Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 16

आहाज यहूदाका राजा हुन्छन्

16 योतामका छोरा आहाज पेकह रमल्याहका छोराको शासनकालको 17 औं बर्षमा यहूदाका राजा भए। आहाज 20 बर्षका थिए जब तिनी राजा भए। आहाजले यरूशलेममा 16 बर्ष शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्ता थिएनन् आहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। आहाजले इस्राएलका राजाहरू जस्तै जीवन बिताए। उनले आफ्नो छोरालाई आगोमा बलि दिए। उनले राष्ट्रमा घोर पापको नक्कल गरे जसलाई परमप्रभुले इस्राएलीहरू आएको बेला देश छोड्न लगाउनुभयो। आहाजले अग्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो रूखतल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।

अरामका राजा रसीन अनि इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरोधमा युद्ध गर्न आए, रसीन अनि पेकहले आहाजलाई घेरे तर जित्न सेकनन्। त्यस समयमा अरामका राजा रसीनले अरामका लागि एलत फिर्ता लिए। रसीनले यहूदाका सबै मानिसहरूलाई धपाए जो एलतमा थिए। अरामीहरू एलतमा बस्न थाले अनि तिनीहरू आज पनि त्यहाँ बस्दैछन्।

आहाजले अश्शूरका राजा तिग्लत पिलेसेरकहाँ दूतहरू पठाए। सन्देश थियोः “म तिम्रो सेवक हुँ। म तिम्रो छोरा जस्तै हुँ आऊ अनि अरामका राजा तथा इस्राएलका राजाबाट मलाई बचाऊ। तिनीहरू मसित युद्ध गर्न आएका छन्।” आहाजले परमप्रभुको मन्दिर अनि राजाको घरको भन्डारमा भएको चाँदी र सुन निकाले। त्यसपछि आहाजले अश्शूरका राजालाई एउटा उपहार पठाए। अश्शूरका राजाले आहाजको कुरा सुने। अश्शूरका राजा दमीशकको विरोधमा युद्ध गर्न गए। राजाले शहर दखल गरे अनि दमीशकका मानिसहरूलाई बन्दी बनाएर किर लगे र उनले रसीनलाई पनि मारे।

10 राजा आहाज अश्शूरका राजा तिग्लत पिलेसेरसँग भेट गर्न दमीशक गए। आहाजले दमीशक मा वेदी देखे। राजा आहाजले यस वेदीको नमूना र ढाँचा पूजाहारी ऊरियाहकहाँ पठाए। 11 तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए।

12 जब राजा दमीशकबाट फर्किए उनले वेदी देखे। उनले वेदीमा बलिहरू चढाए। 13 वेदीमा उनले आहाजले होमबलि अनि अन्नबलि चढाए। उनले आफ्नो अर्घबलि चढाए पनि अनि त्यस वेदीमा मेलबलिको रगत छर्किने काम गरे।

14 आहाजले मन्दिरको सामु परमप्रभु अघि भएको काँसाको वेदी हटाए। यो काँसाको वेदी आहाजको वेदी अनि परमप्रभुको मन्दिरको माझमा थियो। आहाजले काँसाको वेदीलाई आफ्नो वेदीको उत्तर तिर राखे। 15 आहाजले पूजाहारी उरियाहलाई एउटा आदेश दिए। उनले भने, “यस देशका मानिसहरूले बिहान होमबलि, बेलुकी अन्नबलि राजाको होमबलि राजाको अन्नबलि अनि साधारण मानिसहरूको होमबलि अन्नबलिहरू पेय बलिहरू चढाउँदा ठूलो वेदी प्रयोग गर। ठूलो वेदीमा बलिदान र अरू बलिहरूको रगत छर्कनु। तर म परमेश्वरसँग प्रश्न सोध्न काँसाको वेदी प्रयोग गर्नेछु।” 16 उरियाह पूजाहारीले सबै काम गरे जस्तो राजा आहाजले आदेश दिएका थिए।

17 काँसाका पाटाहरू भएका गोरूगाडिहरू र हात धुने भाँडाहरू पूजाहारीहरूका लागि थिए। राजा आहाजले सबै पाटाहरू तथा भाँडाहरू निकाले। उनले ठूलो खँड्कुला पनि निकाले जसको तल काँसाका गोरूहरू उभिएका थिए। उनले ठूलो खँड्कुलो ढुङ्गाको आधरमाथि राखे। 18 कर्मीहरूले विश्राम दिनको सभाका लागि मन्दिरभित्र एउटा छापको ठाउँ बनाए। आहाजले राजाको बाहिरी प्रवेशद्वार पनि हटाए। आहाजले यी सबै परमप्रभुको मन्दिरबाट निकाले। आहाजले यस्तो काम अश्शूरका राजाको कारणले गर्दा गरे।

19 सबै, कुराहरू जे जति आहाजले गरे यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 20 आहाज मरे अनि उनलाई दाऊदशहरमा पुर्खाहरूसँगै गाडियो। आहाजका छोरा हिजकियाह उनीपछि नयाँ राजा भए।

तीतस 2

साँच्चो शिक्षाको अनुशरणगर्नु

तर, तिमीले मानिसहरूलाई साँच्चो शिक्षाको अनुशरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ। पाका मानिसहरूलाई आत्मा संयमी, गम्मभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।

वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ। त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ। तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।

त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु। ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल-असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन। जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफैं लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।

अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैँ आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित तर्क गर्नु हुँदैन, 10 तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ।

11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।

12 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ। 13 हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ। 14 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

15 यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन सम्झेर त्यस्तै व्यवहार नगरून्।

होशे 9

निर्वासितको निम्ति खिन्नता

हे इस्राएल, तिमी अरू देशका मानिसहरूले मनाए जस्तै खुशी नमनाऊ। तिमी खुशी न हौ। किनभने तिमीले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छौ। तिमीले प्रत्येक खलोमा[a] वेश्यावृत्ति गरेको छौ। किनकि त्यो खेतमा उब्जेको अन्नले इस्राएललाई प्रर्याप्त भोजन दिन सक्दैन। इस्राएलका निम्ति दाखरस पनि प्रर्याप्त छैन।

इस्राएलका मानिसहरू परमप्रभुको देशमा बस्ने छैनन्। एप्रैम मिश्रदेशमा फर्किजानेछ। अश्शूरमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो। इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मरेकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसँग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्। परमप्रभुको पवित्र महा-सभाको दिन अनि परमप्रभुको चाड मनाउँदा तिमी के गर्न जाँदैछौ?

इस्राएलीहरू पूर्ण रूपले नष्ट हुने डरले भाग्नेछन्, तर मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ। अनि मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूको बहुमूल्य चाँदीका वस्तुहरूको वरिपरि झारपात उम्रनेछ। तिनीहरूका पालहरूमा काँढा उम्रनेछ।

इस्राएलले साँच्चो अगमवक्तालाई नकारे

अगमवक्ता भन्छन्, “हे इस्राएल यो कुराहरूलाई बुझि राख, दण्ड दिने समय आएको छ। जुन नराम्रो कामहरू तिमीले गरेको छौ त्यसको भोग गर्ने समय आएको छ।” किनकि इस्राएलीहरू भन्छन्, “अगमवक्ता मूर्ख छ र परमेश्वरको आत्मा भएको मानिस चाँहि बौलाह सरह छ।” अगमवक्ता भन्छन्, “तिम्रो नराम्रो कामको लागि तिमीलाई दण्ड दिइनेछ। तिम्रो धृणित कामको निम्ति तिमीलाई दण्ड दिइनेछ।” परमेश्वर र अगमवक्ताको प्रजामाथिबाट एप्रैमको रखवाली गर्ने हो। किनकि उसको सबै बाटोमा शिकारी पासो थापिएकोछ, अनि उसको परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।

गिबाका दिनमा झैं तिनीहरू आफैंले आफैंलाई साहै भ्रष्ट पारेकाछन्। परमप्रभुले इस्राएलीहरूको पापको सम्झना गर्दै तिनीहरूको पापकोलागि दण्ड दिनुहुन्छ।

मूर्ति पूजाद्वारा इस्राएलको विनाश

10 “उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाएँ जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल-पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।

इस्राएलीहरूका छोरा-छोरीहरू

11 “इस्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ। 12 तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फँसाउँनेछु।”

13 एकसमय एप्रैमको विषयमा मैले हरियो चौरमा रोपेको कलिलो खजूरको रूख जस्तौ सोचेको थिएँ। तर अहिले एफ्रैमले छोराहरूलाई मार्नको लागि डोर्याउँनेछ। 14 हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्।

15 तिनीहरूको सबै दुष्टता गिलगालमा छ।
    त्यही मैले तिनीहरूलाई धृणा गर्न शुरू गरें।
म तिनीहरूलाई तिनीहरूको कु-कर्मले गर्दा
    मेरो राजमहलबाट मिल्काई दिनेछु।
म तिनीहरूलाई फेरि कहिल्यै पनि प्रेम गर्ने छैन।
    तिनीहरूका सबै अगुवाहरू बागी भए।
16 एप्रैमलाई दण्ड दिइनेछ,
    तिनीहरूको जरा सुकि हाल्यो।
तिनीहरूमा फल लाग्नेछैन,
    उनीहरूको अब धेरै सन्तान हुने छैनन्।
यदि तिनीहरूले सन्तान जन्माए पनि,
म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु,
    जो तिनीहरूबाट जन्मलिनेछन्।
17 मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ,
    किनभने तिनीहरूले उहाँलाई सुनेन्।
तिनीहरू फेरि अरू देशहरूमा बरालिनेछन्।

भजनसंग्रह 126-128

मन्दिरमा गइरहेको बेलाको भजन।

जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
    त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
    अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
    “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
हो, हामी अत्यन्त खुशी हुनेछौं
    यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
    जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
    तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
    तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

सुलेमानले रचेको, मन्दिरतर्फ जाँदैगर्दा गाएको भजन।

यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने।
    घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
    प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।

जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
    राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
    मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।

शिशुहरू परमप्रभुकै उपहार हुन्।
    आमाको शरीरबाट पुरस्कार हो।
आफू जवान रहेको समयमा जन्मेका छोराहरू
    सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
    त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
    उसको छोराहरूले उसलाई जनसमूह समक्ष,
    उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।

मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

परमप्रभुको सबै भक्तजनहरू खुशी छन्।
    ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।

तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ।
    तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलदायक हुनेछ।
    तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि,
    तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ।
सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्।
    तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।
अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मरून्जेल सम्म बाँच्नेछौ।

इस्राएल मा शान्ति कायम रहोस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International