M’Cheyne Bible Reading Plan
मरियम को मृत्यु
20 पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरुभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।
मोशाले एउटा गल्ति गर्छन्
2 त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए। 3 मानिसहरूले मोशासित झगड़ा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाइहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो। 4 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरुभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ? 5 अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”
6 यसर्थ मोशा र हारून मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भूँईमा निहुरयाए अनि परमप्रभुको महिमा तिनीहरू सामुन्ने देखा पर्यो।
7 परमप्रभुले मोशालाई भन्नुभयो, 8 “तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”
9 यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए। 10 त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?” 11 तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।
12 त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”[a]
13 यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।
एदोमले इस्राएललाई जान नदिएका
14 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाइ इस्राएलले यसो भन्छ,
“हामीमाथि आई परेका आपदहरू तपाईंलाई थाहा छ। 15 धेरै बर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्यौं। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए। 16 तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ।
“अहिले हामी तपाईंको सिमान कादेशमा छौं। 17 दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौं, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँने छैनौं, हामी केवल राजमार्गमा हिड्नेछौं, कतै दायाँ बाया जाने छैनौं। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौं।”
18 तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लड्न आउनेछौं।”
19 इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौं। अनि यदि हाम्रा पशुहरूले कुनै पानी पिए त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिँड्न चाहान्छौं, हाम्रो निम्ति अरू केही चाहिंदैन।”
20 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।”
तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के। 21 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।
हारूनको मृत्यु
22 इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे। 23 होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो, 24 “अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।
25 “अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ। 26 हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”
27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे। 28 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे। 29 हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक व्याक्त गरे।
प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा, दाऊदको “मिक्ताम” भन्ने भजन।
58 हे न्यायकर्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ।
तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
2 होइन, तिमीहरू दुष्ट्याँई कामहरू गर्नलाई मात्र सोच्दछौ।
तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ।
तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।
4 तिनीहरूको क्रोध सर्पको बिष[a] जस्तै डरलाग्दो छ।
साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।
5 साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन।
अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।
6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन्
यसैले परमप्रभुले, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।
7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्।
तिनीहरू बाटोमा कुल्चिने जंगली झारहरू झैं होऊन्।
8 तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्।
तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन्।
9 तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू
जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।
10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ
तब धार्मिक मानिस खुशी हुन्छ।
ऊ सबै शत्रुहरूलाई परास्त गर्ने
सिपाही जस्तो हुनेछ।
11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन,
परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो।”
प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम्” भन्ने भजन। जब शाऊलले दाऊदको चियो गरेर मार्न मानिसहरू पठाए।
59 हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउँनु होस्।
मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।
2 मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउँनु होस्।
मलाई ती हत्याराहरूबाट बचाउँनु होस्।
3 हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्।
तिनीहरू मलाई मार्न पखिरहेका छन्।
यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।
4 मैले कुनै गल्ती काम गरिनँ, तर तिनीहरू मलाई मार्न यहाँ (मकहाँ) आईरहेका छन्।
हे परमप्रभु, तपाईं स्वयं आएर हेर्नुहोस्।
5 तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ!
उठ्नुहोस र तिनीहरूलाई दण्ड दिनुहोस्।
ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्।
6 ती पापीहरू कुकुर जस्ता
साँझै पिच्छे भुकदै शहरभित्र आउँदछन्,
अनि ङ्वार-ङ्वार र ङुर-ङुर गर्दै शहरभित्र घुम्छन्।
7 तिनीहरूका निन्दा र धम्की सुन्नु होस्।
तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्,
तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैनन्।
8 हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्।
ती सबैलाई एक तमाशा बनाई दिनुहोस्।
9 म तपाईंको स्तुति-गान गर्नेछु।
हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ।
10 परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ।
उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।
11 हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्।
मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।
12 ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्।
तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्,
तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्।
13 तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्।
तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्।
तब संसार भरिका मानिसहरूले बुझ्ने छन्
परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ!
14 ती धूर्त पुरूषहरू कुकुरहरू जस्तै छन्,
ङ्वार्र-ङ्वार्र र ङुर-ङुर गर्ने कुकुरहरू जस्तै भुक्दै शहरभित्र पस्नेछन्।
15 तिनीहरूले खाने-कुरा खोज्छन्
तर तिनीहरूले न त खानेकुरा न त सुत्ने ठाउँ नै पाउँछन्।
16 तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु
म तपाईंको प्रेममा आनन्दित हुनेछु।
किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।
17 म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु।
किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ।
तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।
परमेश्वरले इस्राएललाई दण्ड दिनुहुने छ।
8 मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ। 9 एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।
ती मानिसहरू अहिले एकदम अहंकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्, 10 “ती ईंटाहरू झर्न सक्छन, तर हामी फेरि निमार्ण गर्नेछौ। अनि हामी पक्का ढुङ्गाले निमार्ण गर्नेछौ। यो मसिना रूखहरू काटेर ढाल्न सकिन्छ। तर हामी नयाँ रूखहरू रोप्ने छौं।”
11 यसकारण इस्राएलका विरूद्ध लडाइँ गर्ने मानिसहरू परमप्रभुले पाउनु हुनेछ। परमप्रभुले रसीनका शत्रुहरू तिनीहरूको विरूद्ध उठाउनु हुनेछ। 12 परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।
13 परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्। 14 तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ। 15 यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।
16 जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्। 17 सम्पूर्ण मानिसहरू दुष्टछन्। यसैले युवावर्गसँग परमप्रभु प्रसन्न हुनुहुन्न। अनि तिनीहरूका विधवाहरू र टुहुरा-टुहुरीहरू प्रति परमप्रभु दया दर्शाउनु हुन्न। किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरूद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन यसैले परमेश्वर ती मानिसहरूसँग रिसाएको हुनुहुन्छ।
परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।
18 दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका बिस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयङ्कर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।
19 सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ, यसैले सारा जमीन आगोमा जलेर भस्म हुनेछ। सारा मानिसहरू त्यस आगोमा जलेर खरानी हुनेछन्। कसैले पनि आफ्नो दाज्यू-भाइलाई बचाउने प्रयास गर्न सक्दैनन्। 20 मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन्। तिनीहरूले देब्रेपट्टि भएको केहि खानेछन् तर तृप्ति हुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्। 21 (यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।)
परमप्रभु अझ सम्म इस्राएलसँग रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।
10 कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्। 2 ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।
3 कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन। 4 तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।
हामीले भनेका कुराको नियन्त्रण
3 मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।
2 हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरीरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्। 3 घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ। 4 जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ। 5 हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।
एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ। 6 जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।
7 मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। 8 कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। 9 हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। 10 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। 11 के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अँहँ। 12 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ।
साँच्चो ज्ञान
13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ। 14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। 15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। 16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। 17 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। 18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।
© 2004, 2010 Bible League International