M’Cheyne Bible Reading Plan
सुरक्षाका शहरहरू
19 “अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ। 2 तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ। 3 तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्।
4 “यदि कसैले मानिसको हत्या गर्छ ती शहरहरूमा सुरक्षाको लागि भागेर जानेछ, यो नियम त्यस मानिसहरूका लागि हुनेछ हत्यारा त्यो मानिस हुनुपर्छ जसले अर्को मानिसहरूलाई अचानक मार्छ अनि त्यो मानिस हत्यारा हुन्छ। जसले हत्या गरेको मानिसलाई घृणा गरेको थिएन। 5 यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटा मध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सक्छ। 6 तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सक्दैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सक्छ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन। 7 शहरहरू चाँहि प्रत्येकको निम्ति नजिकै हुनुपर्छ, यसैकारण म तिमीहरूलाई तीनवटा विशेष शहरहरू छान्ने आज्ञा दिन्छु।
8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ। 9 यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुँनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ। 10 तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन।
11 “तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सक्छ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सक्छ, उसले त्यस मानिसलाई मार्न सक्छ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सक्छ। 12 यदि यस्तो हुन्छ हत्याराको शहरका बूढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सक्छन्। ती अगुवाहरूले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ। 13 तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।
सम्पत्तिको साँध-सीमाना
14 “तिमीहरूले आफ्ना छिमेकीको सम्पत्तिको साँध-सीमाना छुट्टाउने ढुङ्गाहरू हटाउनु हुँदैन। उहिले मानिसहरूले सीमाना छुट्टाउन त्यसरी ढुङ्गाहरू लगाउँथे। ती ढुङ्गाहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा सीमाना छुट्टाउँछन्।
गवाहीहरू
15 “यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुइ अथवा तीनजना गवाहीहरू चाहिन्छन्।
16 “कसैलाई चोट पुर्याउने अभिप्रायले एक जना मानिस झूटो साक्षी दिनु अघि आउनु सक्छ। 17 यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सक्छन्। 18 न्यायकर्त्ताहरूले सावधानीसँग झगडा़मा कसको कसूर छ गहिरिएर खोज्नु पर्छ र तिनीहरूले पत्तो लगाउन सक्छन कतै गवाहीले झूटो बोलेको हो कि? यदि गवाही झूटो बोलेको पाए, 19 तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ। 20 अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।
21 “तिमीहरूले त्यस मानिसप्रति सहानुभूति देखाउनु हुँदैन जसले अपराध गरेको हुन्छ जति बेला उसलाई सजाय दिइन्छ। यदि कसैको ज्यान लिन्छ भने उसको जीवन पनि शेष पार्नुपर्छ। नियम छ आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र खुट्टाको सट्टा खुट्टा हुनेछ।
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।
परमेश्वरको प्रेम अनन्त छ!
2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।
कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।
ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।
4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ।
मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।
5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्
जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।
मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्।
मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।
6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।
हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्य कामहरूबाट
मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्।
त्यहाँ लाल समुद्रद्वारा, हाम्रा पुर्खाहरू
तपाईंका विरूद्ध उपस्थित भए।
8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो।
परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरुभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो!
परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो।
तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।
12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे।
तिनीहरूले उहाँप्रति गुण-गान गरे।
13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से।
तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
14 हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए
अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो।
तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
16 मानिसहरू मोशादेखि डाह गर्न थाले।
तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो।
धर्ती चिरिएर दातानलाई निलिदियो।
त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।
18 तब त्यस भीडको माझमा आगो लाग्यो,
र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।
19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर
तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित
घाँस खाने बाछोको मूर्ति साटे।
21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए।
जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो,
तिनीहरूले उहाँको बारेमा भुलिदिए।
22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो।
परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!
23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो।
तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके।
परमेश्वर अत्यन्त रिसाउनु भयो,
तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे।
यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
24 तर ती मानिसहरूले कनान भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए।
तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न
परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
25 हाम्रा पिता-पुर्खाहरूले
परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!
26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे।
यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरुभूमिमा मर्नेछन्।
27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो
परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।
28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए।
परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरू[a] का नाउँमा चढाएका बलिहरू खाए।
29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयङ्कर रूपमा क्रोधित भए
अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।
30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे।
अनि त्यो हैंजा रोकियो।
31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो।
परमेश्वरले उसलाई सदा-सर्वदा सम्झनु हुने छ।
32 मरीबामा मानिसहरूले परमेश्वरलाई क्रोधित बनाए।
अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।
33 ती मानिसहरूले मोशालाई दुःखीत गराए।
नसोचिकन मोशा बोले।
34 परमप्रभुले अन्य जातिहरूलाई नष्ट पार्न मानिसहरूलाई आज्ञा दिनु भयो।
तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।
35 तिनीहरू अरू जातिहरूसँग मिसिए,
अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए।
उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूज्न थाले।
37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे,
अनि त्यो भूतहरूलाई बलि चढाए।
38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे।
तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे
अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।
39 यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए।
उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन्,
अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो।
उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!
41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो।
शत्रुहरूले नै उनीहरूमा राज गरोस्-भनेर उहाँले छोडी दिनुभयो।
42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे
अनि तिनीहरूको जीवन कठिन पारिदिए।
43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बँचाइदिनु भयो।
तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे।
तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
44 तर जब-जब परमेश्वरका मानिसहरूमा सङ्कट आई पर्यो,
तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे,
अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।
45 परमेश्वरले आफ्ना करार सधैँ याद गर्नुहुन्थ्यो
र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे
तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।
47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्।
परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो।
यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं।
यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।
48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं।
परमेश्वर सधै रहनु हुन्छ, उहाँ सधै नै रहनुहुने छ।
अनि सारा मानिसहरूले भने, “आमेन!”
परमप्रभुको प्रशंसा गर!
असत्य देवताहरू निरर्थक छन्
46 बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्।
“मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्। 2 ती झूटा देवताहरू झुक्नेछन तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ।
3 “हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ। 4 जब तिमीहरू जन्मियौ मैले बोकेर ल्याएँ अनि जब तिमीहरू वृद्ध हुनेछौ म बोकी नै रहनेछु। तिमीहरूका कपालहरू सेतै पाकी सक्नेछ, त्यति बेला पनि म तिमीहरूलाई बोकी नै रहने छु, किनभने मैले तिमीहरूलाई बनाएको हुँ। म लगातार तिनीहरूलाई बोकी रहनेछु अनि म तिमीहरूलाई बचाउनेछु।
5 “के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अँहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्। 6 कतिपय मानिसहरू सुन र चाँदीको धनी छन्। सुन तिनीहरूको थैलोबाट झर्छ, अनि तिनीहरूले चाँदी तराजुमा तौलन्छन्। ती मानिसहरूले काठबाट झूटा देवताहरू बनाउनलाई शिल्पकारहरूलाई पैसा दिँदछन्। त्यसपछि ती मानिसहरू नतमस्तक भएर झूटा देवता पूज्दछ। 7 ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई सङ्कटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्।
8 “तिमीहरूले पाप गरेकाछौ, तिमीहरूले ती कुराहरूको बारेमा फेरि विचार गर्नुपर्छ। ती कुराहरूलाई सम्झ र बलियो हौ। 9 त्यो धेरै बर्ष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्।
10 “शुरूमा मैले जो कुराहरू भनें ती अन्तमा हुनेछन्। धेरै बर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु। 11 अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। ऊ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।
12 “तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ। 13 म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”
परमेश्वरको क्रोध भरिएका कचौराहरू
16 तब मैले मंदिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”
2 पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो।
3 दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।
4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो। 5 तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें:
“तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो।
तपाईं नै एक पवित्र हुनुहुन्छ।
तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,
6 तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए।
अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ।
तिनीहरू त्यसको योग्य छन्।”
7 अनि मैले वेदीले यसो भन्दै गरेको सुनें,
“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान्
तपाईंको न्याय सत्य अनि उचित छ।”
8 तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो। 9 मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।
10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके। 11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।
12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। 13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। 14 यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्।
15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”
16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।
17 सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” 18 तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो। 19 त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो। 20 हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्। 21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।
© 2004, 2010 Bible League International