Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 6

एलीशा र बञ्चरो

अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौं। तर हाम्रो निम्ति ठाउँ साह्रै सानो भयो। यर्दन नदीमा जाऔं अनि केही काठ काटौं। हामीमध्ये प्रत्येकले मुढो पाउने छौं अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउने छौं।”

एलीशाले उत्तर दिए, “राम्रो, जाऊ अनि त्यसै गर।”

एक जना मानिसले भन्यो, “कृपया हामीसँग हिंड्नुहोस्।”

एलीशाले भने, “म आउनेछु।”

यसकारण एलीशा अगमवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे, तिनीहरूले केही रूख ढाल्न थाले। तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिंडमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।”

परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्यो?”

मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो। एलीशाले भने, “बञ्चरो टिप।” तब मानिस लम्कियो अनि बञ्चरो लियो।

अराम इस्राएललाई फसाउने चेष्टा गर्छ

अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।”

तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”

10 इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।

11 अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?”

12 अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”

13 अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।”

सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।”

14 तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे। 15 एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहरलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो।

एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?”

16 एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”

17 तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।”

परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।

18 ती आगोका घोडा र रथहरू एलीशा छेऊ आए। एलीशाले परमप्रभुसँग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अंन्धा बनाइदिनुहोस्।”

तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अंन्धो बनाइदिनुभयो। 19 एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुशरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।

20 जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।”

तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्। 21 इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?”

22 एलीशाले जवाफ दिए, “अँहँ, तिनीहरूलाई नमार। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौं। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पीना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।”

23 इस्राएलका राजाले अरामी सैनिकहरूका लागि ठूलो भोज तयार गरे। अरामी सैनिकहरूले खान पान गरे। तब इस्राएलका राजाले तिनीहरूलाई घर फर्काइ दिए। अरामी सैनिकहरू आफ्ना मालिककहाँ घर फर्किए। अरामीहरूले इस्राएलको भूमिमा आक्रमण गर्न कहिले पनि सेनाहरू पठाएन।

डरलाग्दो अनिकालले सामरियालाई कष्ट दिन्छ

24 यस्तो घटना भएपछि अरामका राजा बेनन्हददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए। 25 सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलाग्दो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुठ्ठी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो।

26 इस्राएलका राजा शहरको वरिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाईले उनलाई देखेर चिच्याई। आइमाईले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।”

27 इस्राएलका राजाले भने, “यदि परमप्रभुले तिमीलाई सहायता गर्नु भएन भने म कसरी सहायता गर्ने? मसित तिमीलाई दिने केही छैन। खलोबाट अन्नको दाना आएको छैन अथवा दाखरसको कोलबाट दाखरस ल्याइएको छैन।” 28 इस्राएलका राजाले आइमाईलाई भने, “तिमीलाई के कष्ट छ?”

आइमाईले उत्तर दिई, “यस आइमाईले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौं। त्यसपछि हामी भोलि हाम्रो खाने छौं।’ 29 यसकारण हामीले मेरो छोरा उमाल्यौं अनि उसलाई खायौं। त्यसपछि अर्को दिन मैले यस आइमाईलाई भनें, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौं अनि खान सक्छौं।’ तर उसले आफ्नो छोरा लुकाई।”

30 जब राजाले आइमाईलाई के भने, उनले आफूलाई खिन्न भएको देखाउन आफ्नो लुगा च्याते। जब राजा पर्खालमाथि हिंडेको समयमा मानिसहरूले उनलाई आफूलाई उदास र दुःखी देखाउन शोक वस्त्र लगाएको देखे।

31 राजाले भने, “परमेश्वरले मलाई सजाय दिऊन् यदि यस दिनको अन्तसम्म शापातको छोरा एलीशाको टाउको उसको जीउमा रहेको छ भने।”

32 राजाले एक जना दूत एलीशा कहाँ पठाए। एलीशा आफ्नो घरमा बसिरहेका थिए र बूढा-प्रधानहरू उनीसँगै बसेरहेका थिए। दूत पुग्नअघि एलीशाले भने, “हेर, एकजना हत्याराले मेरो टाउको काट्नको निम्ति मानिसहरू पठाउँदै छ। जब दूत यहाँ आइपुग्छ, ढोका बन्द गर। ढोकालाई पक्रेर राख र उसलाई भित्र पस्न देखि रोक। म उसको पछि आएको उसको मालिक पैतालाको आवाज सुन्दैछु।”

33 जब एलीशा आफ्ना ठूला-बड़ा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”

1 तिमोथी 3

मण्डलीका अगुवाहरू

म जे भन्छु त्यो साँच्चो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो। अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ। उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन। ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ। यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।

अगुवा नव-परिवर्तित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ। ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब ऊ अरूद्वारा आलोचित हुने छैन अनि ऊ शैतानको जालमा पर्ने छैन।

मण्डलीक सहायकहरू

त्यसरी नै जसले विशेष सहायकहरूको रूपमा मण्डलीको सेवा गर्छन् तिनीहरू मानिसहरूबीच माननीय हुनुपर्छ। तिनीहरू बातचीतमा इमान्दार हुनुपर्छ अनि तिनीहरूले अधिक दाखरस पिउनु हुँदैन। अरूलाई ठगेर तिनीहरूले धनी बन्ने कोशिश गर्नु हुँदैन। तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैँ त्यही गर्नु पर्छ। 10 त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्।

11 उसरी नै स्त्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्काको निंदा गर्नु हुंदैन्। तिनीहरू हरेक कुरामा आत्मा-नियंत्रित र विश्वासी हुनुपर्छ।

12 विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ। 13 असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासको विषयमा ठूलो भरोसा पाउनेछन्।

हाम्रो जीवनको रहस्य

14 म तिमी भएकोमा चाँडै आउन सकुँला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु। 15 यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो। 16 निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छः

उहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो,
    आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ।
उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो,
    सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो,
विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे।
    अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।

दानियल 10

टाइग्रिस नदी छेउमा दानियलको दर्शन

10 कोरेसको शासनकालको तेस्रो बर्षमा कोरेस फारसको राजा थिए भन्ने खबर दानियलले पाए। खबर साँच्चो थियो अनि यो एउटा ठूलो युद्धको विषयमा थियो। दानियलले त्यो बुझिहाले। यो कुरा एउटा दर्शनमा उसलाई बताइएको थियो।

त्यस समय, म दानियल तीन हप्ता सम्म दु:खी भएँ। मैले राम्रो खाने कुरा खाइनँ, मैले कुनै प्रकारको दाखरस र मासु खाइनँ। कुनै प्रकारको तेल टाउकोमा लगाइनँ, राम्रो लुगा लगाइन तीन हप्ता सम्म मैले केही पनि गरिनँ।

पहिलो बर्षको चौबीसौं दिनमा मैले आफूलाई ठूलो नदी अर्थात टाइग्रिस नदीको किनारमा पाएँ। मैले माथि हेरें, र सुतीको लुगा लगाएको मानिसलाई देखें। उसले ओपीरको सुनको पटुका कम्बरमा बाँधेका थिए। उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो।

म, दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे। अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ। जब मैले तिनी बोलेको सुनें, म भूइँमा अचेत भएर लडें, जब मैले उनी बोलेको सुनें, मैले आफ्नो अनुहार भूइँमा निहुराएँ।

10 तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ। 11 दर्शनको मानिसले मलाई भन्यो, “दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।” तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठें। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ। 12 त्यसपछि फेरि ऊ बोल्यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु। 13 फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ। 14 म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।”

15 जब उनले मलाई त्यसो भने, म बोल्न सकिनँ अनि आफ्नो अनुहार भुईँतिर निहुँराएँ। 16 त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें, “महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन। 17 महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सक्छु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।”

18 एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरें। 19 त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।”

जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।”

20 त्यसपछि उनले भने, “के तिमीलाई थाहा छ म तिमीकहाँ किन आएँ? म फारसको राजकुमारसँग युद्ध गर्न जान्छु। जब म छोडेर जान्छु, त्यस पछि यूनानको राजकुमार आउनेछ। 21 तर म तिमीलाई सत्यको पुस्तकमा लेखिएका कुराहरूको बारेमा भन्नेछु। यी राजकुमारहरूको विरूद्ध माइकल बाहेक मेरो पक्षमा कोही पनि छैन, जसले तिम्रो मानिसहरूमाथि शासन गर्छ।

भजनसंग्रह 119:1-24

अलिफ्

शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्।
    ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्।
    तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्,
    तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।
परमप्रभु, तपाईंले आफ्ना आज्ञाहरू हामीलाई दिनु भयो
    अनि ती आज्ञाहरू पूर्ण हृदयले पालन गर्नु भनेर बताउनु भयो।
परमप्रभु, यदि सधैँ तपाईंको
    विधिहरू पालन गरें भने,
तब म कहिल्यै पनि लज्जित हुने छैन
    जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु
    म साँच्चो रूपमा तपाईंको सम्मान गर्नेछु।
परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु,
    कृपया मलाई नत्याग्नु होस्!

बेथ्

तपाईंको विधिहरू अपनाएर
    कसरी एउटा युवा मानिस साँच्चो जीवन जिउन सक्छ?
10 म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु।
    परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
11 मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें।
    किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
12 हे परमप्रभु, तपाईंको प्रशंसा होस्।
    मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
13 म तपाईंको ज्ञानपूर्ण विधिहरूको बारेमा बताउने छु।
14 म अरू केही भन्दा तपाईंको करार नै अध्ययन गर्दा
    आनन्द पाउँछु।
15 म तपाईंको विधि विषयमा चर्चा गर्नेछु।
    म तपाईंको जिउने पथको अनुशरण गर्नेछु।
16 म तपाईंको नियमहरूमा रमाउने छु
    म तपाईंका वचनहरू भुल्ने छैन।

गिमेल्

17 मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं
    अनि तपाईंको आज्ञा पालन गर्नसकौं।
18 हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्,
ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ
    अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
19 म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ।
    मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ।
    परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
20 म सारा समय तपाईंको विधिहरू
    अध्ययन गर्न चाहन्छु।
21 हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो।
    अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्,
    किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
22 मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्।
    मैले तपाईंको करार पालन गरेको छु।
23 अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे।
    तर म तपाईंको दास हुँ, हे परमप्रभु!
    अनि मैले तपाईंको नियमहरू पढेकोछु।
24 तपाईंको करार मेरो सल्लाहाकार हो।
    यसले मलाई हितकारी परामर्श दिंदछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International