M’Cheyne Bible Reading Plan
परमेश्वरको आराधना गर्ने स्थान
12 “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिन्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। 2 अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्। 3 तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव-देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।
4 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्। 5 तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ। 6 त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ। 7 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।
8 “अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौं। 9 किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै हुनुहुन्छ। 10 तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ। 11 तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नु हुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ। 12 तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ। 13 तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ। 14 परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।
15 “जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ। 16 तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।
17 “तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू। 18 तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ। 19 तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।
20-21 “उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ। परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ। 22 तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ। 23 तर रगत नखाने निधो गर्नुपर्छ। किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन। 24 पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन। 25 परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।
26 “यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ। 27 होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ। 28 आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैँ भलो हुनेछ।
29 “तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ। 30 त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूटो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’ 31 परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।
32 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।
1 परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो।
सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
2 बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ।
धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।
3 परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ,
अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
4 उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ।
मानिसहरू यसलाई देख्छन् र डराउँछन्।
5 परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्,
सारा पृथ्वीका स्वामीको सामुन्ने।
6 हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ।
ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन्।
7 मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्।
तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्।
तर ती मानिसहरू लज्जित हुनेछन्।
तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।
8 हे सियोन, सुन अनि खुशी बन!
हे यहूदाका शहरहरू, खुशी होऊ।
किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
9 सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ।
तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।
10 मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ।
परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
11 धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
12 धर्मी मानिसहरू, परमप्रभुमा खुशी होऊ।
उहाँको पवित्र नाउँको आदर गर।
एउटा प्रशंसाको गीत।
1 परमप्रभु प्रति नयाँ गीत गाऊ
किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
उहाँलाई फेरि विजय तुल्यायो।
2 परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
3 उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
4 हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
प्रशंसाको गीत गाउन प्रारम्भ गर!
5 परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
6 तुरही र कर्णालहरू बजाऊ,
अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
7 समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
8 हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
9 परमप्रभुको सम्मुख गाऔं!
किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।
इस्राएलको दण्ड समाप्त हुनेछ
40 तिमीहरूका परमेश्वरले भन्नुहुन्छ,
“मेरा मानिसहरूलाई सान्त्वना देऊ, सान्त्वना देऊ।
2 नम्र भएर यरूशलेमलाई भन,
‘तिमीहरूको सेवाको अवधि सकिएको छ।
तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।’
परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि
दुइपल्ट दण्ड दिनु भएकोछ।”
3 सुन, कोही मानिस चिच्याइरहेको छ!
“मरुभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर।
मरुभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
4 प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत
र पहाडलाई मैदान बनाऊ।
बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ।
खस्रो मैदानलाई चिल्लो बनाऊ।
5 तब, परमप्रभुको महिमा प्रकट गरिनेछ।
अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्।
हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”
6 एउटा आवाजले भन्यो, “बोल।”
यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?”
त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्।
तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।
7 परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ
अनि घाँस मर्नेछ र फुल झर्नेछ।
हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
8 घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ।
तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”
मुक्ति परमेश्वरको सुसमाचार
9 सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्।
तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार प्रचार गर।
हे यरूशलेम! भन्नलाई तिमीसँग सुसमाचार छन्।
नडराऊ, कराएर बोल।
यी समाचार यहूदाका सारा शहरहरूमा भन
“हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
10 परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ।
उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल प्रयोग गर्नुहुनेछ।
परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि,
पुरस्कार ल्याउनु हुनेछ।
11 असल गोठालेले झैं परमप्रभुले आफ्ना मानिसहरूको हेरचाहा गर्नुहुन्छ।
साना पाठो आफ्नो पाखुरामा च्यापे झैं उहाँले आफ्ना भेंडा़हरू एकत्रित पार्नुहुनेछ।
तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
परमेश्वरले संसार बनाउनु भयो, उहाँले यसमा शासन गर्नु हुन्छ
12 कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो?
कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो?
कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई?
पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो?
यी सबै नाप्ने परमप्रभुमाथि थिए।
13 कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्।
कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।
14 के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो?
के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए?
के कसैले परमप्रभुलाई ज्ञान सिकायो?
के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन!
पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।
15 हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्।
यदि परमेश्वरले टाढा-टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने,
पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।
16 लबानोनमा भएका जम्मै रूखहरूले पनि,
परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्।
अनि लबनोनका जम्मै पशुहरू,
होमबलिका तिम्ति प्रशस्त हुँदैन्।
17 परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्।
परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।
परमेश्वर कस्तो हुनुहुन्छ, मानिसहरूले कल्पना गर्न सक्तैनन्
18 के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँहँ!
के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।
19 तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू बनाउँछन्
अनि तिनीहरूलाई देवताहरू भन्छन्।
एकजना कारीगरले मूर्ति बनाउँदछ
त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिंदछ।
अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ।
20 अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ।
त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ।
अनि त्यस कारीगरले “देवता” तयार पार्दछ,
जुन हल्लिएर लड्ने छैन।
21 निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र?
निश्चय तिमीहरूले सुनेका छौ।
निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ।
निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।
22 परमप्रभु नै साँच्चो परमेश्वर हुनुहुन्छ।
उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ,
अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्।
उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो।
बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।
23 उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ।
उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।
24 ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन्
तर तिनीहरूले माटोमा जराहरू हाल्नु अघि नै
परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने
तिनीहरू सुक्खा र मृत हुन्छन
अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।
25 परम-पवित्र परमेश्वरले भन्नुहुन्छ,
“के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह।
मेरो बराबर कोही पनि छैन।”
26 माथि आकाशमा हेर ती ताराहरू कसले रचे?
कसले ती सारा “सैन्यहरू” आकाशमा रचे?
प्रत्येक ताराको नाउँ कसले जान्दछ?
साँच्चो परमेश्वर अत्यन्त बलवान
र शक्तिशाली हुनुहुन्छ,
यसैले कुनै पनि तारा हराउँदैनन्।
27 हे याकूबका मानिसहरू! यो सत्य हो।
इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ।
यसैले तिमी किन भन्छौ, “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्।
परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”
28 नि:सन्देह तिमी जान्दछौ र सुनेकाछौ कि
परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ।
मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ।
परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन।
परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो
परमप्रभु सनातनका परमेश्वर हुनुहुन्छ।
29 परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो।
उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
30 जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ,
तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।
31 तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ
ऊ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ।
ती मानिसहरू दुर्वल नभई दगुर्छन्।
ती मानिसहरू थकित नभई हिँड्छन्।
स्वर्गदूत अनि सानो पुस्तिका
10 तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए। 2 त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो। 3 त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो।
4 ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरूलाई गुप्त राख।”
5 तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें। 6 त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन। 7 ती दिनहरूमा जब सातौं स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरूलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरू हुन्।”
8 तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”
9 यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।” 10 यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो। 11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।”
© 2004, 2010 Bible League International