M’Cheyne Bible Reading Plan
14 तब परमप्रभुले मोशालाई भन्नु भयो, 2 “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ। 3 फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। 4 म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”
फिरऊनले इस्राएलीहरूलाई खेद्छ
5 इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?”
6 यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। 7 उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। 8 इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्यो।
9 मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे।
10 इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे। 11 तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायौं? 12 हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न दिनुहोस। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”
13 तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ त्यहीं उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ। 14 तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।”
15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढ़न शुरू गर्नु भन। 16 लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्। 17 मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु। 18 तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।”
परमप्रभुले मिश्रका सेनालाई पराजित गर्नुहुन्छ
19 तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो। 20 यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।
21 मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो। 22 इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो। 23 फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे। 24 एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो। 25 रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।”
26 तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।”
27 यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो। 28 त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।
29 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूख्खा जमीनमा हिंडेर पारि गए। 30 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे। 31 इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।
पापको कारण नबन र सधैँ क्षमा गर्न तयार होऊ
(मत्ती 18:6-7,21-22; मर्कूस 9:42)
17 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घट्नाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ। 2 त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ। 3 यसकारण होशियार बस।
“यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर। 4 तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”
तिम्रो विश्वास कति ठूलो छ?
5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”
6 प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, ‘तँ आफैं उखेलिएर समुद्रमा रोपिन जा!’ अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ।
विश्वासी नोकर हुने चेष्टा गर
7 “मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेंडा़ चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? ‘आऊ अनि खाना खान बस’? 8 अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’ 9 नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन। 10 तिमीसँग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, ‘तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।’”
धन्यवादी बन
11 येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो। 12 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। 13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।”
जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए। 15 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो। 16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो। 17 येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्? 18 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?” 19 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
परमेश्वरको राज्य तिमीभित्रै छ
(मत्ती 24:23-28,37-41)
20 कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?”
येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ। 21 मानिसहरूले भन्ने छन्, ‘हेर परमेश्वरको राज्य यहाँ छ!’ अथवा, ‘त्यहाँ छ!’ होइन, परमेश्वरको राज्य तिमी भित्रै छ।”
22 तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ। 23 मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर्, यो त्यहाँ छ!’ अथवा हेर, ‘यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।
24 “तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अनन्त सम्म चम्कन्छ। 25 तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।
26 “मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो। 27 नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पार्यो।
28 “यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए। 29 लूतले शहर छाड्ने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो। 30 जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यस्तै हुनेछ।
31 “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर फर्किनु पर्दैन। 32 विचार गर, लूतकी पत्नीलाई के भएको थियो।
33 “जुन मानिसले आफ्नो जीवन बचाउँन चाहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ। 34 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। 35 दुइजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” 36 [a]
37 चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?”
येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”
इलीहुले तर्क थप्दछ
32 त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो। 2 तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसँग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो। 3 एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्। 4 अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुन्जेल उसले पर्खियो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो। 5 अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो। 6 यसकारण उसले भन्न थाल्यो। उसले भन्योः
“म जवान मानिस मात्र हुँ अनि तिमीहरू बूढा मानिसहरू हौ।
यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
7 म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ।
बूढा मानिसहरू धेरै लामो बाँचे यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
8 तर परमेश्वरको ‘आत्माले’ मानिसलाई ज्ञानी बनाउँछ।
सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।
9 बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्।
बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।
10 “यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ।
अनि मैले के सोच्दछु त्यो भन्नेछु।
11 जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें।
मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।
12 तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने।
तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ।
तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
13 तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ।
परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।
14 अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन,
यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।
15 “अय्यूब, ती मानिसहरूले साहस हराए।
तिनीहरूसँग अब भन्ने केही कुरा छैन।
तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
16 अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें,
तर तिनीहरू चुपचापछन्।
तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।
17 यसैले अब तिमीलाई म जवाफ दिनेछु।
हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।
18 म कुरै कुराहरूले भरिएकोछु कि
म बोल्नै पर्छ नत्र म पड्किनेछु।
19 म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन।
म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।
20 यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु।
मैले बोल्नै पर्छ र अय्यूबको तर्कहरूको जवाफ दिनेछु।
21 मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गर्दथे।
म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।
22 म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन।
यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।
2 यसैले, मैले निश्चय गरें कि मेरो अर्को भ्रमणले तिमीहरू दुःखी हुनु पर्दैन। 2 मैले तिमीहरूलाई दुःखीत बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःखीत बनाएँ। 3 यही कारणले मैले तिमीहरूलाई पत्र लेखें जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिनीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छु। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न सम्झन्छौ। 4 अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुःखीत थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुःखीत तुल्याउनु लेखेको थिइनँ। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।
भुल गर्नेलाई क्षमा देऊ
5 तिमीहरूलाई मण्डलीमा कसैले दुःखीत पार्यो। उसले मलाई दुःखीत बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ। 6 तिमीहरूका मण्डलीबाट धेरैले उसलाई जो दण्ड दिए उसको लागि मनग्गे छ। 7 तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ। 8 यसककारण म विन्ती गर्छु कि तिमीले उसलाई तिम्रो प्रेम देखाऊ। 9 यसैले मैले तिमीहरूलाई यो लेखेको हुँ। हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने जाँच्न र हेर्न म चाहन्थें। 10 कसैलाई तिमीले क्षमा दियो भने, म पनि त्यस मानिसलाई क्षमा दिन्छु। अनि मैले जे क्षमा दिएको छु-ममा क्षमा दिने केही भए-मैले त्यो ख्रीष्टको उपस्थितिमा तिम्रोलागि दिएँ। 11 शैतानले हामीबाट केही नखोसोस भनेर मैले त्योसो गरेको हुँ। शैतानको के-के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं।
परमेश्वरले हामीहरूलाई समस्याहरूमा बिजय दिनुहुन्छ
12 ख्रीष्टको सुसमाचार प्रचार गर्न म त्रोआसमा गएँ, प्रभुले मलाई उहाँको सेवा गर्ने राम्रो मौका दिनु भएको थियो। 13 तर मैले मनमा शान्ति पाइनँ, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेट्टाईनँ। त्यसैले मैले विदा लिएँ र म्यासिडोनिया तर्फ लागें।
14 तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सधैँ ख्रीष्टद्वारा विजयतर्फ डोर्याउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ। 15 परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं। 16 मानिसहरू जो नष्ट गराइदैंछ तिनीहरूको लागि हामी मृत्युको गन्ध हौं जसले मृत्यु ल्याँउछ। तर बचाइनेहरूलाई हामी जीवनका गन्ध हौं जसले जीवन ल्याउँदछ। यसकारण यस कार्यको निम्ति को योग्य छ? 17 हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।
© 2004, 2010 Bible League International