Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 19

हिजकियाह अगमवक्ता यशैयाहसित कुरा गर्छन्

19 राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।

हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो। राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं। सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।’”

राजा हिजकियाहका अधिकारीहरू यशैयाहकहाँ गए। यशैयाहले तिनीहरूलाई भने, “तिम्रो मालिक हिजकियाहलाई यो सन्देश देऊः ‘परमप्रभु भन्नुहुन्छः अश्शूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन। म उसमा आत्मा समावेश गराउँदैछु। उनले खतराको संदेस सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।’”

अश्शूरका राजा हिजकियाहलाई फेरि चेताउनी दिन्छन्

सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए। अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।”

यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः 10 “यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ:

‘तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्। 11 तिमीले ती सबै घट्नाहरू सुनेका छौ जो अश्शूरका राजाले अरू सबै देशहरूसित गरेका थिए। हामीले तिनीहरूलाई पूर्णतः नष्ट गर्यौ के तिमी बाच्ने छौ? अँहँ! 12 ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्‌तम गरे। 13 हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।’”

हिजकियाह परमेश्वरसित प्रार्थना गर्छन्

14 हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए। 15 हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर, त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो। 16 हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्। 17 हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्‌तम पारे। 18 तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्‌तम पार्न सके। 19 यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”

20 आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।

21 “सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ:

‘सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ।
    उनी तिम्रो हाँसो उडाउँछिन्।
    यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।
22 तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो?
    तिमीले कसको विरूद्धमा कुरा गर्यौ?
तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ।
    तिमीले घमण्ड साथ व्यवहार गर्यौ?
23 तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ,
    “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ।
म लबानोनको भित्रसम्म आएँ मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढालें।
    म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।
24 मैले कुवा खनें र अन्जान ठाउँहरूको पानी पिएँ।
    मेरो खुट्टाको पैतालाले मैले,
    मिश्र देशका खोलाहरू सुकाइदिएँ।”
25 त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो?
मैले धेरै अघि यो योजना गरें
    प्राचीनकाल देखि नै मैले यो योजना गरे।
    अनि अब, मैले यो हुन दिएको छु।
मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ
    अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।
26 शहरका मानिसहरूमा शक्ति थिएन।
    मानिसहरू डराएका अनि अल्लमल परेका थिए।
तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए।
    तिनीहरू घरका छानामा
उम्रिएका घाँस जस्तै नै भए
    अग्लो हुनु अघि नै मर्ने।
27 म जान्दछु तिमी कहिले बस्छौ
म जान्दछु तिमी कहिले लडाईँ गर्न जान्छौ
    अनि कहिले तिमी घर फर्किन्छौ।
    अनि म जान्दछु
कहिले तिमी ममाथि रिसाएको हुन्छौ।
28 पक्कै तिमी मसँग रिसाएका थियौ।
    मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने।
यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु
    र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु।
तब म तिमीलाई चारैतिर घुमाउनेछु
    र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।’”

हिजकियाहलाई परमेश्वरको संन्देश

29 “यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस बर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को बर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो बर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ। 30 यहूदाका परिवारबाट छुट्टिएका अनि छोडिएका मानिसहरू फेरी मौलाउन शुरू गर्नेछन्। 31 किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।

32 “यसकारण परमप्रभु अश्शूरका राजाको बारेमा यस्तो भन्नुहुन्छः

‘ऊ यस शहरमा आउने छैन।
    ऊ यस शहरमा एउटा पनि तीर चलाउँनेछैन।
ऊ यस शहरमा आफ्नो ढाल ल्याउने छैन।
    ऊ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।
33 ऊ जुन बाटो आउँछ त्यही बाटो फर्किनेछ,
    ऊ यस शहरमा आउने छैन।
परमप्रभु यसो भन्नुहुन्छ,
34 म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु
    म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।’”

अश्शूरको सेना नष्ट गरिन्छ

35 त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।

36 यसकारण अश्शूरका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे। 37 एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्‌दोन उनीपछि नयाँ राजा भए।

हिब्रू 1

परमेश्वर आफ्ना पुत्रद्वारा बोल्नु भयो

अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो। पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।

परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन:

“तिमी मेरा पुत्र हौ,
    आज म तिम्रो पिता बनेको छु।”(A)

उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन,

“म तिनका पिता बन्नेछु
    र तिनी मेरा पुत्र बन्नेछन्।”(B)

अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई[a] यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ,

“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”(C)

स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ:

“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास[b] जस्तो बनाउनुभयो,
    अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”(D)

तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो:

“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ।
    न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ,
    त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई,
    तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”(E)

10 परमेश्वर अझै भन्नुहुन्छ,

“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो,
    अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ।
    अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्।
12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ।
    ती फेरि वस्त्र झैं बद्लिने छन्,
तर तपाईं कहिल्यै बद्लिनु हुने छैन।
    तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”(F)

13 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई कहिल्यै भन्नुभएनः

“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्,
    जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”(G)

14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

होशे 12

परमप्रभु इस्राएलको विरूद्धमा हुनुहुन्छ

12 एप्रैमले आफ्नो समय नष्ट गर्छ। इस्राएल दिनभरि “हावाको पछि पछि भागिहिँड्छ”। प्रजाहरू ज्यादा भन्दा ज्यादा झूटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अश्शूरहरूसँग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।

परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहूदाको विरूद्धमा छ। याकूबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निश्चय नै दण्ड दिनुपर्छ। जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्न शुरू गर्यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुश्ती लड्यो। याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसँग बातचीत गर्यो। यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँ यहोवा हो। यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँच्चो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैँ निर्भर गर।

“याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ। एप्रैम भन्छ, ‘म धनी छु। मैले साँच्चो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’

“तर जबदेखि तिमी मिश्रदेशमा थियौ म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु। 10 मैले अगमवक्तासित कुरा गरेकोछु र बारम्बार दर्शन दिएकोछु। मैले अगमवक्तालाई तिमीहरूको आफ्नो पाठ पढाउन धेरै तरीका पनि दिएकोछु। 11 तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोरूहरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थुप्राहरू जस्ता छन्।

12 “याकूब आरामको खेतमा भागेर गए। यस जग्गामा इस्राएलले पत्नीको निम्ति काम गरेको थियो। स्वास्नी पाउनको निम्ति उसले भेंडा़हरूको हेरचाह गर्यो। 13 तर परमप्रभुले एउटा अगमवक्ताद्वारा इस्राएललाई मिश्र देशबाट लिएर आउनुभयो। परमप्रभुले एकजना अगमवक्तद्वारा इस्राएललाई सुरक्षित राख्नुभयो। 14 तर एप्रैमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रैम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”

भजनसंग्रह 135-136

परमप्रभुको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर!
    परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर!
ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा,
    र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।
परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ।
    उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।

परमप्रभुले याकूबलाई रोज्नु भयो,
    इस्राएल परमप्रभु कै हो।
म जान्दछु परमप्रभु महान् हुनुहुन्छ!
    हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!
परमप्रभुले चाहेका जे पनि,
    आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ।
    परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ।
    परमेश्वरले हावा ल्याउनुहुन्छ।
परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू,
    अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो।
    परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
10 परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो।
    शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो।
    परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो।
    परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
12 परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो।
    परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।

13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ!
    हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो,
    तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
15 अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए।
    तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
16 ती मूर्तिहरूका मुखहरू थिए तर बोल्न सक्दैनथे।
    ती मूर्तिहरूका आँखाहरू थिए तर देख्न सक्दैनथे।
17 ती मूर्तिहरूका कानहरू थिए तर सुन्न सक्दैनथे।
    ती मूर्तिहरूका नाकहरू थिए तर सुँघ्न सक्दैनथे।
18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्।
    किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।

19 हे इस्राएलको परिवार, परमप्रभुको प्रशंसा गर!
    हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर!
    हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो,
    हे यरूशलेम र उहाँको वास-स्थानबाट।

परमप्रभुको प्रशंसा गर।

हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
देवहरूका परमेश्वरलाई प्रशंसा गरौं!
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो,
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
10 परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणाआ अनन्तसम्म रहनेछ।
11 परमेश्वरले मिश्रबाट इस्राएललाई ल्याउनु भयो,
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
12 परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
13 परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
14 परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
15 परमेश्वरले फिरऊन र उनका सैनिकहरूलाई लाल समुद्रमा डुबाई दिनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
16 परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
17 परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
18 परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
19 परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
20 परमेश्वरले बाशानका राजा ओग्‌लाई हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
21 परमेश्वरले तिनीहरूका जग्गा इस्राएललाई दिनुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
23 परमेश्वरले हामी हारेको बेलामा सम्झनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
24 परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
25 परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
26 स्वर्गका परमेश्वरको प्रशंसा गरौं।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International