M’Cheyne Bible Reading Plan
पूजाहारीहरूका समूहहरू
24 हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। 2 तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे। 3 दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए। 4 एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए। 5 मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।
6 शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिएः पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हरेक पल्ट चिट्ठा लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेख्थे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो।
7 पहिलो यहोयारीबको दल थियो।
दोस्रो दल यदायाहको थियो।
8 तेस्रो हारीमको दल थियो।
चौथो दल सोरीमको थियो।
9 पाँचौं मल्कियाहको दल थियो।
छैटौं दल मियामीनको थियो।
10 सातौं हक्कोसको दल थियो।
आठौं दल अबियाको थियो।
11 नवौं येशूअको दल थियो।
दशौं दल शकन्याहको थियो।
12 एघारौं एल्यासीबको दल थियो।
बाह्रौं दल याकीमको थियो।
13 तेह्रौं हुप्पाको दल थियो।
चौधौं दल येशेबाबको थियो।
14 पन्ध्रौं बिल्गाको दल थियो।
सोह्रौं दल इम्मेरको थियो।
15 सत्रौं हेजीरको दल थियो।
अठारौं दल हप्पिसेसको थियो।
16 उन्नाईसौं पतहियाहको दल थियो।
बीसौं दल यहेजकेलको थियो।
17 एक्काईसौं याकीनको दल थियो।
बाईसौं दल गमूरालको थियो।
18 तेईसौं दलायाहको दल थियो।
चौबीसौं दल माज्याहको थियो।
19 यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो
20 बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्:
अम्रामका सन्तानबाट शूबाएल
शूबाएलका सन्तानबाट येहदयाह।
21 रहब्याहका सन्तानबाटः यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए।
22 यिसहार वंशबाटः शलोमोत।
शलोमोतका वंशबाटः यहत।
23 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए।
अमर्याह हेब्रोनका माहिला छोरा थिए।
यहजीएल तिनका साँहिला छोरा
अनि यक्माम कान्छा छोरा थिए।
24 उज्जीएलका छोरा मीका थिए।
मीकाका छोरा शमीर थिए।
25 यिश्याह मीकाका भाइ थिए।
यिश्याहका छोरा जकर्याह थिए।
26 मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।
27 मरारीका छोराहरू यजियाबाटः बनो, शोहम जक्कूर र इब्री नाउँका थिए।
28 महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्।
29 कीशका कीशबाट छोरा यरहमेल थिए।
30 मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।
ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ। 31 तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे।
सँगीतकारहरू
25 दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
2 आसापका परिवारबाटः जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे।
3 यदूतूनका परिवारबाटः गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मत्तित्याह। ती छः जना थिए। यदूतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदूतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोग गरे।
4 हेमानका छोराहरू जसले सेवा गरे ती बुक्कियाह, मत्तन्याह, उज्जीएल, शबूएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर अनि महजीओत थिए। 5 यी सबै मानिसहरू हेमानका छोराहरू थिए। हेमान दाऊदका दर्शी थिए। परमेश्वरले हेमानलाई शक्तिशाली बनाउने वचन दिनु भएको थियो। यसर्थ हेमानका धेरै छोराहरू भए। परमेश्वरले हेमानलाई चौध छोरा अनि तीन जना छोरीहरू दिनु भयो।
6 हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो। 7 ती मानिसहरू अनि लेवीका कुल समूहका तिनीहरूका आफन्तहरूलाई परमप्रभुको महिमा गाउनमा तालिम दिइएको थियो। त्यहाँ 288 जना मानिसहरू थिए। 8 हरेक व्यक्तिले गर्नु पर्ने विभिन्न किसिमका कामहरू छान्न तिनीहरूले चिट्ठा लगाए। हरेक व्यक्तिलाई समान व्यवहार गरिन्थ्यो। जवान अनि बूढा मानिसहरू प्रति एकसमान व्यवहार गरिन्थ्यो। अनि गुरूलाई शिष्यलाई जस्तै समान व्यवहार गरिन्थ्यो।
9 पहिलो-आसापका छोराहरू (योसेफ)
अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। दोस्रो-गदल्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
10 तेस्रो-जवकूरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
11 चौथो-यिस्रीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
12 पाँचौं-नतन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
13 छैटौं-बुक्कियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
14 सातौं-यसरेलाका छोराहरू अनि आफन्तहरूबाट बाह्र व्यक्तिहरू चुनिएका थिए।
15 आठौं-यशयाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
16 नवौं-मत्तन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
17 दशौं-शिमीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
18 एघारौं-अज्रेलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
19 बाह्रौं-हशबियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
20 तेह्रौं-शूबाएलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
21 चौधौं-मत्तित्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
22 पन्ध्रौं-यरेमोतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
23 सोह्रौं-हन्नयाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
24 सत्रौं-योशबकाशाका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
25 अठारौं-हनानीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
26 उन्नाईसौं-मल्लोतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
27 बीसौं-एलियाताका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
28 एक्काईसौं-होतीरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
29 बाईसौं-गिद्दलतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
30 तेईसौं-महजीओतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
31 चौबीसौं-रोम्मती, एजेरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
परमेश्वरका बथान
5 अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। 2 जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। 3 तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। 4 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
5 हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।
“परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ,
तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”(A)
6 यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ। 7 जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।
8 स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ। 9 शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ।
10 यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ। 11 सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।
आखिरी अभिवादन
12 मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरूलाई उत्साह दिन औ यो परमेश्वरको साँच्चो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।
13 बेविलोनको मण्डलीले तिमीहरू सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरू, पनि तिमीहरू जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो ऊ पनि नमस्कार दिन्छ। 14 एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरूको भेट हुन्छ।
तिमीहरू सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ।
इस्राएलको अगुवाहरू दुष्टताको दोषी
3 फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्।
इस्राएलको शासकहरू तिमाहरूले न्याय के हो सो जान्नु पर्छ।
2 तिमीहरूले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ।
तिमीले मानिसको छाला काढ्छौ।
तिमीहरूले तिनीहरूका हड्डीहरूबाट मासु निकाल्दछौ।
3 तिमीहरूले मेरा मानिसहरूलाई ध्वंश पारिरहेका छौ।
तिमीहरूले उनीहरूको छाला सम्म काढि रहेको छौ।
तिनीहरूको हड्डी भाँचेर भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै छौ।
4 तिमीहरूले परमप्रभुको प्रार्थना गरिरहेकाछौ
तर परमप्रभु जवाफ दिनुहुन्न।
परमप्रभुले आफ्नो मुख तिनीहरूदेखि लुकाईरहनु भएकोछ।
किनकि तिमीहरूले नराम्रो कर्म गरेका छौ।”
झूटो अगमवक्ताहरू
5 परमप्रभु झूटा अगमवक्ताहरूको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरूलाई पाप गर्न लगाए।
“यदि मानिसहरूले यी झूटो अगमवक्ताहरूलाई
खान दिए भने तिमीहरूलाई ‘शान्ति होस्’ भन्दछन्,
यदि ती मानिसहरूले खान दिएनन् भने तिनीहरूको विरूद्ध सेनाहरू भड्काउँछन्।
6 “यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ,
तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ।
भविष्यको गर्वमा जे लुकेको छ,
तिमीले बताउन सक्दैनौ।
यसकारण तिमीहरूलाई अँध्यरो जस्तै लाग्नेछ।
अगमवक्ताहरूमाथि सूर्य अस्ताउनेछ।
अनि उनिहरूलाई दिन पनि रात जस्तै हुनेछ।
7 दर्शन देख्नेलाई लज्जित पारिनेछ।
एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ।
तिनीहरूले तिनीहरूको आफ्नो अनुहार छोप्छन्।
किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेंछैन।”
मीका परमेश्वरका साँच्चो अगमवक्ता हुन्।
8 तर परमप्रभुको आत्माले मलाई
शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ।
म याकूबलाई उसको अपराध बताउँनेछु।
हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।
इस्राएलका अगुवाहरू दोषी छन्।
9 हे याकूबका अगुवाहरू, इस्राएलका शासकहरू,
तिमीहरू मेरो कुरा सुन।
तिमीहरू न्यायलाई घृणा गर्दछौ।
यदि कुनै वस्तु बाटोमा छ भने,
तिमीहरूले त्यसलाई बाङ्गो पारिदिन्छौ।
10 तिमीहरूले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ।
तिमीहरूले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।
11 यरूशलेमका न्यायधीशहरूले
घुस लिएर न्याय गर्छन्।
यरूशलेमका पूजहारीहरूले
ज्यानलिएर ब्यावस्था सिकाउँछन्।
मानिसहरूले अगमवक्ताहरूलाई पैसा दिनुपर्दथ्यो,
अनि मात्र उनीहरूले कुनै दण्ड पाउँदैनथिए।
उनीहरूले सोच्थे, परमप्रभुले उनीहरूलाई बँचाउँछन्
अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ,
यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
12 हे अगुवाहरू! तिमीहरूको कारणले सियनको विनाश भयो।
यसैकारण यो खेत झैं जोतिनेछ।
यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ,
अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
फरिसीहरू झैं नहोऊ
12 हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यति विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस। 2 प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ। 3 ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”
केवल परमेश्वरसँग डराऊ
(मत्ती 10:28-31)
4 त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैनन्। 5 तर कोसँग डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसँग डराउनु पर्छ जोसित मारे पछि नरकमा फ्याँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।
6 “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन। 7 हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ।
येशूबाट लज्जित हुनु पर्दैन
(मत्ती 10:32-33; 12:32; 10:19-20)
8 “म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो। 9 तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।
10 “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।
11 “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरूमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ। 12 त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्नु पर्ने कुराहरू सिकाउनु हुनेछ।”
येशूद्वारा स्वार्थीपन-विरूद्ध चेताउनी
13 भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरुज्यू, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसँग अंश-बण्डा गर्नलाई मेरो दाज्यूलाई भनिदिनु होस्।”
14 तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?” 15 फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्तैन।”
16 अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो। 17 त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’
18 “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। 19 तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
20 “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’
21 “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।”
परमेश्वरको राज्यलाई फहिलो ठान
(मत्ती 6:25-34,19-21)
22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? 23 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। 24 चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। 25 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? 26 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?
27 “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। 28 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
29 “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। 30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। 31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।
सम्पत्तिमा भरोसा नगर
32 “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। 33 आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। 34 तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
सधैँ तयारी बस
(मत्ती 24:42-44)
35 “तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्। 36 त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ। 37 धन्य हुन् ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँच्चो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाउँछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ। 38 तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई पर्खिरहेका पाउनेछन्।
39 “यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन। 40 यसर्थ, तिमीहरू पनि सर्तक हौ! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।”
विश्वासी नोकर को होला?
(मत्ती 24:45-51)
41 पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?”
42 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ। 43 मालिक आँउदा आफूले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो मालिक अति खुशी हुनेछ। 44 म तिमीहरूलाई साँच्चो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।
45 “तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै फर्कंदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला। 46 जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसँग पठाइदिनेछ।
47 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ। 48 उसको मालिकले जे चाहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”
येशूको बारेमा मानिसहरूको असहमति
(मत्ती 10:34-36)
49 येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने। 50 म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइन्जेल सम्म म विचलित नै रहनेछु। 51 के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अँहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ। 52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुइ जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।
53 बाबु र छोराहरू विभाजनमा आउनेछः
छोरा बाबुको विरुद्धमा हुनेछ।
अनि बाबु छोराको विरुद्धमा हुनेछ।
आमा र छोरीहरू माझ वाभाजन आउनेछः
छोरी आमाको विरुद्धमा हुन्छे।
आमा छोरीको विरुद्धमा हुन्छे।
सासू र बुहारी माझ फाटो आउनेछः
बुहारी सासूको विरूद्धमा हुन्छे।
सासू बुहारीको विरुद्धमा हुन्छे।”
समयलाई बुझ्नु
(मत्ती 16:2-3)
54 येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, ‘आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ, 55 त्यसरी नै, जब दक्षिणबाट बतास चल्नु थाल्छ, तिमीहरू भन्नेछौ, ‘अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हौ। 56 तिमीहरू कपटीहरू हौ! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बुझ्नु।
आफ्नो समस्याहरू समाधान गर
(मत्ती 5:25-26)
57 “के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ? 58 मानिलेऊ, कुनै मानिससँग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ। 59 तिमीलाई भन्छु, जब सम्म तिमीमाथि तोकिएको पैसा चुक्ता गर्दैनौ तिमीले त्यहाँबाट छुट्करा पाउनेछैनौं।”
© 2004, 2010 Bible League International