Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 9-10

इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

यरूशलेमका मानिसहरू

यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।

ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।

शीलोनी मानिसहरू जो यरूशलेममा बस्थे तिनीहरू यी थिएः असायाह सबै भन्दा जेठा छोरा थिए अनि असायाहका छोराहरू। जेरहाका मानिसहरू यी थिए जो यरूशलेममा बस्थे।

यूएल र तिनीहरूका आफन्तहरू। जम्मा 690 थिए।

यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए। यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए। बिन्यामीनको वंशावली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यरूशलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए।

10 यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह। 11 अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मशुल्लामका छोरा थिए। मशुल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए। 12 त्यहाँ यरोहामका छोरा अदायाह पनि थिए। यरोहाम पशहूरका छोरा थिए। पशहूर मल्कियाहका छोरा थिए अनि त्यहाँ अदीएलका छोरा मसै पनि थिए। अदीएल यहजेराका छोरा थिए। यहजेरा मशुल्लामका छोरा थिए। मशुल्लाम मशिलेमीतका छोरा थिए। मशिलेमीत इम्मेरका छोरा थिए।

13 त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए।

14 यी लेवी कुल समूहका मानिसहरू हुन् जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए। 15 यरूशलेममा बस्ने बक्‌बक्कर, हेरेश, गालाल अनि मतन्याह पनि थिए। मतन्याह मीकाका छोरा थिए। मिका जिक्रीका छोरा थिए। जिक्री आसापका छोरा थिए। 16 ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।

17 यी द्वारपालहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए। 18 तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालहरू थिए। 19 शल्लूम कोरेका छोरा थिए। कोरे एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। शल्लूम अनि उसका भाइहरू द्वारपाल थिए। तिनीहरू कोरहका परिवारका थिए। अनि तिनीहरूको काम पवित्र पालका प्रवेश द्वारहरूको रक्षा गर्नु थियो। तिनीहरूले यो काम गरे जसरी तिनीहरूका पिता-पुर्खाहरूले तिनीहरूले भन्दा अघि गर्थे। तिनीहरूका पिता-पुर्खाहरूका काम पवित्र पालको प्रवेशद्वार रक्षा गर्नु थियो। 20 अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो। 21 जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपाल थिए।

22 जम्मा 212 जना मानिसहरू भेट हुने पालको द्वार रक्षा गर्नका निम्ति चुनिएका थिए। तिनीहरूका नाउँ तिनीहरूका वंशावलीको इतिहासमा तिनीहरूका गाउँ अनुसार लेखिएका थिए। दाऊद अनि दर्शी शमूएलले तिनीहरूलाई छाने किनभने तिनीहरू विश्वास योग्य थिए। 23 द्वारपालहरू र तिनीहरूका सन्तानहरू परमप्रभुको घर-द्वारहरूको रक्षा गर्ने जिम्मा थिए त्यो पवित्र पालका हो। 24 त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण। 25 द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।

26 चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो। 27 तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।

28 केही द्वारपालहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे। 29 केही द्वारपालहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे। 30 पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो।

31 मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए। 32 केही द्वारपालेहरू जो कोरहका परिवारमा थिए तिनीहरूको काम हरेक विश्राम दिनमा मेचमा राखिने रोटी तयार पार्नु थियो।

33 लेवीहरू जो सङ्गीतकारहरू अनि आफ्ना परिवारहरूका अगुवाहरू थिए मन्दिरका कोठहरूमा बस्थे। तिनीहरूका अरू काम केहि थिएन किनभने तिनीहरू दिन रात मन्दिरको कामको निम्ति ब्यस्त थिए।

34 यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे।

राजा शाऊलको पारिवारिक इतिहास

35 यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो। 36 यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब, 37 गदोर, अहियो, जकर्याह, अनि मिक्लोत थियो। 38 मिक्लोत शिमामका पिता थिए। यीएलका परिवार यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे।

39 नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।

40 जोनाथनका छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।

41 मीकाका छोराहरू पीतोन, मेलेक, तहरै अनि आहाज थिए। 42 आहाज यादाहका पिता थिए। याराह आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। 43 मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।

44 आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिएः अज्रीकाम, बोकारू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए।

राजा शाऊलको मृत्यु

10 पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए। पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए। शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए।

तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्। अनि तिनीहरू आउँदा मलाई लज्जित बनाउने छैनन्।”

शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैंलाई मार्न आफ्नै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे। हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि ऊ तरवारको चुच्चोमा लडे र आत्माहत्या गरे। यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो।

बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे।

भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए। पलिश्तीहरूले शाऊलको शरीरबाट मूल्यवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनी लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए। 10 पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए।

11 याबेश गिलाद शहरमा बस्ने सबै मानिसहरूले पलिश्ती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने। 12 याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।

13 शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा तन्त्र-मन्त्र गर्नेकहाँ गए अनि तिनको सल्लाह मागे। 14 तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।

हिब्रू 12

हामीले येशूको उदाहरणको अनुशरण गर्नुपर्छ

12 हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउँछ भने त्यसलाई फ्याँक्नु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ। हामीले सदा येशूको उदाहरणको पनि अनुशरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। विवादहरू सहनुहुने येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा सम्झ।

परमेश्वर पिता जस्तै हुन्

तिमीहरू पापको विरूद्ध लड्दैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ। तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ:

“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ,
    तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।
प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ,
    जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।”(A)

त्यसैले हरेक दु:खलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्। हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ। यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गर्यौं भने हामीले जीवन पाउनेछौ। 10 हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ। 11 सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।

सावधानीपूर्वक बाँचौ

12 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ। 13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।

14 सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। 15 सतर्क बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बञ्चित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बड्नु हुँदैन र अरूलाई बिगार्नु हुँदैन। 16 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो। 17 तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।

18 तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए। 19 यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे। 20 तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।”(B) 21 तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”(C)

22 तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आइपुगेकाछौ। 23 तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्। 24 तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।

25 होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ? 26 त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी थर्कियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धर्ती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”(D) 27 यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।

28 यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ। 29 किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।

आमोस 6

इस्राएलबाट राम्रो समय लिइनेछ

हाय! तिमीहरू आफैंलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरू,
    अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरू।
तिमी “महत्वपूर्ण मानिस” जसकहाँ “इस्रएलका राजपरिवार”
    सल्लाहको लागि जान्छन्, तिमीहरूका निम्ति अनिष्ठ हुनेछ।
कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर,
    के इस्राएल यी शहरहरू भन्दा राम्रोछ? अँहँ, छैन।
के यी शहरहरूका सिमाना,
    इस्राएलका सिमाना भन्दा ठूलाछन्? अँहँ, छैन।
हाय! तिमीहरू आफैंलाई हेर, तिमीहरू जसले खराब दिन जम्मा गर्छौ
    अनि हिंसाको दिन नजिक ल्याउँछन्।
हाय! हेर तिमीहरू आफैंलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ
    अनि सोफामा आफैं तन्कन्छौ।
यिनीहरू नै हुन् जो बथानवाट थुमाहरू खान्छन्
    र गाईको बथानबाट बाछो खान्छन्।
तिमीहरू गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ।
    तिमीहरू अल्छिगरि वीणा बजाउँछौ,
तिमीहरू दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरूको आकार बनाउँछौ[a]
    जसमा आफ्ना गीतहरू बजाउँछौ।
तिमीहरू सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ।
    तिमीहरू उच्चस्तरीय तेलले आफू मालिस गर्छौ।
अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि
    यूसुफ को परिवार नष्ट गरिंदैछ भन्ने।

यसकारण तिनीहरू निस्कासित हुनेछन्। हो, तिनीहरू बन्द बनाई लगिनेहरूमा प्रथम हुनेछन्। तिनीहरू मर्नेमा पहिलो हुनेछन्। तिनीहरूका भोजहरू र मोजमज्जाको अन्तहुनेछन्। परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो,

“म यो कुरालाई घृणा गर्छु, जसमा याकूबले घमण्ड गर्छ।
    म उसको अट्टालिकाहरूलाई घृणा गर्छु।
यसकारण शत्रुलाई शहर र यसमा भएको,
    प्रत्तेक कुरा लिन दिनेछु।”

त्यहाँ केही इस्राएलीहरू मात्र जीवित छोडिन्छ

यस्तो हुनेछ यदि दशजना मानिसहरू घरभित्र छन् भने, तिनीहरू सबै मर्नेछन्। 10 जब उनका मानिसहरू उसको लास जलाउन लिन आउँछन्, तिनीहरूले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुक्नेलाई सोध्छ, “तिमीसित अन्य लासहरू छन्?”

तिनीहरूले जवाफ दिनेछन्, “छैन, …।”

त्यस समय त्यस आफन्तले भन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”

11 हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि
    बिशाल महल टुक्रा-टुक्रा पारिनुपर्छ।
    र सानो घरहरू अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ।
12 के घोडाहरू चट्टानमाथि दर्गुछ? अँहँ, छैन।
    के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अँहँ छैन।
तर पनि तिमीहरूले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ।
    तिमीले त राम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ,
    र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।
13 तिमीहरू लो-देबारको पराजयमा खुशी हुन्छौ।
    तिमी भन्छौ, “हामीले कर्मेललाई आफ्नो शक्तिले जितेका हौं।”

14 “इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा़ गर्नेछु। अनि तिनीहरूले तिमीहरूलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।

लूका 1:39-80

जकरिया र इलीशिबासँग मरियमको भ्रमण

39 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गईन्। 40 तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्। 41 जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।

42 तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ। 43 यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो? 44 जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो। 45 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”

मरियमद्वार परमेश्वरको प्रशंसा

46 त्यसपछि मरियमले भनिन्,

47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ,
    अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो।
    अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ।
    उहाँको नाउँ पवित्र होस्।
50 जसले परमेश्वरलाई उपासना गर्छ,
    उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ।
    उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ,
    अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ,
    तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ।
    उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न,
    हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

56 मरियम इलीशिबासँग प्रायः तीन महीनासम्म बसिन्। त्यसपछि घर फर्किन्।

यूहन्नाको जन्म

57 इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्। 58 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसँग खुशी थिए।

59 बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबुको नाउँ थियो। 60 तर उसकी आमाले भनिन्, “होइन, उसको नाउँ यूहन्ना हुनेछ।”

61 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।” 62 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे।

63 जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे। 64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे। 65 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले। 66 जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।

जकरियाद्वारा परमेश्वरको प्रशंसा

67 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः

68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर।
    कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो,
    अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
69 परमेश्वरकै सेवक दाऊदका बंशबाट
    उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ।
    धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।
71 उहाले हामीलाई शत्रुहरूदेखि,
    अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ।
    उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
73 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएको थियो की
74 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पन्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ,
    औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
75     जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।

76 “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ।
    उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ।

78 “परमेश्वरको प्रेमपूर्ण करूणा पाएर,
    हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ।
79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ।
    उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”

80 यसरी नै ती बालक बढ्दै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International