M’Cheyne Bible Reading Plan
दाऊदका आखिरी वचनहरू
23 यी दाऊदका अन्तिम वचनहरू:
“यिनै यिशैका छोरा दाऊदको सन्देश हो यो।
यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो,
जो याकूबको परमेशवरद्वारा छानिएका राजा
जो इस्राएलको मधुर गीतका गायक।
2 परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो।
उहाँका वचनहरू मेरो मुखमा थिए।
3 इस्राएलको परमेश्वरले भन्नु भयो।
इस्राएलको चट्टानले मलाई भन्नुभयो,
‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ,
जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
4 त्यस्ता व्यक्ति हुनेछ सूर्यदय जस्तै;
बादल नभएको बिहान जस्तै;
पानी परेपछिको घाम जस्तै;
जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।’
5 “परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो।
उहाँले मसँग सधैँको निम्ति करार गर्नुभयो।
परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो
र राम्रो बनाउनु भयो।
अनि उहाँले मलाई विजय दिनुहुन्छ।
म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।
6 “तर दुष्ट मानिसहरू काँढा जस्तै हुन्
मानिसले काँढा समात्दैनन्
बरू कतै फ्याँक्छन्।
7 यदि कसैले त्यसलाई छोयो भने
त्यसले भालाले जस्तै घोच्छ
त्यो भाला काठको होस् कि फलामको
साँच्चै ती मानिसहरू काँढा जस्तै हुन्।
तिनीहरूलाई आगोमा फ्याँकिन्छ र जलेर खारानी बन्छन्।”
तीन वीरहरू
8 तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन:
दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।
9 दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे। 10 एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।
11 अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए। 12 तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो।
13 एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाँहि तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।
14 अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाँहि बेतलेहेममा थिए। 15 दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!”
16 तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए। 17 दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।
अरू बहादुर सैनिकहरू
18 सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे। 19 ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।
20 यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला-ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउँ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो। 21 बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे। 22 यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए। 23 बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।
तीसजना वीरहरू
24 योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः
बेतलेहेमका दोदोका छोरा एल्हानान्,
25 हेरोदाका शम्मा,
हेरोदका एलीका,
26 बेतपेलेतका हेलेस,
तकोइका इक्केशका छोरा ईरा,
27 अनातीतका छोरा अबीएजेर,
हुशातका मबून्ने,
28 अदोही सल्मोन,
नतोपाका महरै,
29 नतोपाका बानाका छोरा हेलेब,
गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इत्तै,
30 पिरातोनका बनायाह,
गाशका खोल्वाहरूका हिददै,
31 बेत-अराबाका अबी-अल्बोन,
बहूरीमका अजमावेत,
32 शाल्बोनका एल्याहबा,
गिजोनी योशेनहरारी, शम्माका छोराहरू जोनाथन,
33 हरारी शम्मका छोरा;
हरारी शरारका छोरा अहीआम;
34 मकातीका आहसबैका छोरा एलीपेलेत,
गिलोनी अहीतोपेलका छोरा एलीआम,
35 कर्मेलका हेस्रो,
अर्बी पारै,
36 सोबाका नातानका छोरा यिगाल,
गादी बानी,
37 अम्मानी सेलेक,
बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए);
38 येतरी ईरा;
येतरी गारेब;
39 अनि हित्ती उरियाह।
जम्मा मिलाउँदा 37 जना थिए।
परमेश्वरको आशिष विश्वासबाट आउदछ
3 हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ। 2 मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ। 3 तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शुरू गर्यौं। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ? यो मूर्खता हो। 4 तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यार्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्। 5 व्यवस्था मान्छौं भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।
6 अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”(A) 7 यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँच्चो सन्तान हुन्। 8 धर्मशास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”(B) 9 अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।
10 तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”(C) 11 यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिँदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, ऊ सधैँ बाँचिरहन्छ।”(D)
12 व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”[a] 13 व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैंले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्ड्याइन्छ त्यो श्रापित हो।”(E) 14 परमेश्वरको आशिष सबै मानिसले पाउन सकुन् भनी ख्रीष्टले त्यसो गर्नु भएको हो। परमेश्वरले अब्राहामलाई यो आशिष प्रतिज्ञा गरे जुन ख्रीष्ट येशू मार्फत आउँदछ। येशू मर्नु भयो जसमा कि पवित्र आत्मा जुन परमेश्वरले प्रतिज्ञा गर्नु भएको हामी पाउन सकौं। हामी यो प्रतिज्ञा विश्वासद्वारा पाउँछौं।
व्यवस्था र वचन
15 दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ। 16 परमेश्वरले अब्राहाम “र उनका सन्तानलाई” प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ। 17 मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै वर्ष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चारसय तीस बर्षपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन।
18 करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।
19 त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउन्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे। 20 तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।
मोशाको व्यवस्थाको उद्देश्य
21 के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं। 22 तर यो साँच्चो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।
23 जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं। 24 यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक्यौं। 25 अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं।
26-27 यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौं। तिमीहरू सबै ख्रीष्टमा बप्तिस्मा लिएर तिमीहरूले ख्रीष्टलाई नै धारण गरेका छौ। 28 अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक, कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट येशूमा तिमीहरू सब एक हौ। 29 तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं।
बाबेलको सेनाले मिश्रमाथि आक्रमण गर्नेछ
30 परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नभयो, 2 “हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:
“‘रोऊ अनि भन,
“त्यो डरलाग्दो दिन आउँदै छ।”
3 त्यो दिन नजीकै छ।
हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ।
त्यो बादल लागेको दिन,
यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ।
4 मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछ!
कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ,
बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्।
कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।
5 “‘धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।
6 “‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:
हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ।
त्यसको युद्धको घमण्ड नाश हुन्छ।
मिग्दोलदेखि आश्वार सम्मको लागि
मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।
परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!
7 मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ।
उसको शहरहरू ती शहरहरूसित मिल्नेछन् जो नष्ट पारिएकाथिए।
8 म मिश्रमा आगो लगाउँछु
अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्।
त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् म नै परमप्रभु हुँ।
9 “‘त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।’”
10 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
“म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु
अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु।
11 नबूकदनेस्सर अनि त्यसका मानिसहरू
राष्ट्रहरूमा सर्वाधिक भंयकर छन्।
म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु।
तिनीहरूले मिश्रको विरूद्ध आफ्नो तरवार उठाउँनेछन्।
त्यो देश लाशले भरिनेछ।
12 म नील नदीलाई सुख्खा जमीन बनाइदिन्छु।
तब म सूख्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु।
त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको प्रयोग गर्नेछु।
म, परमप्रभुले, यो कुराहरू भन्दैछु!”
मिश्रको मूर्तिहरू नष्ट पारिनेछन्
13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:
“म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु!
म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु।
भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन,
अनि म मिश्रबाट डर हटाउनेछु!
14 म पत्रोसलाई खाली गरीदिन्छु।
म सोअनमा आगो लगाई दिन्छु
अनि म नो शहरलाई दण्ड दिनेछु।
15 अनि म सीन नामक मिश्रको किल्लाको विरूद्ध आफ्नो क्रोध बर्षाउँनेछु!
म नो शहरको मानिसहरू नष्ट पार्छु।
16 म मिश्रमा आगो लगाउँछु।
सीन नामक ठाँउ डरले पीडित हुन्छ,
नो शहरमा सैनिकहरू लड्नेछन।
अनि नोप शहरमा प्रत्येक दिन नयाँ कष्टमा हुनेछ।
17 ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन्
अनि स्त्रीहरू पक्राउ पर्नेछन् अनि तिनीहरूलाई लगिनेछ।
18 यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ,
जब म मिश्रको अधिकार तोड् दिन।
तिनका घमण्डी शक्ति समाप्त हुनेछ।
मिश्र कालो बादलद्वारा ढाकिने छ।
अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्।
19 यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु।
त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”
मिश्र सदा-सवर्दाका निम्ति दुर्बल हुनेछ
20 देशबाट निकालिएको एघारौं बर्षको प्रथम महिनाको सातौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 21 “हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”
22 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु। 23 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। 24 म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ। 25 यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ।
“म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु। 26 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
38 तर परमेश्वर दयालु हुनुहुन्थ्यो।
उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो।
अनि तिनीहरूलाई विनाश गर्नु भएन।
धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो,
उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
39 परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो।
मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
40 उफ! यी नै मानिसहरूले मरुभूमिमा परमेश्वरलाई खुब कष्ट दिए!
तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
41 घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे।
तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
42 ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से।
तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
43 तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले
अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
44 परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो।
जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
45 परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो।
जसले मिश्रीहरूलाई टोके।
परमेश्वरले भ्यागुताहरू पठाउनु भयो,
जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
46 परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो,
अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
47 परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो।
अनि हिम बर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
48 परमेश्वरले अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो
र चट्याङ्गले गाई-वस्तुहरू मारिदिनु भयो।
49 परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो।
उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो।
50 परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो।
उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन,
डरालाग्दो बिमारका कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
51 परमेश्वरले मिश्रवासीहरूका प्रथम जन्मने सन्तानलाई मार्नु भयो।
उहाँले हामको पहिले जन्मने सन्तानलाई मार्नुभयो।
52 त्यसपछि परमेश्वरले इस्राएललाई गोठालोले झैं डोर्याउनु भयो।
उहाँले तिनीहरूलाई मरुभूमिमा भेंडा झैं डोर्याउनु भयो।
53 उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो।
उहाँका मानिसहरू डराउने कुनै कामै थिएन।
परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
54 परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो,
उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोड्न बाध्य गराउनु भयो।
परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो।
उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
56 तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे,
अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे।
तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
57 इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए।
तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे।
तिनीहरूले झट्टारो फ्याँके[a] जस्तै व्यवहार गरे।
58 इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए।
तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
59 परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो।
अनि उहाँले इस्राएललाई पूर्ण नष्ट गर्नुभयो।
60 उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो।
परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
61 परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो।
शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
62 परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो।
उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
63 जवान पुरूषहरू जलेर मरे,
अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
64 पूजाहारीहरू मारिदिए,
तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
65 अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै,
धेरै मद पिएको सिपाही जस्तै,
हाम्रो स्वामी ब्यूँझनु भयो।
66 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो।
उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
67 तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो।
उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
68 अँहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो।
परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
69 परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो।
परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा-सर्वदाको निम्ति बनाउनु भयो।
70 परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो।
दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
71 दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए तर परमेश्वरले दाऊदलाई,
उहाँका आफ्ना मानिसहरूलाई, हेरचाह गर्ने काम सुम्पनु भयो।
याकूबका मानिसहरूको हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने,
परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
72 दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए।
र खुब सतर्कता साथ तिनीहरूलाई अगुवाई गरे।
© 2004, 2010 Bible League International