M’Cheyne Bible Reading Plan
हिजकियाहले निस्तार चाड़मा नयाँ उत्सव मनाउँछन्
30 राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्। 2 उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए। 3 तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्। 4 त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो। 5 यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए। 6 यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोः
“इस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ। 7 तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँच्चो हो। 8 तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीट नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा-पवित्र स्थानलाई सधैँका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ। 9 यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्यौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा-केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।”
10 संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए। 11 तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए। 12 यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई सँगठित तुल्याए जसद्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
13 धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो। 14 ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्रोन बेंसीमा फ्याँकि दिए। 15 त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौधौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए। 16 तिनीहरूले मोशा, परमेश्वरको मानिसको व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।
17 त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्मा लेवीहरूलाई थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
18-19 एप्रैम, मनश्शे, इस्साकार अनि जबूलूनका धेरै मानिसहरूले स्वयमलाई निस्तार चाडका निम्ति उचित ढङ्गले तयार पारेका थिएनन्। तिनीहरूले मोशाको व्यवस्थामा भनेको प्रकारले ठीक ढङ्गले निस्तार चाड मनाएनन्। तर हिजकियाहले ती मानिसहरूका निम्ति प्रार्थना गरे। यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।” 20 परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो। 21 यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे। 22 राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
23 समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउँदा तिनीहरू अति प्रसन्न रहे। 24 हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेंडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। 25 यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए। ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए। 26 यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन। 27 पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।
परमेश्वरको क्रोध भरिएका कचौराहरू
16 तब मैले मंदिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”
2 पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो।
3 दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।
4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो। 5 तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें:
“तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो।
तपाईं नै एक पवित्र हुनुहुन्छ।
तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,
6 तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए।
अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ।
तिनीहरू त्यसको योग्य छन्।”
7 अनि मैले वेदीले यसो भन्दै गरेको सुनें,
“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान्
तपाईंको न्याय सत्य अनि उचित छ।”
8 तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो। 9 मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।
10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके। 11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।
12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। 13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। 14 यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्।
15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”
16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।
17 सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” 18 तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो। 19 त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो। 20 हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्। 21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।
यहूदाको चारैतिरको देशहरूको बिषयमा दर्शन
12 इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो, 2 “हेर, म यरूशलेमलाई चारैतिरका राज्यहरूका निम्ति यसलाई बिषको बोटुको जस्तो बनाउँछु। अनि सम्पूर्ण यहूदा यरूशलेम झैं घेरामा पर्नेछ। 3 तर त्यसदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लड्नेछन्। 4 तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरूलाई रक्षा गर्नेछु। 5 तब यहूदाका कुलका अगुवाहरूले आफैं भन्नेछन्, ‘यरूशलेमका बासिन्दा, म परमप्रभु परमेश्वर सर्वशक्तिमानमा शक्ति पाउँनेछु।’ 6 त्यस समयमा यहूदाका परिवारलाई जङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।”
7 परमप्रभुले पहिला यहूदाका मानिसहरूलाई बचाउँनु हुनेछ यसकारण यरूशलेमका बासिन्दाहरूले शेखी गर्नेछैनन्। दाऊदको घरानाको अनि यरूशलेममा बस्ने अन्य मानिसहरूको गौरव यहूदाको भन्दा बढी नहोस्। 8 तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथ प्रदर्शक हुनेछन्।
9 परमप्रभु भन्नुहुन्छ, “त्यस समय म ती यरूशलेमको बिरूद्धमा आउँने सारा जातिहरूलाई नष्ट गर्नेछु। 10 म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्। 11 त्यस दिन यरूशलेममा ठूलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए। 12 भूमिले शोक मनाउँनेछन् प्रत्येक घरना रूनेछन्। दाऊदका घरनाका मानिसहरू आफैंले शोक मनाउँनेछन् अनि उनीहरूका पत्नीले शोक मनाउँनेछन्। नातान घरनाको मानिसहरू आफैं रूनेछन् अनि तिनीहरूका पत्नी पनि अलग-अलग रूनेछन्। 13 लेवी कुलका मानिसहरू अनि पत्नीहरू पनि एक्लै-एक्लै रूनेछन्। शिमी घरानाको मानिसहरू र पत्नीहरू पनि अलग-अलग रूनेछन्। 14 अनि यहि घट्ना सबै वंशमा हुनेछ। मानिसहरू एक्लै हुनेछन् अनि स्त्रीहरू एक्लै रूनेछन्।”
13 तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।
येशू दाखको बोट
15 येशूले भन्नुभयो, “म साँच्चो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ। 2 म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। 3 मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। 4 मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।
5 “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। 6 यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्। 7 यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। 8 तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ।
9 “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। 10 मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। 11 मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। 12 यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें। 13 महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ। 14 तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने। 15 म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।
16 “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ। 17 यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
येशूले आफ्ना चेलाहरूलाई सावधान गर्नुहुन्छ
18 “यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर। 19 यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसँग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।
20 “मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नोकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्। 21 मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो। 22 यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।
23 “जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ। 24 मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्। 25 तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’
26 “म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्। 27 अनि तिमीहरूले मेरो विषयमा मानिसहरूलाई भन किनभने तिमीहरू शुरुदेखिनै मसँग छौ।
© 2004, 2010 Bible League International