्यसपछि गरूड़ले केही बिऊहरू,
(केहीभाग मानिसहरू) कनानबाट गयो।
त्यसले त्यो मलिलो जमीनमा रोप्यो।
त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
6 बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो।
यो बोट राम्रो थियो।
बोट अग्लो थिएन।
तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो।
दाखको काण्ड बढ्यो
अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।
7 त्यसपछि अर्को ठूलो पखेंटा भएको गरूडले दाखको बोट देख्यो।
गरूडको लामो पखेंटा थियो।
दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्।
यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो।
यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो।
यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो,
जहाँ यो रोपेको थियो।
दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।
8 दाखको बोट अर्को मलिलो खेतमा सारियो।
यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो।
यसले हाँगाहरू अनि फल दिन सक्थ्यो।
यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो।’”
9 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो,
“के तिमी सम्झन्छौ कि बोट सफल हुन्छ? अँहँ!
नयाँ गरूडले बोटलाई जमीनदेखि उखेलिदिन्छ
अनि पक्षीले बोटलाई जरासँगै उखेलिदिन्छ।
त्यसले सबै दाख खान्छ।
त्यसपक्षि नयाँ पातहरू सुक्छ अनि मर्छ।
त्यो बोट एकदमै कमजोर हुन्छ।
त्यो बोटलाई जरैसँग उखाल्नका निम्ति शक्तिशाली अस्त्र-शस्त्र
अथवा शक्तिशाली देशको आवश्यकता पर्दैन।
10 के त्यो बोट त्यहाँ बढ्छ जहाँ रोपेको छ? अँहँ!
गरम पूर्वीय बतास चल्ने छ; अनि बोट सुकेर मर्नेछ।
यो त्यहीं मर्छ जहाँ रोपेको थियो।”
11 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, 12 “यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैँ मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। ऊ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो। 13 त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो। 14 यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबूकदनेस्सरको विरूद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबूकदनेस्सरले जुन संधि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो। 15 तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”
16 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नयाँ राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोड्यो। 17 मिश्रको राजा यहूदाको राजाको रक्षा गर्नमा समर्थ हुँदैन। उसले धेरै संख्यामा सैनिक पठाउँन सक्छ, तर मिश्रको महान शक्तिले यहूदाको रक्षा गर्न सक्तैन। नबूकदनेस्सरको सेनाहरूले शहरमा अधिकार गर्नका निम्ति कच्चा बाटो अनि माटोको पर्खाल बनाउँछन्। धेरै संख्यामा मानिसहरू मर्नेछन्। 18 तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।” 19 परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो। 20 म आफ्नो जाल फैलाउँछु अनि ऊ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो। 21 म उसको सेनाहरू नष्ट पारिदिन्छु। म उसको सर्वश्रेष्ट सैनिकहरू नष्ट पारिदिन्छु अनि बाँचेका मानिसहरूलाई हावामा उडाइदिन्छु। तब तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ अनि मैले यो कुराहरू तिमीसित गरें।”
22 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो:
“म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु।
म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु।
अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु।
23 म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु।
यो हाँगा एउटा सुन्दर रूखमा परिणत हुनेछ।
यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ,
देवदारको रूखमा परिणत हुन्छ।
अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।
24 “तब अर्को वृक्षले थाहा पाउँछ कि
म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु
अनि म सानो रूखलाई बढाउँछु।
त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु।
म सुकेको रूखलाई हरियो बनाई दिन्छु
म परमप्रभु हुँ।
यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”
प्रमुख संगीतकारलाई: “करारको लिली” को रागमा दाऊदको “मिक्तम”[a] भन्ने भजन। यो त्यस बेलाको भजन हो जब दाऊद अराम नेहेर्याम र अराम जोबहसँग लडे अनि योआबले 12,000 सिपाहीहरूलाई नूनको उपत्यकामा परास्तगरि फर्केर आए।
1 हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थ्यो।
तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो।
दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।
2 तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ।
तपाईंले त्यसलाई फटाउनुभएको छ।
दया गरी यसलाई जोड्नु होस्।
3 तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ।
हामी धर्मरिन्दै लड्दै हिंड्ने रक्स्याहा (जँड्याहा) मानिसहरू हौं।
4 जसले तपाईंको उपासना गर्छन् उसैलाई चेताउनी दिनुभयो।
अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।
5 तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्।
मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!
6 परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो,
“यसकारण म धेरै नै खुशी छु।
म यो भूमि आफ्ना मानिसहरू माझ बाँड्दछु।
म तिनीहरूलाई शेकेम दिनेछु,
म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
7 गिलाद र मनश्शे मेरो हुनेछ,
एप्रैम मेरो शिरस्त्राण[b] हुनेछ
यहूदा मेरो राजदण्ड[c] हुनेछ।
8 मोआब मेरो खुट्टा धुने बाटा हुनेछ।
एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ
म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”
9-10 तर परमेश्वर, तपाईंले हामीलाई त्याग्नु भयो!
तपाईं हाम्रो सेनासँग जानु भएन।
यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला?
कसले मलाई एदोमसँग लडाइँ गर्नलाई बाटो देखाउला?
11 हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्।
पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्तैनन्।
12 परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ।
प्रमुख संगीतकारलाई: तार बाद्यसँग गाउँने दाऊदको भजन।
1 हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्।
मेरो प्रार्थना सुनी दिनुहोस्।
2 म जहाँ भए तापनि,
जस्तो कमजोर भए तापनि,
तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु!
मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
3 तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
4 म तपाईंको पालमा सदा-सर्वदा रहन चाहन्छु।
म तपाईंको शरणमा लुक्न चाहन्छु।
5 हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ,
तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
6 राजालाई दीर्घायु दिनुहोस्।
ऊ अनन्त सम्म बाँचोस्।
7 उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्।
तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।
8 अनि म तपाईंको नाउँको गुणगान सधैँभरी गर्नेछु।
प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।
© 2004, 2010 Bible League International