M’Cheyne Bible Reading Plan
अब्राम कनान फर्के
13 अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे। 2 यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।
3 अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ-शहरहरूको बीचमा आइपुगे। 4 त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।
अब्राम अनि लूत छुट्टीए
5 त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसँग पनि पशुहरू र पालहरू धेरै नै थिए। 6 अब्राम र लूतसित यति धेरै पशुहरू र सर-समानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ सँगै बस्न असम्भव भयो। 7 त्यसै समयमा त्यस भूमिमा कनानी, परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासँग झगड़ा। गर्न थाले।
8 यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौं, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा़ हुनु हुँदैन। 9 हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”
10 लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।) 11 यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे। 12 अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए। 13 सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।
14 लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर। 15 किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ। 16 म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन। 17 यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”
18 यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरू भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।
यहूदीहरूद्वारा येशूको आलोचना
(मर्कूस 2:23-28; लूका 6:1-5)
12 त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे। 2 फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
3 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? 4 दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो। 5 अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन। 6 म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ। 7 धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(A) वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
8 “मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।”
येशूले विश्राम दिनमा निको पार्नु भयो
(मर्कूस 3:1-6; लूका 6:6-11)
9 येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। 10 उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? 12 एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”
13 तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। 14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।
येशू परमेश्वरद्वारा चुनिएको सेवक हुनुहुन्छ
15 फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। 16 उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो। 17 येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
18 “यहाँ मेरो दास छ,
मैले उसलाई चुनेको हुँ।
म उसलाई प्रेम गर्छु
अनि म उसित खुशी छु।
म मेरो आत्मा उसमा हालिदिनेछु,
अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
19 उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ;
उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
20 उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन।
उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन।
उसले यी सबै गरिरहनेछ जबसम्म साँच्चो न्यायले विजय प्राप्त गर्दैन।
21 सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन्।”(B)
परमेश्वरद्वारा येशूको शक्ति
(मर्कूस 3:20-30; लूका 11:14-23; 12:10)
22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। 23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”
24 जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”
25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। 26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? 27 तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। 28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। 29 यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। 30 जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।
31 “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। 32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।
तिमीहरूको चाल-चलनले तिमीहरूको परिचय गराउँछ
(लूका 6:43-45)
33 “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। 34 ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। 35 असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। 36 यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। 37 तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”
प्रमाणकालागि येशूसँग यहूदीहरूको सोधखोज
(मर्कूस 8:11-12; लूका 11:29-32)
38 तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”
39 येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। 40 तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। 41 अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।
42 “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।
दुष्ट आत्माले भरिएका आजका मानिसहरू
(लूका 11:24-26)
43 “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। 44 तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। 45 त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”
चेलाहरू नै येशूका परिवार
(मर्कूस 3:31-35; लूका 8:19-21)
46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”
49 आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
राजाले नहेम्याहलाई यरूशलेममा पठाउनु भयो
2 बीसौं बर्षको नीशान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिएँ अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइनँ। 2 यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।”
तब म अत्यन्तै डराएँ। 3 मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”
4 तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।”
तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें 5 र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहूदामा पठाइदिनु होस् जहाँ मेरो पिता-पुर्खाहरू गाडिएकाछन्। म त्यसको पुनःर्निर्माण गर्नसकुँ।”
6 तब राजाले उनको छेउमा बसेकी रानी साथ मलाई भन्नुभयो, “तिम्रो यात्रा कति लामो हुन्छ अनि तिमी कहिले फर्कन्छौ?”
यसर्थ मलाई पठाउन राजा खुशी हुनु भयो, जब मैले उनलाई कतिलामो समयको निम्ति म जान्छु सो बताएँ। 7 तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यूफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहूदा नपुगुन्जेल नदी पारी सम्म जान दिनेछन्। 8 अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वाराहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्।”
अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालू हुनु हुन्थ्यो।
9 यसकारण म यूफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो। 10 जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, तिनीहरू दुःखी भए र रिसाए किन भने तिनीहरूले सोचे इस्राएलीहरूलाई सहायता गर्न कोहि आएकोछ।
नहेम्याहले यरूशलेमको पर्खाल पत्ता लगाए
11-12 यसकारण म यरूशलेममा आएँ अनि तीन दिन म त्यहाँ थिएँ। त्यसपछि केही मानिसहरू सित म राती हिँडे। मेरो परमेश्वरले मेरो हृदयमा यरूशलेमको निम्ती गर्नु पर्ने जे कुरा हाल्नु हुँदैछ त्यो मैले कसैलाई भनेको थिइन। म चढिरहेको पशुबाहेक कुनै पशुहरू मसित थिएनन्। 13 राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामुन्ने भएर घुर्याने-मूल ढोका सामुन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ। 14 त्यस पछि म फोहोरा-मूल ढोका अनि राजाको पोखरीमा गएँ तर म चढिरहेको पशु पार भएर जाने ठाउँ थिएन। 15 यसकारण म बेंसी भएर राती गएँ, अनि मैले पर्खाल हेरिरहेको थिएँ म फर्किएर बेंसीको द्वार भित्र पसें अनि त्यही बाटो फर्कें। 16 अधिकारीहरूलाई थाहा भएन म कहाँ गएको थिएँ वा मैले के गर्दै थिएँ, मैले अझसम्म यहूदीहरू, महा-पूजाहारीहरू अथवा बाँकीरहेका अधिकारीहरू जो काम गरिरहेका थिए कसैलाई भनेको थिइनँ।
17 तब मैले तिनीहरूलाई भने, “तिमीहरूले हामीहरूमा परेको कष्ट हेर यरूशलेम कस्तो ध्वंशावशेषमा छ अनि यसका ढोकाहरू आगोद्वारा जलेका छन्। आऊ, हामी यरूशलेमको पर्खालको पुनःनिर्माण गरौं, जसमा कि हामी अझ अपमान बेइज्जतको बस्तु रहने छैनौं।”
18 मैले तिनीहरूलाई भनें, कसरी मेरो निम्ति परमेश्वर दयालु हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौं।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए। 19 जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”
20 मैले तिनीहरूलाई भनें “स्वर्गका परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःर्निर्माण शुरूगर्नेछौ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबी[a] यरूशलेम माथि छैन।”
हेरोद अग्रिपाले मण्डलीलाई सताए
12 त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले। 2 हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए। 3 हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो। 4 हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे। 5 यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे।
पत्रुसले जेल छोडदछन्
6 पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो। 7 अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभरि प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए। 8 स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।”
9 तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे। पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँच्चो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्। 10 पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफैं खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए।
11 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैंलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घट्ना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”
12 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए। 13 पत्रुसले बाहिरबाट दैलो ढक्ढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई। 14 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!” 15 तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँच्चो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”
16 तर पत्रुसले दैलो ढक्ढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे। 17 पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।
18 अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे। 19 राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए।
हेरोद अग्रिपाको मृत्यु
पछि हेरोद यहूदियाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे। 20 हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।
21 हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे। 22 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!” 23 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे।
24 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।
25 बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।
© 2004, 2010 Bible League International