Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 12

परमेश्वर अब्रामलाई बोलाउनु हुन्छ।

12 परमप्रभुले अब्रामलाई भन्नुभयो,

“तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड,
    र मैले देखाएको देशमा जाऊ।
म तिमीलाई आशीर्वाद दिनेछु,
तिमीबाट महान् राष्ट्र बनाएर
    प्रसिद्ध बनाउनेछु।
तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ
    तिम्रो नाउँ लिनेछन्।
म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु,
    अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु।
पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि
    म तिम्रो नाउँ प्रयोग गर्नेछु।”

अब्राम कनान जान्छन्

यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर बर्ष पुगेका थिए। अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए। अब्राम कनान देशको शकेमसम्म गए अनि मोरेमा ठूलो रूख भएको ठाउँ सम्म पुगे। त्यस समयमा कनानी मानिसहरू त्यस ठाउँमा बस्थे।

त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”

अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए। त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ-शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे। तब अब्रामले यहूदाको दक्षिणी मरुभूमि इलाका नेगेबपट्टि आफ्नो यात्रा शुरू गरे।

अब्राम मिश्रमा

10 त्यस समय त्यहाँ अनिकाल चलिरहेको थियो। त्यहाँ अनिकाल अत्यन्तै भएकोले तिनी केही समयको निम्ति मिश्र देशतिर लागे। 11 तिनी मिश्र देशमा पस्न मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छ्यौ। 12 जब मिश्र देशीहरूले तिमीलाई देख्नेछन् तिनीहरूले भन्नेछन् त्यो स्त्री मानिस मेरी पत्नी हुनु पर्छ र तिनीहरूले मलाई मार्नेछन्। तर तिमीलाई जीवित राख्नेछन्। 13 यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।”

14 अब्राम मिश्र देश भित्र पसे अनि त्यहाँका मानिसहरूले साराईलाई सुन्दरी देखे। 15 केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे। 16 फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेंडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।

17 फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो। 18 यसर्थ फिरऊनले अब्रामलाई बोलाएर भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिम्री पत्नी भनी बताएनौ। 19 किन तिमीले तिम्री बहिनी भन्यौ। किन तिमीले त्यस्तो कुरा गर्यौ? यसैकारण मैले साराईलाई आफ्नी पत्नी होस् भनेर राखें। तर अब म तिम्री पत्नी तिमीलाई नै फर्काउँछु र उसलाई लिएर तिमी जाऊ।” 20 त्यसपछि फिरऊनले आफ्ना मानिसहरूलाई अब्रामलाई मिश्रदेशबाट बाहिर पठाउने आज्ञा दिए। यसर्थ अब्राम र तिनकी पत्नी तिनीहरूसित भएका सबै मानिसहरू नयाँ अरू कुराहरू लिएर त्यहाँबाट प्रस्थान गरे।

मत्ती 11

येशू र बप्तिस्मा दिने यूहन्ना

(लूका 7:18-35)

11 आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।

बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए। यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”

येशूले भन्नुभयो, “यूहन्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर। अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ट रोगीहरू शुद्ध हुन्छ; बहिराहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ। यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।”

यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। 10 यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ:

‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु।
    उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’(A)

11 “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। 12 बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्। 13 सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। 14 यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। 15 मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।

16 “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,

17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं,
    तर तिमीहरू नाचेनौ;
हामीहरूले दु:खका गीत गायौं,
    तर तिमीहरू दुःखी भएनौ।’

18 मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ 19 मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”

येशू विश्वास नगर्नेहरूलाई सर्तक गराउनु हुन्छ

(लूका 10:13-15)

20 येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। 21 येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। 22 तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।

23 “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। 24 तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”

येशू आफ्ना मानिसहरूलाई विश्राम प्रदान गर्नुहुन्छ

(लूका 10:21-22)

25 त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। 26 हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।

27 “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।

28 “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। 29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। 30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”

नहेम्याह 1

नहेम्याहको प्रार्थना

यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौं बर्षको किसलेव[a] महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमा[b] थिएँ। अनि मेरा एकजना भाइ हनानी केही अन्य मानिसहरू सहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें।

तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे। मैले भनें,

“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

“तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकाछौं। हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ।

“तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु। तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।’

10 “ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो। 11 हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।”

म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।

प्रेरित 11

पत्रुस यरूशलेम फर्कन्छन्

11 यहूदियामा प्रेरितहरू र दाज्यू-भाइहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए। तर जब पत्रुस यरूशलेम फर्किए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे। तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसँग बसेर भोजन सम्म गर्नुभयो!”

पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए। उनले भने, “म जोप्पा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो। जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें। तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पत्रुस! कुनै पनि जीवित प्राणी मार र खाऊ!’

“तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’

“तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’

10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो। 11 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए। 12 आत्माले मलाई नहिच्किचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसँग आए। हामी कर्नीलियसको घरमा गयौं। 13 कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर। 14 उनले तिमीहरूलाई ती कुरा भन्नेछन् जसले तिमीलाई अनि तिम्रा घरमा बस्ने सबै मानिसहरूलाई बचाउँनेछन्।’

15 “जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनु भएको थियो। 16 तब मलाई प्रभु येशूको वचनको सम्झना भयो। प्रभुले भन्नुभएको थियो, ‘यूहन्नाले मानिसहरूलाई पानीले बप्तिस्मा गरे, तर तिमी पवित्र आत्माद्वारा बप्तिस्मा हुनेछौ।’ 17 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?”

18 जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले तर्क गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”

एन्टिओक तर्फ सुसमाचार

19 स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने। 20 कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसँग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने। 21 प्रभुको शक्ति तिनीहरूसँग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुशरण गर्न लागे।

22 एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए। 23-24 बर्णाबास एक असल मानिस थिए। ऊ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो। उनले तिनीहरूलाई भने, “आफ्ना विश्वास कहिल्यै नहराऊ। सधैँ प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम-प्रभुका विश्वासीहरू भए।

25 त्यसपछि, बर्णाबास टार्सस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए। 26 शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक वर्ष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए।

27 यस समयमा केही अगमवक्ताहरू यरूशलेमाबाट एन्टिओक तिर गए। 28 तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)। 29 चेलाहरूले यहूदियामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए। 30 तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदियाका अग्रजहरूलाई दिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International