M’Cheyne Bible Reading Plan
मनश्शे यहूदामा कुशासन शुरू गर्छन्
21 मनश्शे बाह्र बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 बर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।
2 मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। (अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोड्नु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।) 3 मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे। 4 मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। (यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”) 5 मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए। 6 मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।
मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो। 7 मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु। 8 म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।” 9 तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खत्तम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।
10 परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः 11 “यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए। 12 यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै सङ्कट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ। 13 म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु। 14 तर म मेरो बाँकी मनिसहरूलाई छोड्नेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुद्वारा पराजित गराउँने छु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्। 15 म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्। 16 अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।’”
17 सबै कामहरू जो मनश्शेले गरे जसमा उनले गरेको पाप कामहरू पनि छ जसको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 18 मनश्शेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनश्शेलेलाई उनको महलको बगैंचामा गाडियो। यसलाई, “उज्जाको बगैंचा” भनिन्थ्यो। मनश्शेका छोरा आमोन उनीपछि नयाँ राजा भए।
आमोनको छोटो शासन
19 आमोन 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ बर्ष शासन गरे। उनको आमाको नाउँ मशूलेमेत थियो जो योत्बाका हारूसकी छोरी थिइन्।
20 आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। 21 आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए। 22 आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।
23 आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे। 24 साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए।
25 आमोनले गरेको अरू कामहरूको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 26 आमोनलाई उज्जाका बगैंचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए।
मोशाभन्दा येशू महान हुनुहुन्छ
3 यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ। 2 परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो। 3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ। 4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्। 6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
हामीले परमेश्वरको अनुशरण गरिरहनु पर्छ
7 त्यसैकारण पवित्र-आत्मा भन्नहुन्छ,
“आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्यौ,
त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
9 चालिस वर्षसम्म मरूभूमिमा मैले के-के गरें,
त्यो तिम्रा पिता-पुर्खाहरूले देखे।
तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
10 त्यसैले म तिनीहरूसित रिसाएँ
र मैले भनें ‘तिनीहरूका विचार सधैँ गल्ती छन्
तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
11 त्यसैले म रिसाएँ र शपथ लिएँ की,
‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन्,
र मसित विश्रान्ति पाउने छैनन्।’”(A)
12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्। 13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्। 14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ। 15 धर्मशास्त्रले भनेको छ,
“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
अतीतमा जस्तै हठधर्मी नबन,
जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”(B)
16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए। 17 अनि परमेश्वर तिनीहरूसँग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे। 18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्। 19 यसकारण हामी बुझ्छौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।
परमप्रभुतिर फर्क
14 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। 2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,
“हाम्रा सबै पापहरू टाढा गरेर,
जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर,
जुन हामीले भनिरहेकाछौ।
हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौं।
3 अश्शूरले हामीलाई बँचाउन सक्तैंन।
हामी घोडहरूमाथि सवार हुनेछैनौ।
न त हामी आफ्नो हातले बनाएको कुरालाई
‘हाम्रो परमेश्वर’ भन्नेछौं।
किनकि बिना आमा बाबुका सन्तानहरूप्रति दया गर्ने,
केवल तपाईं मात्र हुनुहुन्छ।”
परमप्रभुले इस्राएललाई क्षमा गर्नुहुन्छ
4 परमप्रभु भन्नुहुन्छ,
“उनीहरूले मलाई त्यागे।
म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु।
म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु।
म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु।
इस्राएल लिली फूल झैं फुल्नेछ।
लबानोन झैं त्यसको जरा फैलनेछ।
6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्।
त्यो सुन्दर हुनेछ।
त्यो त्यस सुगन्ध झैं हुनेछ
जुन लबानोनको रूखको जराबाट आउँछ।
7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्।
तिनीहरू अन्न झैं बढ्नेछन्।
तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन।
अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।
परमप्रभुले इस्राएललाई मूर्तिको विषयमा चेतावनी दिनुभयो
8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन।
म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु।
म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु।
म सधैँ हरियो रहने सल्लाको रूख जस्तै हुँ।
त्यसको फल मबाट नै आउँछ।”
अन्तिम सल्लाह
9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ।
यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ।
परमप्रभुको बाटो ठीक छ।
असल मानिसहरू तिनीहरूद्वारा बाँच्छन्।
पापीहरू तिनीहरूद्वारा मर्छन्।
प्रमुख संगीतकारलाई, दाऊदको एक स्तुति-गान।
1 हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो।
तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
2 म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ।
धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
3 परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ।
मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
4 हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा
मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
5 हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर।
तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।
6 तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें,
मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
7 म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ।
हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।
8 हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ।
यदि म पातालतर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
9 परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ।
यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ।
10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ
अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।
11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु,
“दिन रातमा परिर्वतन भएको छ।
निश्चय रातले मलाई लुकाउनेछ।”
12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन।
परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।
तपाईंको निम्ति रात र दिन उस्तै हो।
13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।
म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।
म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।
15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।
जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो,
तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
16 तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो,
तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।
तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो।
कुनै दिन पनि त्यसै खाली गएन।
17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।
हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ।
18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता,
तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।
अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।
19 हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्।
त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।
20 ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे
तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे।
21 हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु,
ज-जसले तपाईंलाई घृणा गर्दछन्।
म ती मानिसहरूलाई घृणा गर्दछु,
जो तपाईंको विरूद्धमा उठ्दछन्।
22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु।
तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्।
23 हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ।
मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।
24 मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्,
अनि त्यस्तो बाटोमा डोर्याएर लैजानु होस् जुन अनन्त रहनेछ।
© 2004, 2010 Bible League International