Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 18

दाऊद र जोनाथनको घनिष्ट मित्रता

18 दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो। शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्यो। आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो वर्दि, धनु, तरवार र पेटीसमेत दाऊदलाई दियो।

दाऊदको सफलतामा शाऊलको ध्यान

शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए। दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे। स्त्रीहरूले यसरी गाउँथे,

“शाऊलले हजार शत्रुहरू मारे
    तर दाऊदले दश हजार मारे।”

ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।” त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले।

शाऊल दाऊदसँग भयभीत भए

10 अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पक्रियो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैँ झै वीणा बजाए। 11 तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए।

12 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए। 13 शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे। 14 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए। 15 शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले। 16 तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।

शाऊलले आफ्नी छोरीको विवाह दाऊदसँग गरिदिन चाहे

17 तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पार्ने योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लड्ने छौ।” यो खालि धुर्त्याईँ मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिश्तीहरूलाई मार्न लगाउँछु।”

18 तर दाऊदले भने, “म कुनै महत्वपूर्ण सन्तानबाटको अनि महत्वपूर्ण व्यक्ति होइन। म राजाकी छोरीलाई विवाह गर्न सक्दिनँ।”

19 जब शाऊलकी छोरी मेराबको विवाह दाऊदसँग गर्ने दिन आयो तब दाऊदले महोलका अद्रीएलसँग मेराबको विवाह गरिदिए।

20 शाऊलकी अर्की छोरी मीकलले दाऊदसँग प्रेम गर्थी। केही मानिसहरूले शाऊललाई मीकल र दाऊदको प्रेमको विषयमा सुनाए। यस खबरले शाऊल आनन्दीत भए। 21 शाऊलले सोचे, “म दाऊदलाई फसाउन मीकाललाई लगाउँनेछु। म दाऊदलाई मीकलसँग विवाह गर्न दिनेछु। त्यस पछि पलिश्तीहरूद्वारा उसलाई मार्नेछु।” यसर्थ शाऊलले दाऊदलाई दोस्रो पल्ट भने, “आज नै तिमीले मेरी छोरीसँग विवाह गर्न सक्छौ।”

22 शाऊलले आफ्ना अधिकारीहरूलाई आदेश दिएर भने, “दाऊदलाई एकान्त पारेर भन्नु, ‘हेर! राजाले तिमीलाई साह्रै मन पराउँनु हुन्छ। उहाँका अधिकारीहरूले पनि तिमीलाई मन पराउँछन्। तिमीले उहाँकी छोरीलाई विवाह गर्नु पर्छ।’”

23 शाऊलका अधिकारीहरूले दाऊदलाई त्यही भने। तर दाऊदले जवाफ दिए, “के तपाईंहरू सोच्नुहुन्छ राजाको ज्वाइँ बन्न सजिलो छ? मेरो त्यत्ति धन छैन, जो म राजाकी छोरीलाई दिऊँ। म त एउटा साधारण गरीब मानिस मात्र हुँ।”

24 अधिकारीहरूले राजालाई दाऊदको सबै कुरा बताइदिए। 25 शाऊलले फेरि भने, “दाऊदलाई भन, ‘दाऊद, राजाले उसका छोरीका निम्ति तिमीबाट दुलहीको दाम लिन चाहनु हुन्न, तर राजा आफ्ना शत्रुहरूसित बद्ला लिन चाहनुहुन्छ। यसर्थ राजाले रूपियाँको सट्टा एक सय पलिश्तीहरूका खलड्डी मात्र तिमीसँग माग्नुहुन्छ।’” यो शाऊलको धुर्त षड्‌यन्त्र थियो। शाऊलले सोच्थे पलिश्तीहरूले दाऊदलाई मार्ने छन् भनेर।

26 अधिकारीहरूले दाऊदलाई सबै कुरो बताए। दाऊद खुशी भए। राजाको ज्वाइँ हुने यो राम्रो अवसरलाई छोपेर दाऊदले त्यो कार्य गरे। 27 दाऊद र अरू मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न हिँडे। तिनीहरूले 200 पलिश्तीहरूलाई मारे। दाऊदले पलिश्तीहरूका खलड्डी शाऊल कहाँ पुर्याए। राजाका ज्वाइँ हुनलाई दाऊदले यस्तो गरे।

शाऊलले मीकलको विवाह दाऊदसँग गराए। 28 शाऊलले बुझे कि परमप्रभु दाऊदसँग हुनुहुन्छ। शाऊलले यो पनि बुझे, छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन। 29 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैँ दाऊदको विरोधी भए।

30 पलिश्ती सेनापतिले बारबार इस्राएलीहरू माथि लडाईं गर्थे। तर प्रत्येक पल्ट नै दाऊदले तिनीहरूलाई हराइदिन्थे। दाऊद शाऊलका अधिकारीहरू मध्ये सबैभन्दा सफल अधिकारी थिए यसैले दाऊद प्रसिद्ध भए।

रोमी 16

अन्तिम शब्दहरू

16 म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्। परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्।

प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए। तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।

अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार।

मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।

मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्।

एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए।

परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्।

मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार। 10 अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँच्चो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए।

अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार। 11 हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्।

नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्। 12 त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्।

मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्।

13 रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।

14 अर्सिक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार।

15 फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार।

16 जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर।

ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्।

17 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस। 18 त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्। 19 सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।

20 परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ।

हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।

21 तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।

22 म तर्तियस हुँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु।

23 गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चलाउनु दिइराखेका छन्। उनले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस अनि हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्टस यस शहरका खजाञ्ची हुन्। 24 [a]

25 परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ। 26 त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ। 27 येशू ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। आमिन।

विलाप 3

वेदनाको अर्थ

म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ।
परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो।
    अनि जे भयो मैले त्यो देखें।
परमप्रभुले मलाई डोर्याउनु भयो
    र ज्योति नभएको कालो अँध्यारोमा ल्याउँनु भयो।
परमप्रभुको हात मेरो विरूद्ध उठ्यो,
    उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।
उहाँले मेरो मासु र छाला तान्नु भयो।
    उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।
परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो।
    उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।
धेरै समय देखि मृत रहेको मानिस झैं
    उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।
परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ।
    उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।
मैले विलाप गर्दै गुहार मागें
    तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।
उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो।
    उहाँले मेरो मार्ग नष्ट गर्नु भयो।
10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो।
    उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।
11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो।
    उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो,
    उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।
12 उहाँले आफ्नो धनु तयार पार्नु भयो।
    उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।
13 उहाँले मलाई भुँडीमा हिर्काउनु भयो।
    उहाँले मलाई काँडले हिर्काउनु भयो।
14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु।
    सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।
15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो।
    उहाँले कपको वीटसम्म भर्नु भयो,
    र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।
16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो,
    उहाँले मलाई दलदलमा धकेली दिनुभयो।
17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्।
    मसँग भएका सबै राम्रा कुराहरू मैले भूलें।
18 मैले आफैंलाई भनें, “परमप्रभुबाट सहयोग पाउने,
    आशा अब म गर्दिनँ।”
19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु।
    अनि मेरो घर छैन।
त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।
20 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु
    र अति उदास छु।
21 तर त्यसपछि अन्य केही कुरा सोचें।
    तब ममा आशा जाग्यो।
22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन।
    उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।
23 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ।
    परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।
24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ
    अनि म उहाँमाथि विश्वास गर्दछु।”

25 परमप्रभु ती मानिसहरूका लागि,
    असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ।
परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ,
    जसले उहाँलाई खोज्दछ।
26 ती मानिसहरूको लागि राम्रो हो।
    परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!
27 मानव जातिको लागि बाल्य अवस्था देखि
    परमप्रभुको जुवा बोक्नु असल कुरा हो।
28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ।
    त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।
29 त्यो मानिसले परमप्रभुको,
अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ।
    हुनसक्छ, त्यहाँ अझ आशा होला।
30 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ।
    मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।
31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ
    कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।
32 जब परमप्रभुले दण्ड दिनुहुन्छ, तर उहाँसँग दया पनि हुन्छ।
    उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।

33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न।
    उहाँ मानिसहरूलाई दु:खी बनाउन चाहनुहुन्न।
34 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न।
    उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।
35 उहाँले सर्वोच्च परमेश्वर सामु
    मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।
36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न।
    यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।
37 परमप्रभुले आज्ञा नगरून्जेलसम्म
    कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।
38 सर्वोच परमप्रभुले नै असल
    र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।
39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ।
    कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन
40 जाँचौं र हेरौं हामीले के-के गर्यौं।
    त्यसपछि परमप्रभु तर्फ फर्कौं।

41 हामी हाम्रा हृदय र हातहरू
    र्स्वगका परमप्रभुको तर्फ उठाऔं,
42 अनि उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं
    त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएनँ।”
43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु भयो।
    अनि हामीलाई खेद्नु भयो।
    तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।
44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो
    त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।
45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर
    र फोहरी बनाउनु भयो।
46 हाम्रा सारा शत्रुहरू,
    हामीसँग क्रोधित भएर बोले।
47 हामी अत्यन्तै त्रासीत भयौं
    र हाम्रो विनाश भयो।
48 मेरा आँखाहरूबाट आँसुका धारा बगे।
    मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।
49 मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।
    म लगातार रोइरहने छु।
50 परमप्रभु म लगातार रूनेछु,
    जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न।
म लगातार रूँनेछु,
    जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।
51 मेरा सबै शहरहरू रोएको देखेर,
    मेरो आँखाहरूले मलाई दु:खी तुल्यायो।
52 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले,
    हामीलाई मात्र चरालाई झैं खेदाए।
53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए।
    तिनीहरूले ममाथि ढुङ्गाहरू बर्षाए।
54 मेरो टाउको सम्म पानी आई पुग्यो।
    मैले आफैंलाई भनें, “म खत्तम भएँ।”
55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें।
    मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।
56 तपाईंले मेरो आवाज सुन्नुभयो।
    कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस्
    अनि मलाई बचाउनु होस्।
57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो।
    तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”
58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो।
    तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।
59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ।
    अब मेरो न्याय गरीदिनु होस्।
60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै
    प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।
61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो।
    मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
62 मेरा शत्रुहरूका शब्द
    र विचारहरू सारा समय मेरो विरूद्धछन्।
63     जब तिनीहरू उठ बस गर्छन।
    हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।
64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्।
    तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप
    कठोर हृदय दिनुहोस्।
66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्।
    हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

भजनसंग्रह 34

त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।

हर समय म परमप्रभुलाई धन्यको भन्छु।
    उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
नम्र मानिसहरू! सुन र खुशी बन।
    मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
मसँग-सँगै परमप्रभुको स्तुति गर!
    र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
    अनि उहाँले मलाई उत्तर दिनुभयो।
    मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
    तिमी लज्जित हुनु पर्ने छैन,
    उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
    अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
    उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
    अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
    जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
    उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
    तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 केटा-केटीहरू मलाई ध्यान देऊ,
    म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
    र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
    त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
    शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
    उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
    उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
    उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
    परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
    अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
    तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
    एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
    असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
    उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International