Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 28

पलिश्तीहरू युद्धको निम्ति तयार

28 त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि आक्रमण गर्न सेनाहरू भेला गराए। आकीशले दाऊदलाई भने, “तपाईंले त्यो जान्नु पर्छ तपाईं र तपाईंका मानिसहरू इस्राएलको विरूद्ध युद्धमा मसँग जानुपर्छ।”

दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।”

आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैँ मेरो रक्षा गर्नुहोस्।”

शाऊल र एउटी स्त्री एन्दोरमा

शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।

पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए। शाऊल पलिश्ती सेनाहरू देखेर डराए। तिनको मुटु नै काम्यो। शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो। अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।”

तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्ती एउटी स्त्री छे।”

शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोस्। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”

तर त्यस स्त्रीले भनी, “तिमी जान्दछौ शाऊलले के गर्यो। सबै झाँक्री र ज्योतिषीहरूलाई उसले इस्राएलबाट धपायो। तिमीले मलाई अप्ठेरोमा पारेर ज्यान लिन चाहान्छौ।”

10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “तिमीले कुनै दण्ड सामना गर्नु पर्ने छैन।”

11 स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?”

शाऊलले भने, “शमूएलको आत्मालाई बोलाऊ।”

12 शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।”

13 राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?”

स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”

14 शाऊलले सोधे, “को जस्तो देखिन्छ?”

स्त्रीले जवाफ दिइ, “खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।”

त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे 15 शमूएलले शाऊललाई भने, “मलाई किन दुःखः दिएको? मलाई किन बोलाएको?”

शाऊलले भने, “म सङ्कटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनुहुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौं?”

16 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको? 17 परमप्रभुले के गर्नु हुनेछ त्यो भन्न उहाँले मलाई एकपटक आज्ञा गर्नुभयो। अहिले परमप्रभुले त्यही गर्दै हुनुहुन्छ। परमप्रभुले तिम्रो हातबाट राजधानी खोस्दै हुनुहुन्छ। अनि उहाँले तिम्रो छिमेकीको हातमा सुम्पिदिनुहुनेछ। त्यो छिमेकी चाहिं दाऊद हो। 18 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसँग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ। 19 परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”

20 शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।

21 स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें। 22 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”

23 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।”

शाऊलका अधिकारीहरूले पनि स्त्रीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुइँबाट उठेर बिस्तरामा बसे। 24 त्यस स्त्रीले आफूसँग भएको बलियो बाछो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई। 25 र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।

1 कोरिन्थी 9

पावलले प्रयोग नगरेको अधिकार

म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ। अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ।

कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाफ यही हुन्छः खाने र पिउने हाम्रो अधिकार छ। छैन र? यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिँड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरितहरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्। तर के बर्णाबास र मैले मात्र आफ्नो जीविकाका निम्ति काम गर्नै पर्छ? आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अङ्गुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेँड़ाको दुध पिउँदैन?

यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन? मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।”(A) के परमेश्वर गोरूहरूमा मात्र चासो राख्नु हुन्छ? 10 होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँईँ गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।” 11 हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र? 12 जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्। 13 के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? 14 सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो।

15 तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु। 16 म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। 17 यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। 18 यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन।

19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। 20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। 21 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। 22 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। 23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ।

24 तिमीहरू सबैले जान्दछौ, दौड़मा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्न सक। 25 खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ। 26 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन। 27 नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरू मानिसहरू माझ प्रचार गरे पछि म आफैं परमेश्वरबाट तिरस्कृत हुने छैन।

इजकिएल 7

तब परमप्रभुको सन्देश मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति हो:

“अन्त्य! अन्त्य!
    अन्त्य! आइरहेको छ।
    सारा देश नष्ट हुनेछ।
अब तिम्रो अन्त्य आएको छ।
    म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु।
म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु,
    जुन तिमीले गरेका छौ।
तिमीले जुन डरलाग्दो काम गरेका छौ,
    म तिमीलाई त्यसको दण्ड तिराउने छु।
म तिमीहरूलाई दया देखाउने छैन,
म तिमीहरू प्रति टिठाउँने छैन।
    म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु।
तिमीहरूले डरलाग्दो काम गरेका छौ।
    अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”

परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ। अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ। तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेतावनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैला-बैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ। म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु। म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोड्ने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ, म नै परमप्रभु हुँ।

10 “दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ। 11 त्यो हिंस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्यको पनि होइन।

12 “दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन्। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ। 13 मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्तैन। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्तैन।

14 “तिनीहरूले मानिसहरूलाई चेतावनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु। 15 तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि ऊ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।

16 “तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दु:खी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दु:खले भरिएको आवाज निकाल्नेछन्। 17 मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ। 18 तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्। 19 तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।

20 “ती मानिसहरूले तिनीहरूको सुन्दर गहना प्रयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु। 21 म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्। 22 म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।

23 “कैदीहरूका निम्ति साङ्गली तयार पार! किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ। 24 म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।

25 “तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं। 26 तिमीले एक पछि एक गर्दै दु:खको कथा सुन्ने छौ। तिमीले नराम्रो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले अगमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन। 27 तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”

भजनसंग्रह 45

प्रमुख संगीतकारलाई: “शोशन्निम” रागमा, कोरह परिवारको मस्किल भन्ने भजन। प्रेमको भजन।

जब म यी कुराहरू राजाको निम्ति लेख्छु,
    सुन्दर शब्दहरूले मेरो मस्तिष्कमा भरिन्छन्।
शब्दहरू मेरो जिब्रोबाट आउँछन्,
    मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।

तपाईं सबै भन्दा असल हुनुहुन्छ।
    तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ।
    यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
तिम्रो पटुकामा तरवार भिर।
    तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
तिमी अचम्मको देखिन्छौ।
धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित,
    तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।
तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन्,
    जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्।
हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ।
    धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ
    र दुष्टतालाई घृणा गर्नुहुन्छ।
    यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू[a] माथि राज गर्न चुन्नुभएको छ।
तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ।
    यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्।
    तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।

10 हे मेरी स्त्री, मेरा कुरा सुन।
    ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ।
आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
11     यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्।
ऊ तिम्रो नयाँ लोग्ने हुनेछ।
    यसैले तिमीले उनको सम्मान गर।
12 टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन्
    यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।

13 राजकुमारी सुनको धागोले बुनेको पोशाकमा
    सजिएकी छिन्।
14 राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्,
    उनका लोकन्तीहरू पछि-पछि छन्।
15 तिनीहरू आनन्दको साथ आउँछन्।
    आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्।

16 राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्।
    तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ।
17 तपाईंको नाउँ सदाका लागि प्रसिद्ध बनाउनेछु।
    मानिसहरूले तपाईंको सदा-सर्वदा प्रशंसा गर्नेछन्!

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International