M’Cheyne Bible Reading Plan
नाजिरीहरू
6 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने। 3 त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस् अथवा सुकेको, दाख खानु हुँदैन। 4 जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।
5 “त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा त्यो व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुन्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।
6 “जतिन्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन। 7 उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ। 8 जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ। 9 अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ। 10 तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्। 11 तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। ऊ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ। 12 अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक बर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।
13 “उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ, 14 अनि परमप्रभुलाई एउटा उपहार चढाऊनु पर्छ। उसको उपहार यस्तो हुनु पर्छः
एउटा एक बर्षे निष्खोट थुमा होमबलिको निम्ति;
एउटा एक बर्षे निष्खोट भेंडा पापबलिको निम्ति र
एउटा निष्खोट भेंडा र एउटा निष्खोट साँढे भेंडा मेल बलिको लागि चढाउनु पर्छ।
15 एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी।
यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ।
अन्नबलि र अर्घबलि पनि यी उपहारहरूका अंश हुन्।
16 “पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन् र पापबलि र होमबलि चढाऊन्। 17 त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेंडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।
18 “अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउँथे।
19 “पूजाहारीले भेंडाको उसिनेको कंध र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्। 20 त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेंडाको ह्याकुलो र सर्प्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।
21 “यी नियमहरू नाजिरीले परिपूर्ण गर्ने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”
पूजाहारीले दिने आशीर्वाद
22 परमप्रभुले मोशालाई भन्नुभयो, 23 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिँदा यसो भन्नु,
24 ‘परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।
25 परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्,
अनि तिमीहरूमाथि अनुग्रह गरून्।
26 परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन्,
अनि तिमीहरूमा शान्ति दिऊन्।’
27 यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
उहाँले मेरा विलापहरू सुन्नुभयो।
2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
3 परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
5 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।
6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
7 यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
8 हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
म तपाईंको व्यवस्था जान्दछु।
9 मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।
11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!
तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”
12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्।
तिनीहरू अनगन्ती छन्!
मेरा पापहरूले मलाई पक्रियो,
अनि म तिनीहरूबाट भाग्न सक्तिन।
तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्।
मैले मेरो आँट हराएको छु।
13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्!
हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!
14 ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्।
हे परमप्रभु, ती मानिसहरूलाई लज्जित
र निराश बनाई दिनुहोस्।
तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्,
तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!
15 ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्।
तिनीहरू बोल्नलाई पनि संकोच होस्!
16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन।
तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्न, “परमप्रभु महान् हुनुहुन्छ।”
17 हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ,
मलाई सहायता गर्नुहोस्।
मलाई रक्षा गर्नु होस्।
हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ,
त्यसैले धेरै आशीर्वादहरू पाउनेछ।
जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।
2 परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ।
त्यो मानिस पृथ्वीमा धन्य हुनेछ।
परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा नष्ट हुन दिनु हुनेछैन।
3 जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ।
त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।
4 मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्।
मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”
5 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे।
तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”
6 मानिसहरू मलाई हेर्न आउँछन्।
तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्।
तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्,
अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।
7 मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्।
तिनीहरूले मेरो विरूद्ध षड्यन्त्रहरू गरिरहेछन्।
8 तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो
त्यसैले गर्दा ऊ बिमारी भयो।
हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”
9 मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें।
तर अहिले, ऊ मेरो बिरोधी भएकोछ।
10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्।
मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु।
11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्।
तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।
12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो।
तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।
13 परमप्रभु, इस्राएल का परमेश्वर धन्यको हुनुहुन्छ।
उहाँ सधैँ हुनुहुन्थ्यो, अनि उहाँ सधैँ हुनुहुनेछ।
आमेन, आमेन।
ऊ उनीसित कुरा गर्छन्
4 मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।
आहा! तिमी सुन्दरी छौ।
घुम्टोभित्र लुकेका
ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन्
तिम्रा ती लामा केश
गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।
2 तिम्रो दाँतहरू भेंडा़ झैं सेता छन्
जसलाई भर्खरै नुहाइएको र कत्रनु तयारी बनाएको छ।
तिनीहरू सबैले जुम्ल्याहा पाठा जन्माउँछन्
र तिनीहरूको एउटै थुमा पनि हराएको छैन।
3 तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्।
तिम्रो मुख अति सुन्दर छ,
तिम्रो घुम्टोभित्रका गालाहरू
एउटा दारीमका दुइ फ्याकहरू जस्तै छन्।
4 तिम्रो घाँटी लामो अनि पातलो छ,
दाऊदको किल्ला जस्तै,
त्यो किल्ला सजाउनको निम्ति बनाएका
हजारौं ढालहरू यसको भित्ताहरूमा
शक्तिशाली सेनाहरूसँग छन्।
5 तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्,
हरिणको जुम्ल्याहा पाठा जस्तै
जुन लिली फूलहरू विच चरिरहन्छ।
6 म त्यो गन्धरसको पर्वत माथि जानेछु,
र सुगन्धितको पहाडमा जानेछु,
जब मैले आफ्नो अन्तिम सास लिनेछु
अनि छायाँहरू लामो भई लुक्नेछन्।
7 मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ,
तिमीमा कुनै प्रकारको दाग छैन।
8 हे मेरी दुलही म भएकोमा आऊ,
तिमी मेरो निम्ति लेबनोनबाट आऊ।
तिमी मसित अमानाको चुचुरोबाट,
सनीरको उचाईबाट,
सिंहको गुफाबाट
अनि चितुवाको पाहाडबाट आऊ।
9 मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ।
तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको
मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
10 हे मेरी साथी, हे मेरी दुलही।
तिम्रो माया कति सुन्दर छ।
तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ,
तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।
11 मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ,
दूध र मह तिम्रो जिब्रो मुनि छ,
तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आउँछ।
12 मेरी प्रेमिका, मेरी दुलही!
ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ।
बन्द गरेको ताल जस्तै शुद्ध छौ।
त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
13 तिम्रो शरीर दारीम जस्तै छ,
अनि अरू लोभ्याउने फलहरू,
फूलहरू र मसलाहरूको वासनाले भरिएको
बगैंचा झौं 14 जटामसी केश दालचिनी,
तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैंचा झैं छौ
मूर्र र यसमा सबै प्रकारको असल मसलाहरू छन्।
15 तिमी बग्ने पानीको स्रोत जस्तै छौ।
तिमी कुवाको पानी झैं ताजा छौ,
लेबानोनबाट बग्दै आएको पानीको मूल झैं छौ।
ऊनी बोल्छिन्
16 उत्तरी हावा, तिमी उठ,
दक्षिणी हावा, तिमी आऊ।
मेरो बगैंचामा बह
अनि आफ्नो सुगन्ध छर्क।
मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन्।
अनि त्यहाँका मिठा फलहरू खाऊन्।
4 परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुक्नु हुँदैन। 2 जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्। 3 हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो:
“म रिसाएँ र प्रतिज्ञा लिएँ की,
‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।’”(A)
परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो। 4 धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।”(B) 5 उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।”
6 यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्। 7 यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गर्यौं।
“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
अतीतमा जस्तै हठधर्मी नबन।”(C)
8 हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुझ्छौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो। 9 यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदैछ। 10 आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेष गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ। 11 समस्त हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं।
12 परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुइधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ। 13 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
परमेश्वरको अघि उभिन येशूले सहायता गर्नुहुन्छ
14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। 15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। 16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
© 2004, 2010 Bible League International