M’Cheyne Bible Reading Plan
अमस्याह यहूदामा आफ्नो शासन शुरू गर्छन्
14 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहजाका छोरा योआशको शासनकालको दोस्रो बर्ष राजा भए। 2 जब उनले शासन गर्न शुरू गर्दा अमस्याह पच्चीस बर्षका थिए। अमस्याहले यरूशलेममा उनन्तीस बर्ष शासन गरे। अमस्याहकी आमा यहोअदीन यरूशलेमकी थिइन्। 3 अमस्याहले ती कामहरू गरे जो परमप्रभुले सही भन्नुभएको थियो, तर उनले आफ्ना पुर्खा दाऊदले जस्तै सम्पूर्ण रूपले परमेश्वरको अनुशरण गरेनन्। अमस्याहले ती सबै कामहरू गरे जो उनका पिता योआशले गरेका थिए। 4 उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।
5 जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए। 6 तर उसले हत्याराहरूका नानीहरूलाई मारेनन् किनभने मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका थिए। परमप्रभुले मोशाको व्यवस्थामा यस्तो आदेश दिनुभएको थियो, “माता-पिताहरूलाई उनका नानीहरूले केही गरेकोमा मार्नु हुँदैन। अनि नानिहरूलाई उनका माता-पिताहरूले केही गरेकोमा मार्नु हुँदैन। एक जना मानिसहरूलाई उसले गरेको भूल काम वापत नै मात्र मार्नु पर्छ।”
7 अमस्याहले नूनको बेंसीमा 10,000 एदोमीहरूलाई मारे र युद्धमा अमस्याहरूले सेनालाई जिते अनि त्यस ठाउको नाउँ “योक्तेल” राखे। त्यो ठाउँ आजसम्म “योक्तेल” भनिन्छ।
अमस्याह योआशको विरोधमा युद्ध चाहन्छन्
8 अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखा-मुख गर्यौ अनि युद्ध गर्यौ।”
9 इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहलाई उत्तर पठाए। योआशले भने, “लबानोनका एउटा काँडे झाडीले लबानोनकै देवदारूको रूखलाई खबर पठायो। यसले भन्यो, ‘तिमीले आफ्नी छोरी मेरो छोरालाई बिवाह गर्न देऊ।’ तर लबानोनको एउटा जंगली जनावर त्यहाँ त्यतै तिरबाट गयो अनि काँडे झाडीलाई कुल्चि दियो। 10 साँचो हो, तिमीले एदोमलाई जितेका छौ। तर एदोमलाई जितेको कारणले गर्दा तिमी घमण्डी भएका छौ। तर घरमा नै बस र खुशी मनाऊ। आफ्नो लागि सङ्कट सृष्टि नगर। यदि तिमी यस्तो गर्छौ, तिमी लड्ने छौ अनि तिमीसँगै यहूदाको पतन हुनेछ।”
11 तर अमस्याहले योआशको चेताउनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यहूदाको वेतशेमेशमा यहूदाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिंडे। 12 इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो। 13 बेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोराले, यहूदाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यरूशलेमको भित्ता एप्रैम द्वार देखि कुनाको द्वारसम्म भत्काए। 14 तब योआशले परमप्रभुको मन्दिर र राजाको महलको भन्डारबाट सबै सुन चाँदी र सबै भाँडा-कुँडाहरू लगे। योआशले मानिसहरूलाई बन्दीको रूपमा पनि लगे। तब योआश समारिया फर्के।
15 सबै महान कार्यहरू योआशले गरे जसमा उनले यहूदाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 16 योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।
अमस्याहको मृत्यु
17 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 बर्ष बाँचे। 18 सबै कुराहरू जो अमस्याहले गरे यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। 19 मानिसहरूले येरूशलेममा अमस्याहको विरूद्धमा षड्यन्त्र बनाए। अमस्याह लाकीशतिर भागे। तर मानिसहरूले अमस्याहको पछि केही मानिसहरू लाकीशमा पठाए र तिनीलाई त्यहीं ठाउँमा मारे। 20 मानिसहरूले अमस्याहको लाश घोडाहरूमा ल्याए। अमस्याहलाई दाऊदको शहरमा उनका पिता-पुर्खाहरूसँगै गाडे।
अजर्याह यहूदामा आफ्नो शासन शुरू गर्छन्
21 तब यहूदाका सबै मानिसरूले अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 बर्षका थिए। 22 यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।
यारोबाम दोस्रो इस्राएलमा आफ्नो शासन शुरू गर्छन्
23 इस्राएलका राजा योआशका छोरा यारोबामले यहूदाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं बर्षमा शासन शुरू गरे। यारोबामले 41 बर्ष शासन गरे। 24 यारोबामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यारोबामले नबातका छोरा यारोबामको पाप काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो। 25 यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो। 26 परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, सङ्कटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन। 27 परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछु भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।
28 सबै महान कामहरू जो यारोबामले गरे, इस्राएलका राजाहरूको इतिहास पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। (यी शहरहरू यहूदाका थिए।) 29 यारोबाम मरे अनि उनलाई इस्राएलका उनका आफ्ना पुर्खाहरूसँगै गाडियो। यारोबामका छोरा जकर्याह उनीपछि नयाँ राजा भए।
4 परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः 2 मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।
3 समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। 4 मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्। 5 तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।
6 मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाड्ने समय आएको छ। 7 मैले लड़ाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु। 8 अब एउटा मुकुटले मलाई पर्खिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।
व्यक्तिगत वचनहरू
9 जति चाँडो सम्भव हुन्छ, मकहाँ आउने कोशिश गर। 10 डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए। 11 अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ। 12 टाइकिकसलाई मैले एफिसस पठाँए।
13 म त्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडें। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकीय हुन्।
14 धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ। 15 तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ।
16 पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्। 17 तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ। 18 यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि-रहोस्। आमिन।
अन्तिम अभिवादन
19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ। 20 इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखें। ऊ अलिक बिसन्चो थियो। 21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु।
युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्।
22 परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्।
7 “जब म इस्राएललाई निको पार्छु,
तब एप्रैमको दुष्टता र सामरियाको कु-कर्म उदाङ्गो हुनेछन्,
किनभने तिनीहरूले दुर्रव्यवहार गरे।
चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।
2 तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी,
तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्।
अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ।
ती कामहरू मेरै सामने छन्।
3 तिनीहरू आफ्ना दुष्ट कामले राजालाई
र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।
4 तिनीहरू सबै व्यभिचारी हुन्।
तिनीहरू रोटी पकाउनेले,
तातो पारेका तावा जस्तै छन्।
त्यसले पीठो मुछेको समयदेखि
त्यो रोटी नपाकुन्जेल आगो
चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।
5 हाम्रा राजाको उत्सवको दिनमा
अगुवाहरू ज्यादै पिएर मात्छन्।
अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।
6 ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ,
किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ।
रातभरि तिनीहरूका रिस दन्किरहन्छ,
बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।
7 तिनीहरू सबै चुलो झैं तातिन्छन्
र आफ्ना शासकहरूलाई भस्म पार्छन्।
तिनीहरूका सबै राजाहरू मारिए।
तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”
इस्राएलले जान्दै यो नष्ट हुनेछ
8 “एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ।
एप्रैम एकापट्टि मात्र पाकेको रोटी जस्तै छ।
9 पराई मानिसहरूले त्यसको बललाई नाश पारे,
तर त्यसलाई यो याद छैन।
त्यसका टाउकोमा फाट-फूट फूलेका केश देखिनलागे,
तर त्यसलाई त्यो थाहा छैन।
10 इस्राएलको अहंकारले
आफ्नै विरूद्धमा साक्षी दिन्छ,
तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन
न त उहाँको खोजी गर्दछन्।
11 एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ।
मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्,
अश्शूरमा तिनीहरू जान्छन्।
12 जब तिनीहरू जान्छन्,
म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु,
म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु।
अरू राष्ट्रहरूसँग सन्धि गरेकोमा
म तिनीहरूलाई दण्ड दिनेछु।
13 तिनीहरूलाई धिक्कार!
किनभने तिनीहरू मबाट तर्किएर गए।
तिनीहरूमाथि विनाश आओस्।
किनभने तिनीहरू मेरो विरूद्धमा गए।
मैले तिनीहरूलाई बचाउँने थिएँ,
तर तिनीहरू मेरो विरूद्धमा ढाँट्छन्।
14 तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन,
तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्।
तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन्
तर तिनीहरू मदेखि टाढा भाग्छन्।
15 यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ,
र तिनीहरूका पाखुरा बलियो बनाएँ,
तापनि तिनीहरू मेरो विरूद्धमा युक्ति गर्दछन्।
16 तिनीहरू देवताहरूपट्टि फर्कन्छन्,
जो वास्तविक देवताहरू होइनन्।
तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन्।
तिनीहरूका अगुवाहरू,
तिनका क्रोघ पूर्ण वचनले गर्दा तरवारले मारिनेछन्।
मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको कारण यही हो।
मन्दिरतर्फ गइरहेको बेलाको गीत वा भजन।
1 म सङ्कटमा थिएँ,
मैले परमप्रभुको सहायता मागें।
अनि उहाँले मलाई बचाउनु भयो!
2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्,
जसले मेरो बारेमा झूटो बोलें।
ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3 झूटो बोल्नेहरू, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ?
जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4 सैनिकको तीखो बाणले
र तातो कोइलाहरूले दण्ड दिनेछ।
5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो
केदारको पालहरूभित्र बसिरहेका छौ।
6 म शान्ति घृणा गर्ने मानिसहरूसँग
धेरै समय सम्म बसें।
7 मैले भने म शान्ति चाहन्छु,
यसकारण तिनीहरूले युद्ध चाहे।
मन्दिरतर्फ जाँदा दाऊदको भजन।
1 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
तर मेरो सहायता कहाँबाट आउँछ?
2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
परमप्रभुबाट आउँछ।
3 परमेश्वरले पतनहुन दिनु हुनेछैन,
तिम्रो संरक्षक निदाई जाने होइन।
4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
परमेश्वर कहिल्यै निदाउनु हुन्न।
5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
6 तिमीलाई दिउँसो घामले
अनि राती जूनले हानि पुराउँदैन।
7 परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
मन्दिरतर्फ गइरहेको बेला दाऊदको भजन।
1 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने,
“परमप्रभुको मन्दिर तर्फ जाऊँ।”
2 हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
3 यो नयाँ यरूशलेम हो।
एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्।
परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्।
5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए।
तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर।
“जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्।
7 तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्।
म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
8 मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ,
म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
9 हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।
© 2004, 2010 Bible League International