M’Cheyne Bible Reading Plan
परमप्रभुलाई मन्दिर समर्पित
7 जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो। 2 परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्। 3 इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए,
“परमप्रभु असल हुनुहुन्छ।
उहाँको करूणा सदा-सर्वदा चलिरहन्छ।”
4 त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए। 5 राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेंडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो। 6 पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको सँगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिंदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए।
7 सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुन्ने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए।
8 सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए। 9 आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए। 10 सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै हर्षित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।
परमप्रभु सुलेमान कहाँ आउनु हुन्छ
11 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। 12 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो,
“सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु। 13 जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। 14 अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु। 15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्। 16 मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ। 17 अब सुलेमान, यदि तँ मेरो सामुन्ने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैंले पालन गरिस् भने, यदि तैंले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने। 18 तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पितासँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’
19 “तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने। 20 तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्। 21 प्रत्येक व्यक्ति, जो यो मन्दिर भएर पार हुन्छ जो यति उच्च रूपले सम्मानित थियो, आश्चर्यमा पर्ने छ। तिनीहरूले भन्ने छन्, ‘परमप्रभुले यो देश अनि यो मन्दिर माथि किन यस्तो भयानक कुरो गर्नु भयो?’ 22 त्यस बेला मानिसहरूले उत्तर दिने छन्, ‘किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्खाहरूका परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्न दिनु भयो।’”
1 अग्रजबाट अभिवादन।
परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरू प्रति म तिमीहरू, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरूलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरूलाई पनि। 2 यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ।
3 अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसँग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं।
4 तिम्रो कोही बालकहरू जो तिनीहरू पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुशरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ। 5 अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो। 6 अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुशरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।
7 यो संसारमा अनेकौं झूटो शिक्षकहरू छन्। यी झूटो शिक्षकहरूले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ ऊ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो। 8 होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।
9 एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुशरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यस व्यक्तिसँग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुशरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्। 10 यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर। 11 यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ। 12 मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेट्न आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ। 13 तिम्रो बहिनीका बालकहरूले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।
2 “म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु।
परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु।
म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि,
उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”
हबकूकलाई परमेश्वरको जवाफ
2 परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसँग लेख कारण अरू मानिसहरूले पनि हेरेर पढ्न सकुन्। 3 यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसँग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन। 4 यो समचारले ती मानिसहरूलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरूले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरूलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”
5 परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैँ धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैँ हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरूलाई कैदी जस्तै लगिरहनेछ। 6 निश्चय नै यी मानिसहरूले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’
7 “हे, मानिस, तिमीले मानिसहरूको धेरै धन खोसेका छौ। जे जति भइरहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरू उठ्नेछन्। उनीहरूले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरूले ती सबै कुराहरू तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ। 8 तिमीले धेरै देशहरू लुट्यौ। तर बाँकी रहेका जातिहरूले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरूको हत्या गर्यौ तिमीले खेतहरू र शहरहरू नष्ट पार्यौ र बासिन्दाहरूलाई मार्यौ।
9 “हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरू हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरू मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ। 10 तिमीले धेरै मानिसहरूको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरूले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याईं गर्यौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ। 11 तिम्रो घरको पर्खालहरू तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरूले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।
12 “ती दुष्ट शासकहरूलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरूलाई मारेर शहरको निर्माण गर्छन् अनि दुष्ट्याईंद्वारा शहरहरू स्थापित गर्छन् तिनीहरूलाई नराम्रो हुनेछ। 13 सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरूले निर्माण गरेको शहरहरू सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरूको सबै मेहनत बेकामको भएर जानेछ। 14 तब सबै तिर मानिसहरूले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ। 15 हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरूलाई तिनीहरूलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरू नाङ्गो लड्छन् तब हेर्छौ।[a]
16 “तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ।
“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ। 17 लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरू लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरू अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरू अनि त्यहाँका मानिसहरूलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”
मूर्तिहरूको विषयमा समाचार
18 उसका झूटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ। यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन। 19 जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।
20 तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पूर्ण पृथ्वी चुप बसेर उहाँप्रति सम्मान प्रकट गर्नु पर्छ।
साँच्चो दान
(मर्कूस 12:41-44)
21 येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो। 2 त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। 3 येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई। 4 किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”
मन्दिरको ध्वंस
(मत्ती 24:1-14; मर्कूस 12:1-13)
5 केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो। परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”
6 तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुङ्गा नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”
7 ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घट्ना हुनेछ? यी घट्नाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”
8 येशूले भन्नुभयो, “सतर्क बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ,’ अनि, ‘सही समय आएको छ!’ तर तिनीहरूलाई नपछ्याउनु। 9 जब तिमीहरूले लडाईं र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”
10 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ। 11 ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घट्नाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।
12 “तर यी घट्नाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झ्यालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ। 13 तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ। 14 तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन। 15 म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन। 16 तिमीहरूको बाबु-आमा, दाज्ययू-भाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्। 17 सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्। 18 तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन। 19 तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।
यरूशलेमको ध्वंस
(मत्ती 24:15-21; मर्कूस 13:14-19)
20 “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ। 21 त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्। 22 त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ। 23 त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ। 24 कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुन्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।
नडराऊ
(मत्ती 24:29-31; मर्कूस 13:24-27)
25 “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घट्नाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङ्कटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन्। 26 मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्। 27 तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ। 28 जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”
मेरा वचनहरू अनन्तसम्म रहनेछ
(मत्ती 24:32-35; मर्कूस 13:28-31)
29 त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो। 30 जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो। 31 त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ।
32 “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। 33 आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
हर समय तयार बस
34 “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ। 35 पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ। 36 यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
37 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो। 38 प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।
© 2004, 2010 Bible League International