M’Cheyne Bible Reading Plan
पूजाहारीहरूको निम्ति नियमहरू
21 परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन। 2 तर यदि मृतक मानिस उनको आफन्त हो भने मात्र उनले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्। यदि मृतक मानिस उनका आमा अथवा बाबु, उनका छोरा-छोरी, दाज्यू-भाइ। 3 अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैंलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साक्खै मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।) 4 तर यदि मरेको मानिस बिहेद्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले ऊ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।
5 “पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना-कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्। 6 पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।
7 “पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्। 8 पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।
9 “यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।
10 “प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन। 11 यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्। 12 प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्याइन्छ हो। म परमप्रभु हुँ।
13 “प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ। 14 प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारूरीले आफ्ना मानिसहरूबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ। 15 यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अलग्गै राखेको छु।”
16 परमप्रभुले मोशालाई भन्नुभयो, 17 “हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन। 18 कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्, अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू, 19 हात अथवा खुट्टा भाँचिएका मानिसहरू, 20 कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू।
21 “हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन। 22 त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महा-पवित्र खाद्य खानु सक्छ। 23 तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”
24 यसर्थ मोशाले यी कुराहरू हारून, उनका छोराहरू अनि इस्राएलका समस्त मानिसहरूलाई भन्नुभयो।
दाऊदको भजन।
1 हे परमप्रभु मेरो न्याय गर्नुहोस्।
म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्।
म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
2 हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्।
मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।
3 मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन,
अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
4 म ती व्यर्थका मानिसहरू मध्येको होइनँ।
म दुष्टहरूका संगतलाई घृणा गर्छु।
5 म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु।
म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ।
6 हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्,
म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ।
7 हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।
म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
8 हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु।
म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।
9 हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्।
ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।
10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन।
तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।
11 तर म निर्दोष छु।
यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।
12 म सबै विपदहरूबाट सुरक्षित छु।
हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु,
त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।
दाऊदको भजन।
1 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
यसैले म कोसैसँग डराउने छैन।
2 दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
3 तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।
4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
“जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”
5 परमप्रभुले मलाई बचाउँनु हुन्छ।
जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
6 मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
7 हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
मलाई जवाफ दिनुहोस्।
मलाई कृपादान गर्नुहोस्।
8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
म तपाईं समक्ष बोल्न आएँ।
9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
मलाई साथ दिनुहोस्।
मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
10 मेरो माता-पिताले मलाई छोडी गए।
तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।
यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्।
परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
14 परमप्रभुको सहयोगलाई पर्ख,
बलियो र साहसी होऊ,
अनि परमप्रभुको सहयोग पर्ख।
के मरिजानु राम्रो हो?
4 मैले फेरि यो पनि बुझें कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुःखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याउँछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन। 2 म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्। 3 अझ त्यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ किनकि तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।
यति कठोर परिश्रम किन?
4 मैले फेरि सोचें, “मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।” मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।
5 कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ। 6 धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा़ गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।
7 फेरि मैले अर्को पनि एउटा कुरो देखेका छु जसको कुनै अर्थ छैन: 8 एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुःखको र व्यर्थ कै कुरो हो।
मित्र र परिवारबाट शक्ति पाइन्छ
9 एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।
10 यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लड्छ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।
11 यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।
12 एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।
मानिस शासक र प्रसिध्दि
13 एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन। 14 हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्। 15 तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रो युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ। 16 धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।
6 ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झूटो निन्दा हुनेछैन। 2 केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू हुन्छन् तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्।
झूटो शिक्षा र साँच्चो धन
मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ। 3 कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन। 4 झूटा शिक्षा दिने मानिस अहङ्कारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगड़ा गर्छ। यसले इर्ष्यां, झगड़ा, अपमान अनि कुशंका ल्याउँछ। 5 यसले दुषित मन हुने मानिसहरूबाट तर्कवितर्क पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू सम्झन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।
6 निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने। 7 जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं। 8 यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं। 9 तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ। 10 पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।
याद गर्नु पर्ने केही कुराहरू
11 तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर। 12 आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्। 13 परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु। ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः 14 तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर। 15 ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। 16 परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।
17 यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ। 18 धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु। 19 त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।
20 तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन। 21 कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।
परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्।
© 2004, 2010 Bible League International