Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 4

कहातीहरूको काम

परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “लेवीहरूको बीचमा कहातीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर। भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास बर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर। कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।

“जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ। तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।

“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याउन् अनि त्यसमाथि, रिकापी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सधैँ रहोस्। तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्।

“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाँडाहरू सबै ढाकिदिन्। 10 त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्।

11 “तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिऊन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।

12 “पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्।

13 “काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्। 14 त्यसपछि तिनीहरूले त्यस वेदीमा आराधना गर्दा प्रयोग गरिने वस्तुहरू जस्तै अँगेटी, काँटाहरू बेल्चाहरू छर्कने बाटाहरू र ती सब काँसाको वेदीमाथि राखुन्। त्यसपछि तिनीहरूले त्यसमाथि नरम छालाले वेदीलाई ढाकुन् र बोक्नुको लागि प्रयोग गरिने डण्डीहरू यसको ठाउँमा राखुन्।

15 “जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपि सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरूगर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।

16 “पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”

17 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 18 “कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ। 19 तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमरून्। हारून अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्। 20 यदि तिमीहरूले त्यसो गरेनौ भने ती कहाती मानिसहरू भित्र पस्छन् र पवित्र चीजहरू देख्छन् अनि तिनीहरूले केही समयको निम्ति मात्र पनि ती पवित्र चीजहरू हेरे भने तिनीहरू निश्चय मर्छन्।”

गेर्शोनीहरूको काम

21 परमप्रभुले मोशालाई भन्नुभयो, 22 “गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर। 23 सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास बर्ष उमेरका मानिसहरूको गन्ती गर।

24 “गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो। 25 पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ। 26 पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वारहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनी मानिसहरू जिम्मावार थिए। 27 गेर्शोनी मानिसहरूले जे पनि गर्छन् भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्। 28 गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

मरारी परिवारको काम

29-30 “मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास बर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर। तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्। 31 भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू। 32 वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकुन्। 33 मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के-के हो खटाऊनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

लेवी परिवार

34 मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे। 35 तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।

36 कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए। 37 यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।

38-39 गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो। 40 यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए। 41 यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।

42 मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए। 43 तीसदेखि पचास बर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो। 44 मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए। 45 यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार गरे।

46 यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे। 47 तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे। 48 तिनीहरूको कुल संख्या 8,480 थियो। 49 परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

भजनसंग्रह 38

सम्झनाको निम्ति दाऊदको भजन।

हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
    तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
    तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
    मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
    म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
मैले मूर्ख कामहरू गरें।
    अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
    म दिनभरि हताश-हताश हुन्छु।
मलाई ज्वरो आएको छ,
    अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
    मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
    मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु झन्-झन् ढुक्‌ढुक् गरिरहेको छ।
    मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11 मेरा बिमारीको कारणले गर्दा,
    मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
    मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
    तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
    सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
    म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
    म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
    हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
    तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
    म मेरो पीडा बिर्सिन सक्तिनँ।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
    म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
    अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
    अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
    तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21 हे परमप्रभु, मलाई नत्याग्नु होस्।
    हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
    हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!

श्रेष्ठगीत 2

म भन्जायाङमा फुल्ने गुलाफ,
    अनि बेंसीमा फुल्ने लिली फूल झैं छु।

पुरूष बोल्छ

हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी
    काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ।

स्त्री भन्छिन्

हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलको,
    अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं हुनुहुन्छ।

ऊ स्त्रीहरूसित कुरा गर्छिन्

म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु,
    अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।
मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो
    र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।
म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस,
    र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।
उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ
    अनि दाइने हातले मलाई अँगालेको छ।

हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर।
    मसित प्रेम गर्न उत्तेजित नहौ,
    जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।

प्रेमिका फेरि बोल्छे

मेरो प्रेमीकाको स्वर सुन, लौ हेर!
    उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै
    अनि डाँडाहरूमा दगुर्दै।
मेरा प्रेमी एउटा लघुमृग
    अथवा जवान मृग झैं हुनुहुन्छ।
हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ,
    झ्यालबाट हेरिरहनु भएकोछ,
    आँखी झ्यालबाट चियाइरहनु भएकोछ।
10 मेरा प्रेमीले भन्नु भयो,
“हे सुन्दरी, मेरी प्यारी उठ,
    कतै टाडा जाऊँ।
11 हेर! हिउँद बित्यो,
    बर्षा काल पनि गई सक्यो।
12 भूमिमा फूलहरू फूलिरहेकाछन्,
    चराहरूले गाउने समय आइसकेको छ।
    पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके।
13 नेभाराका चिचिलाहरू लाग्न थाल्यो,
    दाखका फूलहरूबाट वासना फैलिन थाल्यो।
मेरी प्रियतमा उठ,
    हे मेरी सुन्दरी हिँड कतै टाढा जाऊँ।”

पुरूष बोल्छ

14 अग्लो चट्टानको गुफाहरूमा
    र पहाडहरू माथि लुक्ने मेरो ढुकुर,
मलाई तिम्रो दर्शन देऊ,
    मैले तिम्रो स्वर सुन्नु पाउँ।
कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ,
    अनि तिमी अत्यन्तै सुन्दरी छौ।

ऊ स्त्रीहरूसित कुरा गर्छिन्

15 हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ,
    किनभने ती साना स्यालहरूले
हाम्रो दाखबारी नष्ट गरिदिन्छन्
    जो पूर्णरूपले फूलेकोछ।

16 मेरा प्रेमी मेरा हुनु हुन्छ,
    अनि म उहाँकी,
मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।
17     जबसम्म दिन बितेर छाँयाँ लामो हुँदैन,
फर्कि आऊ मेरा प्रेमी, हरिण झैं बन अथवा
    मृगहरू झैं सुन्दर पहाडहरूमाथि।

हिब्रू 2

हाम्रो उद्धार व्यवस्थाभन्दा ठूलो हो

यसकारण सिकाइएका कुराहरू अनुशरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं। स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँच्चो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुशरण गरेनन् तिनीहरूले उचित दण्ड पाए। हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँच्चो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे। परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।

मानिसहरूलाई बचाउन ख्रीष्ट मानिस जस्तै बन्नुभयो

आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं। धर्मशास्त्रमा लेखिएको छ:

“तपाईं किन मानिसलाई सम्झनु हुन्छ?
    किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ?
ऊ यति महत्वपूर्ण छ?
छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो।
    तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो,
अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।”(A)

परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं। केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।

10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।

11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न। 12 त्यसैले उहाँ भन्नुहुन्छ,

“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु।
    तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”(B)

13 उहाँ यसो पनि भन्नुहुन्छ,

“म परमेश्वरमा भरोसा गर्छु।”(C)

अनि उहाँ भन्नुहुन्छ,

“म यहाँ छु, अनि मसित ती छोराछोरीहरू छन्, जो परमेश्वरले मलाई दिनुभएको छ।”(D)

14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ। 15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए। 16 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ। 17 यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्। 18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International