Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 15

यहूदाका अजर्याहको शासन

15 यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं बर्षमा राजा भए। अजर्याह 16 बर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 बर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन, अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुशरण गरे। तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।

परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरूको उचित न्याय गर्दथे।

सबै कुराहरू जो अजर्याहले गरेका थिए, यहूदाका राजाहरूका इतिहासमा लेखिएको छ। अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।

इस्राएलका जकर्याहको छोटो शासन

यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं बर्ष थियो। जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।

10 याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्‌यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए। 11 सबै अरू कामहरू जति जर्याहले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 12 यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।

इस्राएलका शल्लूमको छोटो शासन

13 याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं बर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।

14 गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।

15 शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्‌यन्त्र समेत, इस्राएलका राजाहरूको इतिहास भन्ने पुस्तकमा लेखिएको छ।

इस्राएलका मनहेमको शासन

16 शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।

17 गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं बर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश बर्ष शासन गरे। 18 मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।

19 अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्। 20 मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन सँग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।

21 सबै कुराहरू जो मनहेमले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 22 मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।

इस्राएलका पकहीयाको शासन

23 मनहेमका छोरा पकहीयाह यहूदाका राजा अजर्याहको शासनकालको 50 औं बर्षमा सामरियामा इस्राएलका राजा भए। पकहीयाहले दुइ बर्ष शासन गरे। 24 पकहीयाले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहीयाले नबातमा छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।

25 पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।

26 सबै कामहरू जे जति पकहीयाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

इस्राएलमा पेकहको शासन

27 रमल्याहका छोरा पेकहले यहूदाका अजर्याहको शासन काल 52 औं बर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पेकहले 20 बर्ष शासन गरे। 28 पेकहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पेकहले नबातका छोरा यारोबामले गरेको पापकाम बन्द गरेनन् जसले इस्राएलमा पाप बढ्यो।

29 अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

30 एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा योजनाहरू बनाए। होशेले पेकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहूदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं बर्षमा भयो।

31 सबै कुराहरू जे जति पेकहले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

यहूदामा योताम शासन गर्छन्

32 उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो बर्षमा यस्तो भयो। 33 योताम 25 बर्षका थिए जब तिनी राजा भए। योतामले यरूशलेममा 16 बर्ष शासन गरे। योतामकी आमाको नाउँ यरूशा थियो, तिनी सादोककी छोरी थिइन। 34 योतामले आफ्ना पिता उज्जियाह जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। 35 तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए। 36 सबै कुराहरू जे जति योतामले गरे यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

37 त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।

38 योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।

तीतस 1

परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन। ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।

तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ।

पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।

क्रेटमा तितसको काम

मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें। धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। धर्म-गुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ। 10 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्म-गुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ। 11 तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्। 12 तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैँ झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।” 13 अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुशरण गर्नेछन्। 14 तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्। 15 शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ। 16 तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।

होशे 8

मूर्ति पूजाले नाश गराउँछ

“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे। तिनीहरूले मसित चिच्याएर भन्छन, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौ।’ जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ। तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिनँ। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई नष्ट गरिनेछ। 5-6 ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्? एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ। तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।

“इस्राएल नष्ट भयो।
    अब तिनीहरू जाति-जातिहरूका बीचमा
    बेकामको भाँडा जस्तै भएका छन्।
वन-गधा आफैं एक्लै हिँडिरहे झैं
    तिनीहरू अश्शूरमा गए।
    एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ।
10 अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे
    तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु,
राजा र भारादारहरूलाई अभिषेक गर्न,
    केही समयका निम्ति तिनीहरू रोकिन्छन्।

इस्राएलले परमेश्वरलाई भूले र मूर्तिहरूलाई पूजे

11 “एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो।
    ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।
12 मैले त्यसका निम्ति मेरो व्यवस्थामा,
लाखौं विधिहरू लेखें तापनि
    ती कुरा बीराना ठानिनेछन्।
13 मेरो भेटीको लागि तिनीहरूले
    मासु चढाउँछन् र खान्छन्,
तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न।
    अब उहाँले तिनीहरूलाई
तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ।
    तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।
14 किनभने इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनायो,
    औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो।
तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु
    र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”

भजनसंग्रह 123-125

मन्दिरतिर गइरहेको बेलाको भजन।

हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
    तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
    दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
    र उहाँबाट दया पर्खिरहन्छौं।
हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्,
    किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
    जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।

दाऊद मन्दिर गइरहेका बेलाको भजन।

मलाई जवाफ देऊ इस्राएल,
यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए,
    हामी माथि कस्तो घटना घट्ने थियो होला?
जब मानिसहरूले हामीलाई आक्रमण गरे
    त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए,
    जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
हाम्रो शत्रुहरूका सैनिकहरूले
    हामीलाई बाढीले बगाए झैं
    र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।
ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए
    हामीलाई डुबाउने थियो।

परमप्रभुको प्रशंसा गर!
    हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।

हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं।
    जाल फाट्यो अनि हामी मुक्त भयौ!
हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ।
    परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

यात्राको गीत।

मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन्,
तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्।
    तिनीहरू कहिल्यै पनि हल्लिने छैनन।
    तिनीहरू सदा-सर्वदा रहनेछन्।
पर्वतहरू सारा यरूशलेम वरिपरि छन्।
    अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ,
    उहाँले आफ्ना मानिसहरूलाई सदा-सर्वदा रक्षा गर्नुहुनेछ।
दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन।
    यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।

हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस।
    पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्।
    परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ।

त्यहाँ इस्राएल मा शान्ति छाओस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International