M’Cheyne Bible Reading Plan
राजा र शुनैमीनेली आइमाई
8 एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किनभने परमप्रभुले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात बर्ष सम्म रहने छ।”
2 यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सात बर्ष सम्म बसि। 3 सात बर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की
आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।
4 राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”
5 गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजलाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।”
6 राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले चाहेको कुरा भनी।
तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको अन्न पनि दिनु।”
बेनहदद हजाएललाई एलीशाकहाँ पठाउँछन्
7 एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”
8 तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”
9 यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”
10 तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।’ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।’”
एलीशाले हजाएलको बारेमा अगमवाणी गर्छन्
11 एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले। 12 हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?”
एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”
13 हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।”
एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस्।”
14 त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?”
हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”
हजाएलले बेनहददको हत्या गर्छ
15 तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेन-हददको अनुहार छोप्यो अनि सास थुन्यो। बेन-हददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो।
योराम आफ्नो शासन शुरू गर्छन्
16 यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ बर्ष शासन शुरू गरे। 17 योराम 32 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ बर्ष शासन गरे। 18 तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ। 19 तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सधैँ नै राजा हुनेछ।
20 योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।
21 तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे। 22 यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्।
त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।
23 योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
24 योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।
अहज्याह आफ्नो शासन शुरू गर्छन्
25 आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं बर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए। 26 अहज्याह 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक बर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्। 27 अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।
योराम हजाएलको विरोधमा लडाईँ गर्दा घाइतेभए
28 योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरूद्धमा युद्ध गर्न रामोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए। 29 राजा योराम इस्राएलमा फर्किए यसकारण तिनी चोटबाट निको हुन सकोस्। योराम यिज्रेलको इलाकामा गए। योरामका छोरा अहज्याह यहूदाका राजा थिए। अहज्याह योरामसँग भेट गर्न यिज्रेल गए।
5 आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई झैं व्यवहार गर। 2 ठूला स्त्रीहरूसित आफ्नी आमालाई झैं व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै शुद्ध मनले व्यावहार गर।
विधवाहरूको वास्ता गर्नु
3 विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्। 4 तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ। 5 कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसँग प्रार्थना गर्छिन्। उनले परमेश्वरसँग सहायता माग्छिन्। 6 तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो। 7 यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसकून् कि तिनीहरूले भूल गर्दैछन्। 8 मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।
9 विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60 वर्ष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ। 10 उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।
11 तर तरूणी विधवाहरूलाई आफ्नो सूचीमा नहलेख। तिनीहरूले आफूलाई ख्रीष्टमा समर्पित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्। 12 तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ। 13 यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरौटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्। 14 यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्। 15 कतिपय तरूणी विधवाहरू शैतानको अनुशरण गर्न फर्किसकेकाछन्।
16 यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँच्चो अर्थमा अभावग्रस्त विधवा छन्।
अगुवाहरू अन्यकुराहरूको बारेमा
17 अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्। 18 किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।”(A) अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”(B)
19 यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन। 20 जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।
21 परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।
22 धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
23 तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।
24 कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ। 25 मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।
12 “त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दु:खहरू र सङ्कटहरू हुनेछन्। यस्तो सङ्कट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ जीवनको पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्। 2 अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम, घृणा र तिस्कारका निम्ति ब्यूँझने छन्। 3 ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्।
4 “तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँच्चो ज्ञान बढ्नेछ।”
5 त्यसपछि, म दानियलले हेरें, अनि देखें अरू दुइ जना त्यहाँ उभिरहेको थिए, एउटा चाँहि नदी यताको किनारमा र अर्को चाँहि नदीको अर्को किनारमा थिए। 6 एकजना मलमलको लुगा लगाएको मानिसले अर्को मानिसलाई सोध्यो जो नदीको प्रवाहमाथि उभिएको थियो, “यस आर्श्चय अन्त गराउन कति समय लाग्नेछ?”
7 त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, “यो साँढे तीन बर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।”
8 मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, “हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।”
9 उसले भन्यो, “दानियल, तिमी आफ्नो जीवन बिताऊ, यो कुराहरू गुप्त राखिएकाछन् अनि अन्तको समय सम्मलाई बन्द गरिएकाछन्। 10 धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याईँ गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।
11 “नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ। 12 त्यो मानिस धन्य हो जसले 1,335 दिन पूरा भएको हेर्न पर्खिरहन्छ।
13 “अब तिम्रो लागि अन्त सम्मको बाटो पूरा भयो। तिमी विश्राम गर, सुन अनि त्यसपछि अन्तमा तिमी आफ्नो भाग प्राप्त गर्नको निम्ति मृत्युबाट फेरि उठेर आऊ।”
जाइन्
49 हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्।
त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
50 म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो।
तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।
51 ती घमण्डीहरूले मलाई लगातार अपमान गरे,
तर मैले तपाईंका शिक्षाहरूको अनुशरण गर्न छोडिनँ।
52 हे परमप्रभु, म सधैँ तपाईंको बुद्धिमानी निर्णयहरूले
मलाई सान्त्वना दिंदछ।
53 जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू
मान्न छाड्दै गएको देखें र म क्रोधित भएँ।
54 मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै
मेरो गीतहरू भएका छन्।
55 हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु।
अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।
56 किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।
हेथ्
57 हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
58 हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु
मप्रति सधैँ तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्।
59 मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचें।
अनि म तपाईंको करार प्रति फर्किएर आएँ।
60 कुनै विलम्ब नगरीकन हतारिन्दै
म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें।
61 केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे।
तर परमप्रभु, मैले तपाईंको उपदेशहरू भुलिनँ।
62 तपाईंको धार्मिक निर्णयहरूको निम्ति
धन्यवाद दिन म रातमा उठें।
63 ज-जसले तपाईंलाई पूज्दछन् म ती सबै मानिसहरूको साथी हुँ।
ज-जसले तपाईंको आदेशहरू मान्दछन,
म ती सबै मानिसहरूको साथी हुँ।
64 हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ।
मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।
तेथ्
65 परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो।
तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
66 हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्।
म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
67 म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ
तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
68 परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ।
मलाई तपाईंको नियमहरू सिकाउनु होस्।
69 मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्।
तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
70 ती मानिसहरू अत्यन्त मूर्ख छन्।
तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
71 मेरो निम्ति वेदना उत्तम थियो।
मैले तपाईंको नियमहरू सिकें।
72 हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्।
तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरू भन्दा उत्तम छन्।
© 2004, 2010 Bible League International