Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 4

स्त्री न्यायकर्ता दबोरा

एहूदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे। यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे। सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस बर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।

त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्ता थिइन्। दबोरा, दबोराको खूजरको रूख मुनि बस्ने गर्थिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो। दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ। म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।’”

तब बाराकले दबोरालाई भने, “यदि तपाईं मसित जानुहुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानुहुन्न भने म जाने छैन।”

दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु, तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।”

यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्। 10 केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुशरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।

11 अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।

12 कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो। 13 यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे।

14 तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे। 15 बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्रमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलनै भागे। 16 बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्।

17 तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन्। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे। 18 याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेट्न तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्।

19 सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउन दिइन्। त्यसपछि सीसरालाई गलैंचाले छोपिदिइन्।

20 तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेश स्थानमा उभिरहु। यदि कोही आएर तिमीलाई, ‘यहाँ भित्र कोही छ?’ भनेर सोध्यो भने, ‘छैन भनेर त्यसलाई भनिदिनु।’”

21 तर याएलले एक कीला र मार्तोल खोजिन्। याएल चूपचाप सीसरा कहाँ गइन्। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन् अनि त्यसलाई मार्तोलले हिर्काइन्। त्यो पालको कीला सीसराको शिरको छेउ भएर भूइँमा गाडियो अनि सीसराको मृत्यु भयो।

22 त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेट्न बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए।

23 त्यसदिन परमेश्वरले इस्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो। 24 यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारून्जेल झन्-झन् शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे।

प्रेरित 8

1-3 शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे।

विश्वासीहरूलाई सताइ

त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदिया र सामरिया भरि फैलिएका थिए। विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।

फिलिपले सामरियामा प्रचार गर्दछ

फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे। मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने। धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए। त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।

तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे। 10 निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!” 11 शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए। 12 तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए। 13 शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।

14 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए। 15 जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे। 16 ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे। 17 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।

18 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै। 19 अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”

20 पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ। 21 यस काममा हामीसँग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन। 22 तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ। 23 किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”

24 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”

25 त्यसपछि, ती दुइ प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे।

एथियोपियावासीलाई फिलिपले शिक्षा दिए

26 परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”

27 यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। 28 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।

29 आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” 30 तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”

31 त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो। 32 उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः

“जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ,
त्यसरी नै उनी रहे।
    त्यसरी नै उहाँ उभिई रहनु भयो।
33 उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो।
पृथ्वीमा उहाँको जीवन समाप्त भयो।
    अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।”(A)

34 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” 35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।

36 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” 37 [a] 38 त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। 39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। 40 तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।

यर्मिया 17

हृदयमा लेखिएको दोष

17 “यहूदाका मानिसहरूका पापहरू
    तिनीहरूका हृदयको पाटीमा
अनि तिनीहरूका वेदीको सींगहरूमा
    तिखो फलामले लेखिएको थियो।
तिनीहरूका नानीहरूले
    झूटा देवताहरूका बेदीहरू सम्झन्छन्।
तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन्
    जुन अशिराहलाई समर्पित् गरेको थियो।
तिनीहरूले यी कुराहरू हरियो रूखहरू मुनी
    अनि पहाडहरूमाथि सम्झन्छन्।
म मेरो पहाड,
    तिमीहरूका सम्पत्ति
अनि मूल्यवान वस्तुहरू
    लूटेको समान झैं अरूलाई दिनेछु।
तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा
    पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।
तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ।
    विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ
कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ
    जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”

मानिसहरूमा आस्था, अनि परमप्रभुमा आस्था

परमप्रभुले यी कुराहरू भन्नुभयो,
“जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ,
    अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ,
    र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन्
    अनि उन्नति तिनीहरूले देख्ने छैनन्।
    तिनीहरूले असल देख्दैनन्
जब यो आउँछ।
त्यो मानिस धन्य हो,
    जसले परमप्रभुमाथि भरोसा गर्छ,
    जसले उहाँमाथि विश्वास राख्छ।
त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ
    जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ।
यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन।
    यसका पातहरू खडेरी पर्दा पनि
हरियै रहन्छन्
    अनि यसमा फल फल्नु छोड्दैन।

“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ।
    त्यो कहिल्यै निको नहुने हुन्छ।
    यसलाई कसैले बुझ्न सक्तैन।
10 तर म हुँ,
    म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु
अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।
11 एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाउँछ,
    त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो।
उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ
    अनि ऊ मूर्ख बनिन्छ।”

12 आदिदेखि हाम्रो मन्दिर
    परमप्रभुको लागि महिमामय सिंहासन भएको हो।
    यो एकदमै मुख्य पवित्र स्थान हो।
13 हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ,
    तिनीहरू सब जसले छोड्छन्,
    पछि तिनीहरू लज्जित हुनेछन्।
भूमिमा जसले तपाईंलाई छोड्नेछन्।
तिनीहरूको नाउँ माटोमा लेखिनेछ[a]
    किनभने तिनीहरूले परमप्रभुलाई,
    जीवित जलश्रोतलाई त्यागे।

यर्मियाको तेस्रो गुनासो

14 हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने,
    म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउँनु भयो भने,
म साँच्चि नै बाँच्ने छु।
    परमेश्वर, म तपाईंको गुण गाउँछु।
15 तिनीहरूले मलाई सोच्छन्,
    “परमप्रभुबाट आएको वचन कहाँ छ?
    आउन देऊ!”

16 परमप्रभु, म तपाईंको गोठालो बनिनुबाट भागेर गईनँ।
    मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन।
तपाईं जान्नुहुन्छ
    तपाईंको अघि मैले के भनेको थिएँ यो तपाईंको सामु छ।
17 मलाई डर नदेखाउनु होस्।
    तपाईं मेरो विपत्तिको दिनमा शरण स्थान हुनुहुन्छ।
18 मलाई खेदनेहरूलाई लाज होस्,
तर मलाई लज्जित नपार्नुहोस्।
    तिनीहरूलाई डर देखाउनु होस्
तर मलाई होइन।
    तिनीहरूमाथि ध्वंसको दिन आवोस्।
तिनीहरूलाई ध्वंस पार्नु होस्।
    तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।

विश्राम दिनलाई पवित्र राखी रहनु

19 परमप्रभुले यी कुराहरू मलाई भन्नुभयो “यर्मिया, प्रवेशद्वारमा जाऊ जहाँबाट यहूदाका राजाहरू भित्र जान्छन् अनि बाहिर आउँछन् त्यहाँ खडा़ भई बस्। त्यसपछि यरूशलेमको अन्य प्रवेश द्वारहरूमा जाऊ।”

20 मानिसहरूलाई यी वचनहरू भन, “परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन। 21 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ। 22 विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्नेछौ जस्तो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ। 23 तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।’” 24 परमप्रभु भन्नुहुन्छ, “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनौ र विश्राम दिनलाई पवित्र मानी कुनै पनि काम गरेनौ भने।

25 “‘यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउँनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित आउँनेछन्। सदा-सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्। 26 यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका स-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।

27 “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।’”

मर्कूस 3

येशूद्वारा कोरीको हात निको

(मत्ती 12:9-14; लूका 6:6-11)

अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो। कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे। येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।”

अनि येशूले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराबगर्न? कसैको प्राण बँचाउनु की नास गर्न?” मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्।

येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात मलाई देखाऊ” त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो। तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।

अनेकौं मानिसहरू येशूको पछि लाग्छन्

येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए। यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए।

उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो 10 येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे। 11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।” 12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो।

येशूले आफ्ना बाह्र जना चेलाहरू छान्नु भयो

(मत्ती 10:1-4; लूका 6:12-16)

13 त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे। 14 येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो। 15 अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो। 16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए:

सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो),

17 याकूब र यूहन्ना, जब्दीका छोराहरू (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”),

18 आन्द्रियास,

फिलिप,

बारथोलोमाई,

मत्ती,

थोमा,

याकूब (अल्फयसको छोरो),

थेदियस,

सिमोन कनानी,[a]

19 अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।

कसैले येशूमा शैतान भएको ठान्छन्

(मत्ती 12:22-32; लूका 11:14-23; 12:10)

20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन। 21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।

22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”

23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ? 24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन। 25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन। 26 जब शैतान, शैतानसँगै र आफ्नै मानिसहरूसँगै झगडा़ गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।

27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।

28 “म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ। 29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।”

30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।

येशूको चेलाहरू नै उहाँको साँच्चो परिवार

(मत्ती 12:46-50; लूका 8:19-21)

31 तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए।

32 धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पर्खी रहेकाछन्।”

33 येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?” 34 तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन। 35 मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International