Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 5

नामानको समस्या

नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि प्रयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।

अरामी सेनाले इस्राएलमा लडाईँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई। यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”

नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई।

तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।”

यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए। नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”

जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”

परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”

यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए। 10 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”

11 नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ। 12 दमीशकका नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशकका ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।

13 तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईँलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।’”

14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।

15 नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”

16 तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।”

नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे र भने, “यदि उपहार स्वीकार गर्नु हुन्न भने मेरो निम्ति यति काम गर्नुहोस्। 17 मेरा खच्चरहरूमा इस्राएलबाट दुइभारी धूलो भर्न दिनुहोस्। किनभने म अरू कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चडाउनेछु। 18 अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।”

19 तब एलीशाले नामानलाई भने, “शान्तिसँग जाऊ।”

यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे। 20 तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।” 21 यसकारण गेहजी नामानतिर दगुरे।

नामानले कसैलाई आफूतिर दगुरेको देखे। उनी गेहजीसँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीक-ठाक छ?”

22 गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीक-ठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लुगाहरू देऊ।’”

23 नामानले भने, “कृपया दुइ तोडा लैजाऊ!” नामानले गेहजीलाई चाँदी लिनका लागि राजी गराए। नामानले दुइवटा थैलोमा दुइ तोडा चाँदी हाले अनि दुइजोर फेर्ने लुगा लिए। तब नामानले ती चीजहरू आफ्ना दुइ सेवकहरूलाई दिए। सेवकहरूले ती चीजहरू गेहजीसम्म पुर्याए। 24 जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए।

25 गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?”

गेहजीले भने, “म कत्तै गएको थिइन।”

26 एलीशाले गेहजीलाई भने, “त्यो साँच्चो होइनँ! मेरो मुटु तँसँगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेंडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन। 27 अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सधैँका लागि कुष्ठ हुनेछ।”

जब गेहजीले एलीशालाई छोड्यो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।

1 तिमोथी 2

पुरूष र स्त्रीहरूको लागि नियमहरू

प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ। राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ। यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ।

परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्। परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ। सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो। त्यसैले सुसमाचार भन्न म एक प्रेरितको रूपमा छानिएकोछु। म सत्य बोल्दैछु, मैले झूटो बोलेको छैनँ। म अयहूदीहरूको निम्ति एक शिक्षकको रूपमा छानिएँ। म तिनीहरूलाई विश्वास गर्नु अनि सत्यको अनुशरण गर्नु सिकाउँछु।

स्त्री र पुरूष़लाई बिषेश सुझावहरू

मानिसहरूले जहीं पनि प्रार्थना गरून् भन्ने म चाहन्छु। प्रार्थनामा जसले आफ्ना हात उठाउँछन् ती मानिसहरू पवित्र हुनु पर्छ। तिनीहरू रिसालु र झगड़ालु हुनु हुँदैन।

स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन। 10 तर तिनीहरूले आफूलाई असल कामहरूले सजाउनु पर्छ। यो ती स्त्रीहरूलाई उपयुक्त हुन्छ जसले भन्छन् कि तिनीहरू परमेश्वरको पूजा गर्छन्।

11 स्त्रीहरूले शान्तपूर्वक र पूरा आज्ञाकारी भएर सिकुन्। 12 तर म कुनै स्त्रीलाई शिक्षा दिने तथा कुनै पुरुषमाथि अधिकार जमाउने अनुमति दिँदिन, तर स्त्री चुपचाप बस्नुपर्छ। 13 किनभने पहिले आदमको सृष्टि भयो अनि पछि हव्वाको। 14 शैतानद्वारा ठगिने आदम थिएन। त्यो स्त्री थिई जो ठगिई अनि पापी बनी। 15 तर स्त्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरहे अनि उचित तरिकाले आत्मा संयममा लागिरहे तिनीहरूले मुक्ति पाउँछन्।

दानियल 9

दानियलको प्रार्थना

राजा दाराको शासनकालको पहिलो बर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए। दाराको राज्य कालको पहिले बर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुनःर्निर्माण कति बर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिलाको यरूशलेम फेरि बनाउन, सत्तरी बर्ष लाग्नेछ।

तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दु:खी छु। मैले आफ्नो टाउकोमा धूलो हालें। मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें,

“हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्।

“तर परमप्रभु हामी पापी हौं। हामीले नराम्रो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौ र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं। तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं।

“हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!

“हे परमप्रभु हामी सबै लज्जित हुनु पर्छ। हाम्रो सबै राजाहरू र अगुवाहरू लज्जित हुनु पर्छ। हाम्रो पिता-पुर्खाहरू लज्जित हुन पर्छ। किनभने हामीले तपाईंको विरूद्ध पाप गरेका छौ, परमप्रभु!

“तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं। 10 हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं। परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौं। 11 तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं।

12 “हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ। 13 हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले पश्चाताप गरेनौं तपाईं आफ्नो वचनमा प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यानै दिएनौ। 14 यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।

15 “अब परमप्रभु हाम्रो परमेश्वर जसले आफ्नो लोकलाई शक्तिशाली हातद्वारा मिश्र देशबाट निकालेर ल्याउनु भयो र आजको दिनसम्मै कायम रहने नाउँ राख्नु भएकोछ हामीले पाप गरेका छौं। 16 हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं।

17 “अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्। 18 मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं। 19 हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”

सत्तरी हप्ताको विषयमा दर्शन

20 यसरी म बोल्दै, प्रार्थना गर्दै मेरो आफ्नो पाप र मेरा जाति इस्राएलीको पापको पश्चाताप गर्दै र उहाँको पवित्र डाँडाको पक्षमा परमप्रभु मेरो परमेश्वरको सामु मेरो अन्तर-बिन्ती टक्राइरहेको थिएँ। 21 जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, साँझको बलिदानको समयमा चाँडो गरी उड्दै मेरो छेउमा आए। 22 स्पष्टसित बोल्दै तिनले मलाई बुझाए, तिनले भने, “दानियल अहिले म तिम्रो समझ खोलिदिनलाई आएको छु। 23 जब तिमीले आफ्नो बिन्ती शुरू गरिरहेका थियौ तब एउटा वचन आयो। म तिमीलाई त्यही दिनलाई आएको छु, किनभने तिमी अति प्रिय मानिस छौ। त्यो वचन राम्ररी विचार गर, त्यस दर्शनलाई विचार गर।

24 “तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।

25 “त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनःप्राप्ति र पुनःर्निर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनःप्राप्ति र पुनःर्निर्माण भइसकेको अवस्थामा रहनेछ। 26 त्यस समयमा अर्थात बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान नष्ट गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण नाशगर्ने योजना बनाइनेछ।

27 “तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हप्ता सम्म चल्नेछ। आधा हप्ता सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकाउनेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डरलाग्दो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”

भजनसंग्रह 117-118

हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर।
    हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर।
परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ।
    अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ।

परमप्रभुको प्रशंसा गर!

परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
इस्राएल ले यसो भन्छ,
    “उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
पूजाहारीहरू यसो भन्छन्,
    “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!”
मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्,
    “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”

म सङ्कटहरूमा फँसेको थिएँ।
यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें।
    परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन।
    मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउनँ सक्तैन।
परमप्रभु मेरो सहयोगी हुनुहुन्छ
    म मेरो शत्रुहरू परास्त भएको देख्नेछु।
मानिसहरूमा भरोसा राख्नु भन्दा
    परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा
    परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।

10 धेरै शत्रुहरूले मलाई घेरेर राखे
    तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
11 शत्रुहरूले मलाई घरि-घरि घेरी रहे।
    मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।
12 शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ।
    तर तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ।
    मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें।

13 मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए।
    तर परमप्रभुले मलाई साथ दिनुभयो।
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
    उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।

17 म बाँच्ने छु मर्ने छैन
    अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
    तर उहाँले मलाई मर्न दिनु भएन।
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
    अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
    विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
    मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।

22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
    त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
    अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
    फेरि आज प्रफुल्लित र खुशी हौं!

25 मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर!
    परमप्रभुले हामीलाई बचाउनु हुन्छ!
26 परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।”

    पूजाहारीहरूले जवाफ दिए, “हामी तपाईँलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!
27 परमप्रभुनै परमेश्वर हुनुहुन्छ।
अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ।
    भेंडाका पाठालाई बलिदानको लागि बाँध,
    अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”

28 परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
म तपाईंलाई धन्यवाद दिन्छु।
    परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
29 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहेनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International