Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 17

एलिया र खडेरीको समय

17 एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही बर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”

तब परमप्रभुले एलियालाई भन्नुभयो, “यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको साँघुरो घाँटी छेउ लुक। यो घाटी यर्दन नदीको पूर्वमा छ। तिमी त्यस नदीको पानी पिउन सक्छौ। मैले कागहरूलाई त्यस ठाउँमा तिम्रो लागि खाद्य ल्याउने आदेश दिएको छु।” यसकारण एलियाले त्यसै गरे जस्तो परमप्रभुले उनलाई गर्नु भन्नुभएको थियो। उनी यर्दन नदीको पूर्व तिर करीत खोलामा बस्न गए। कागहरूले एलियाका निम्ति प्रत्येक साँझ र विहान मासु र रोटी ल्याए। एलियाले त्यस नदीबाट पानी पिउथ्ये।

पानी नपरेकोले गर्दा धेरै समय पछि नाला सुख्खा भयो। तब परमप्रभुले एलियालाई भन्नुभयो, “सीदोनमा सारपत जाऊ। त्यहीं बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”

10 यसकारण एलिया सारपत गए। उनी शहरको फाटकमा पुगे अनि त्यहाँ एक जना स्त्रीलाई देखे। उसको पति मरेको थियो। आइमाई आगोको निम्ति दाउरा जम्मा गर्दै थिई। एलियाले उसलाई भने, “के तिमी मेरो निम्ति एउटा लोटामा अलि कति पानी ल्याउन सक्छौ म पिउन सकुँ?” 11 जब स्त्री पानी लिन जान लागेकी थिईन, एलियाले भने, “कृपया, मेरो निम्ति केही रोटी पनि ल्याऊ।”

12 स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”

13 एलियाले स्त्रीलाई भने, “फिक्री नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ। 14 परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले बर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।’”

15 यसकारण स्त्री आफ्नो घर गइन्। एलियाले उनलाई जे गर्नु भनेका थिए तिनले त्यसै गरिन्। एलिया, स्त्री र उनको छोराको लागि धेरै दिनको खाद्य थियो। 16 पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

17 केही समयपछि स्त्रीको छोरा बीरामी भयो। ऊ साह्रै नै भयो। अन्तमा उसले सास फेर्नै छोड्‌यो। 18 तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”

19 एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिए अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओछ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे। 20 त्यसपछि एलियाले प्रार्थना गरे, “परमप्रभु मेरा परमेश्वर! यी विधवाले आफ्नो घरमा बस्न दिएकी छिन्। के तपाईं उसका लागि अशुभ घटना गर्नु हुन्छ त? के उनको छोरालाई मर्न दिनु हुन्छ?” 21 तब एलिया आफैं बालकमाथि तीन पल्ट पस्रिए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”

22 परमप्रभुले एलियाको प्रार्थनाको उत्तर दिनुभयो। बालक फेरि सास फेर्न थाल्यो। ऊ जीवित भयो! 23 एलियाले बालकलाई बोकेर तल्लो तलामा ल्याए। एलियाले बालकलाई तिनकी हातमा सोम्पीदिए र भने, “हेर, तिम्रो छोरा जिउँदो छ!”

24 स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”

कलस्सी 4

मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।

ख्रीष्टियनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्

आफैंलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैँ परमेश्वरलाई धन्यवाद चढाऊ। हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँच्चो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किनकि म यो सत्य सिकाँउँछु। तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ।

अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर। जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।

पावलका साथीहरूको समाचार

टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्। त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु। ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्।

10 अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु। 11 येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएकाछन्।

12 येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैँ तिमीहरूका लागि प्रार्थना गर्दछन्। तिमीहरू आत्मिक रूपले परिपक्क होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्। 13 तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु। 14 डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।

15 लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अभिवादन सुनाइदिनु। हाम्रो अभिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु। 16 यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ। 17 “प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।

18 म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।

इजकिएल 47

मन्दिरबाट पानी बगिरहेकोछ

47 त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सङ्घारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो। त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो।

त्यो मानिस पूर्वपट्टि हातमा नाप्ने डोरी लिएर बढ़यो। उसले 1,000 हात नाप्यो। तब उसले मलाई त्यस ठाँउबाट पानीमा हिँडेर जान लगायो। त्यहाँ मैले तरेको पानी मेरो गोलीगाँठा सम्म थियो। उसले अझ 1,000 हात नाप्यो। तब त्यस ठाँउमा मलाई पानीमा हिँड्नु ल्यायो। त्यहाँ पानी घुँडा-घुँडा जति गहिरो थियो। तब उसले अझ 1,000 हात नाप्यो। अनि मलाई पानीमा हिँड्नु लगायो। त्यहाँ पानी कम्मर-कम्मर गहिरो थियो। त्यस मानिसले अझ 1,000 हात नाप्यो। तर त्यहाँ पानी तर्न नसकिने गहिरो थियो। पानी त्यहाँ खोलामा परिणत भएको थियो। त्यहाँ पौडी खेल्नलाई प्रशस्त पानी थियो। खोला यति गहिरो थियो कि त्यहाँबाट तर्न सकिँदैनथ्यो। तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियौं?”

तब त्यो मानिसले मलाई खोलाको किनारमा फर्काई ल्यायो। म खोलाको किनारतिर फर्किने बित्तैकै मैले खोलाको दुवै तिर धेरै रूखहरू देखें। त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेंसीतर्फ तल बग्दैछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ। यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्। 10 तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा-समुद्रमा छन्। 11 तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउँनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ। 12 हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”

परिवार समूहको निम्ति जमीनको भागवण्डा

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “यो सीमाना इस्राएलको बाह्रा कुल समूहको जमीन बाँड्नका निम्ति हो। यूसुफले दुइ भाग पाउनेछ। 14 तिमीले जमीन बराबर बाँड्नेछौ। मैले यो जमीन तिमीहरूका पिता-पुर्खाहरूलाई दिने प्रतिज्ञा गरेको थिएँ। यसकारण म यो जमीन तिमीलाई दिंदैछु।

15 “यहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेतलोन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म, 16 बेरोतह, सिब्रैम (जुन दमिश्क अनि हमातका सीमानाको बीचमा छ) अनि हासेर-हात्तीकन जुन हौरानको सीमानामा छ, त्यतापट्टि फर्केको छ। 17 यसकारण सीमाना समुद्रबाट हसर-एनान सम्म जान्छ जुन दमिश्क अनि हमातको उत्तरी सीमानामा छ। यो उत्तर पट्टि पर्छ।

18 “पूर्वपट्टिको सीमाना हसर-एनान हौरान अनि दमिश्कको बीच सम्म जान्छ अनि यर्दन नदीको किनारमा गिलाद अनि इस्राएलको जमीनको बीचमा पूर्वी समुद्र सम्म सोझै, तामार सम्म जान्छ। यो पूर्वको सीमाना हो।

19 “दक्षिण पट्टिको सीमाना तामारबाट लगातार मेरीबा कादेशको नखलि स्थान सम्म जान्छ। त्यसपछि यो मिश्रको खोलाको सहायताले महा-सागर सम्मै जान्छ। यो दक्षिणको सीमाना हो।

20 “पश्चिम पट्टि, भूमध्य सागर सोझै लेबो-हमानको छेउको क्षेत्र सम्म सीमाना बनिन्छ। यो तिम्रो पश्चिमी सीमाना हुन्छ।

21 “यस्तो प्रकारले यो भूमि तिमीले इस्राएलमा कुल समूहमा बाँड। 22 तिमी यो आफ्नो सम्पत्ति अनि आफूसँग बस्ने विदेशीहरूको सम्पत्तिको रूपमा, जसको नानीहरू तिमीहरूसँग बस्छन् तिनीहरूलाई बाँड। तिनीहरू विदेशी निवासी हुनेछन्, इस्राएलीहरूमा स्वभाविक जन्मे जस्तै हुनेछन्। तिमीले केही जमीन इस्राएलको कुल समूहबाट तिनीहरूलाई दिनेछौ। 23 त्यो कुल समूह जोसँग तिनीहरू बस्छन्, तिनीहरूलाई केही जमीन दिइनेछ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

भजनसंग्रह 103

दाऊदको भजन।

मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!
    प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर
    अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।
    उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ
    अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।
    उहाँले हाम्रो जवानीलाई
    गरूड़ जस्तो नयाँ तुल्याउनुहुन्छा।
परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,
    जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।
    परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ।
    परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
परमप्रभुले सधैँ आलोचना गर्नु हुन्न
    परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नु हुन्न।
10 हामीले परमेश्वरको विरूद्ध पाप गर्यौं।
    तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन,
    जसको लागि हामी योग्य थियौं।
11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा
    पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।
12 अनि परमेश्वरले हाम्रो पापहरू
    पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
13 परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ,
    जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
14 परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ,
    हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।
15 हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ।
    हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।
16 परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं।
    जुन फूलहरू छिट्टै हुर्किन्छन्,।
त्यसपछि तातो बतासको झोका आएर मर्छन।
    झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।
17 तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो
    अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ।
    परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।
18 परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ,
जसले उहाँको करार पालन गर्छ।
    परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ,
    जसले उहाँको आदेश पालन गर्छन्।
19 परमेश्वरको सिंहासन स्वर्गमा छ।
    अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ।
20 हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर।
    तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्।
    तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
21 हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर।
    तिमीहरू उहाँको दासहरू हौ।
    जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ।
22 परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो।
परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ,
    अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ!
हे मेरो प्राण परमप्रभुको गुण-गान गर!

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International