M’Cheyne Bible Reading Plan
यहूदाका राजा अमस्याह
25 अमस्याह पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्दान थियो। यहोअद्दान यरूशलेमकी थिइन्। 2 अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्। 3 अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए। 4 तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किनकि तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।”
5 अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस बर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए। 6 अमस्याहले इस्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए। 7 तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न। 8 यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।” 9 अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।”
10 यसर्थ अमस्याहले इस्राएली सैनिकहरूलाई घर तिर एफ्राईम फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भएर घर फर्किए।
11 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे। 12 यहूदाका सेनाले पनि सेईरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चट्टानहरूमा चकना चूर भए।
13 तर त्यस समयमा अमस्याहले ती सोनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे।
14 अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले। 15 परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।”
16 जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”
17 यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए।
18 तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भनेः “लबानोन एक सानो काँढादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ संन्देश पठायो। सानो काँढादार पोथ्राले भन्यो, ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।’ तर एक जङ्गली पशु आयो अनि काँढादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो। 19 तिमी स्वयंमलाई भन्छौं, ‘मैले एदोमलाई परास्त गरे।’ तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लड्यौ भने, तिमी अनि यहूदा ध्वंश हुने छौ।”
20 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्राएलद्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुशरण गर्ने देवताहरूको अनुशरण गरे। 21 यस कारण इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहसित बत-शेमेश शहरमा मुखा-मुखी भेट गरे। बेत-शेमेश यहूदामा छ। 22 इस्राएलले यहूदालाई परास्त गरे। यहूदाका हरेका मानिस आफ्ना घर तिर भागे। 23 योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हात[a] लामो अंश भत्काइ दिए। 24 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।
25 योआशको मृत्यु पछि अमस्याह पन्ध्र बर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता यहोआहाज इस्राएलका राजा थिए। 26 अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 27 जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यरूशलेममा मानिसहरूले अमस्याह विरूद्ध षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागेर गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए। 28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए।
स्त्री अनि विशाल सर्प
12 त्यसपछि स्वर्गमा एक आश्चर्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मुनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो। 2 ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।
3 त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरू थियो। 4 त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरूको एक तिहाईं अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खड़ा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।
5 त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छडीद्वारा सम्पूर्ण राष्ट्रहरूमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो। 6 त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।
7 त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल[a] अनि तिनका दूतहरू त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरू प्रतिकारमा लडे। 8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए। 9 त्यो विशाल सर्प त्यसका दूतहरू सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरू पनि उसँगै पृथ्वी तल फालियो।
10 तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फ्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो। 11 हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्। 12 यसर्थ तिमी स्वर्गहरू अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको निम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरूकहाँ गएको छ। जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।”
13 त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई। 14 तर त्यस स्त्रीलाई विशाल गरुड़को दुइ पखेंटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन वर्षसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन। 15 तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो। 16 तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो। 17 तब त्यो विशाल सर्प त्यस स्त्री प्रति खूबै क्रोधित भयो। त्यो सर्प त्यस स्त्रीको अन्य बालकहरूको विरुद्ध लडाईं गर्न हिँड्यो। त्यस स्त्रीका बालकहरू तिनीहरू थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरूसित थियो।
18 त्यो विशाल सर्प समुद्र किनारमा खडा भयो।
परमप्रभुबाट यरूशलेमलाई आशीर्वाद दिने प्रतिज्ञा
8 यो वचन सर्वशक्तिमान परमप्रभुको हो। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसँग क्रोधित भएँ।” 3 परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”
4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेक्ने लौरोको आवश्यकता पर्नेछ। 5 अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।” 6 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”
7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु। 8 म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।”
9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुनिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मन्दिर बनाउनका निम्ति फेरि जग बसाल्नु भएको थियो। 10 त्यो समय मानिसहरूसँग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन शुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ। 11 सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”
12 “ती मानिसहरूले शान्तिसँग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु। 13 मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इस्राएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”
14 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। 15 “तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु। 16 यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँच्चो, ठिक र शान्ति ल्याउने निर्णय होस्। 17 तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झूटो कसम नखाऊ। किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।
18 मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ। 19 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन हर्ष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”
20 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।
21 एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्,
‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न, सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं,’
अनि अर्कोले भन्नेछ,
‘म पनि तिमीहरू सित जान चाहन्छु।’”
22 धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्। 23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, ‘हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?’”
लाजरसको मृत्यु
11 त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे। 2 मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए। 3 मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
4 जब येशूले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घट्ना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।” 5 येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो। 6 जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुइ दिन सम्म बस्नु भयो। 7 तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
8 चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”
9 येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लड्ने छैन। किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ। 10 तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
11 येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाउनँ जानेछु।”
12 चेलाहरूले उत्तर दिए, “हे प्रभु यदि ऊ सुतेको हो भने, ऊ निको हुनेछ।” 13 येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
14 त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो। 15 अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
16 तब थोमाले (जसलाई “दिदिमस” भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसँगै यहूदियामा मर्नेछौं।”
बेथानिमा येशू
17 येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो। 18 बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो। 19 धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
20 मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी। 21 मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन। 22 तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसँग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
23 येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।”
24 मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।”
25 येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ। 26 अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”
27 मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”
येशू रूनु हुन्छ
28 मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यू यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।” 29 जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन। 30 येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासँग भेट भएको थियो। 31 यहूदीहरू मरियमसँग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए। 32 मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
33 येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। 34 येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।”
तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”
35 येशू रुनुभयो।
36 अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।”
37 तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?”
येशूले लाजरसलाई फेरि जीउँदो पार्नुहुन्छ
38 येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो। 39 येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।”
मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
40 तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
41 तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। 42 म जान्दछु कि तपाईंले सधैँ मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।” 43 येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!” 44 मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।
येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना गरे
(मत्ती 26:1-5; मर्कूस 14:1-2; लूका 22:1-2)
45 मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे। 46 तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए। 47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषद्को सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ। 48 यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्यौं भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
49 तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस वर्षको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ। 50 सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
51 कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस वर्षको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ। 52 तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरिएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
53 त्यस दिन यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए। 54 यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिँड्न बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो।
55 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैंलाई शुद्ध पार्नलाई। 56 मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?” 57 तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
© 2004, 2010 Bible League International