Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 13

परमेश्वर बेतेलको विरूद्धमा बोल्नुहुन्छ

13 परमप्रभुले यहूदाका एक जना परमेश्वरको जन अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे। परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने,

“वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छः ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अग्ला ठाउँहरूमा पूजा गरिहरेका थिए तर वेदी, योशीया ती पूजारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिनीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि प्रयोगमा आउने छैनौ!’”

यी घटनाहरू हुनेछन्, भनेर त्यस परमेश्वरको जनले मानिसहरूलाई प्रमाण देखाए। उनले भने, “परमप्रभुले मलाई बताएको प्रमाण यो नै हो। परमप्रभुले भन्नुभयो, ‘यो वेदी भत्किने छ अनि यसको सबै खरानी भूईंमा खस्ने छ।’”

जब राजा यारोबामले बेतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजो भइहाल्‌यो। उसले उसको हात चलाउन सकेन। वेदी पनि टुक्रा-टुक्रा भएर भत्कियो। वेदीको सबै खरानी भूईंमा छरियो। त्यो परमेश्वरको जनले भनेका प्रमाण थियो त्यो वचन परमप्रभुबाट भविष्यवाणि भएका थियो। तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वरसँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।”

यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तैं नै भयो। तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”

तर परमेश्वरको जनले राजालाई भने, “यदि तिमीले मलाई तिम्रो आधा राज्य दिए पनि म तिमीसँग तिम्रो घर जाने छैन, म यहाँ कुनै चीज खाने पिउने छैन। म यस ठाउँमा न कुनै चिज खाने छु नता पीउने नै छु। परमप्रभुले मलाई कुनै चिज नखानु अथवा नपिउनु भनी आदेश दिनु भएको छ। परमप्रभुले मैले आउँदा प्रयोगगरेको बाटोमा पनि न हिंड्नु भनी आदेश दिनुभएको थियो।” 10 यसकारण अर्को बाटोबाट उनले यात्रा गरे। उनले त्यही बाटोबाट यात्रा गरेनन् जुन उनले बेतेलमा आउँदा हिँडेका थिए।

11 बेतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बेतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए। 12 बूढा अगमवक्ताले भने, “उसले फर्किदा कुन बाटोमा यात्रा गर्यो?” यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबांट आउँने परमेश्वरको जन गएको थियो। 13 बूढा अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कस्नु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिंडे।

14 बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?”

परमेश्वरका जनले बताए, “हो, म नै हुँ।”

15 तब बूढा अगमवक्तले भने, “कृपया घर आऊ अनि मसित भोजन गर।”

16 तर परमेश्वरको जनले भने, “म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिनँ। 17 परमप्रभुले मलाई आदेश दिनु भएको छ, ‘त्यस ठाउँमा तैंले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छस्।’”

18 तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”

19 यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे। 20 जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बूढा अगमवक्तासँग बोल्नु भयो। 21 अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ। 22 परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खानु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्यौ। यसकारण तिम्रो शरीर तिम्रो परिवारको चिहानमा गाडीने छैन।”

23 परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिँडे। 24 घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए। 25 केही अरू मानिसहरू बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरूले सिंहलाई लाशको छेउमा उभिएको देखे। मानिसहरू शहरमा आए जहाँ बूढा अगमवक्ता बस्ने गर्दथे अनि बाटोमा आफूले देखेको विषयमा उनीहरूलाई भने।

26 बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिंह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।” 27 तब अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो गधा माथि काठी कस।” यसकारण उनका छोराहरूले उनको गधा माथि काठी कसे। 28 बूढा अगमवक्ता निस्के अनि बाटोमा लाश पाए। गधा र सिंह अझै त्यसको छेउमा उभिएका थिए। सिंहले लाशलाई खाएको थिएन अनि यस गधालाई केही गरेको थिएन।

29 बूढा अगमवक्ताले आफ्नो गधामाथि लाश राखे। उनले लाश शहरमा शोक मनाउन अनि गाड्न ल्याए। 30 बूढा अगमवक्ताले त्यसलाई आफ्नो परिवारको चिहानमा गाडे। उसले उसको मृत्यु माथि रूदै विलाप गरे, “हे मेरो भाइ।” 31 त्यसपछि बूढा अगमवक्ताले लाश गाडे। तब उनले आफ्नो छोराहरूलाई भने, “जब म मर्छु, मलाई यही चिहानमा गाड्नु। मेरा हाडहरू उसको छेउमा रहुन्। 32 परमेश्वरले उनको माध्यमद्वारा जे बोल्नु भएको थियो साँच्चै नै साँच्चो साबित हुनेछ। परमप्रभुले उनलाई बेतेल र सामरियाको डाँडाको शहरमा भएका वेदीहरूको विरोधमा बोल्नु भन्नु भएको थियो।”

33 राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो। 34 त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।

फिलिप्पी 4

गर्न पर्ने कामहरू

मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्यौ अनि तिमीहरूमाथि गर्वित तुल्यायौ। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।

मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु। मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा[a] तिमीहरूको नाउँपनि राखिएकोछ।

सधैँ प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।

मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ। कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ। परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर। जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ

फिलिप्पीका विश्ववासीहरूलाई पावलको धन्यवाद

10 प्रभुमा म खुबै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ। 11 म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु। 12 म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु। 13 म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

14 तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ। 15 मैले पहिले-पहिले सुसमाचार प्रचार गरेको तिमी फिलिप्पीहरूलाई थाहा छ। जब म म्यासिडोनिया हिंडें त्यस बेला तिमीहरूकै मात्र एउटा मण्डली थियो जसले मलाई सहायता गर्यो। 16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। 17 म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ। 18 आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बढ्तै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ। 19 मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ। 20 हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन।

21 ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु। 22 जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्।

23 हाम्रा प्रभु येशू ख्रीष्टको महिमा तिमीहरू प्रत्येकमा रहोस्।

इजकिएल 43

परमप्रभु उहाँका मानिसहरूको बीचमा बस्नु हुन्छ

43 त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो। त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो। दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ। परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो।

त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो। मैले मन्दिरभित्र कोही बोल्दै गरेको सुनें। मानिस मेरो छेउमा उभिरहेको थियो। मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालाको लागि हो, म यस ठाँउमा इस्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन। तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सङ्घारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे। अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु।

10 “अब हे मानिसको छोरो! इस्राएलका परिवारलाई यस मन्दिरको विषयमा भन्। तब तिनीहरू आफ्नो पापहरू प्रति लज्जित हुनेछन्। तिनीहरूले मन्दिरको योजनाको बारेमा सिकनेछन्। 11 यदि तिनीहरूले गरेको नराम्रो कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदेऊ। त्यो कसरी निमार्ण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन्। तिनीहरूलाई यसको सबै नमूनाहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सकुन्। त्यसपछि तिनीहरू मन्दिरको सबै नमूनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्। 12 मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।

वेदी

13 “वेदीको नाप हात भन्दा लामो नाप प्रयोग गरेर यस प्रकरको छ वेदीको आधार वरिपरि त्यहाँ मैला नाली थियो त्यो चारै तिर एक हात गहिरो अनि एक हात चौंडा थियो। यसको टाउकोमा चारैतिर एक बित्ता अल्गो बीट थियो। यही प्रकारले वेदीको उचाईमा, यस्तो थियो। 14 तल्लो किनार सम्म जगको नाप दुइ हात थियो। यो एक हात चौंडा थियो। सानो किनारबाट ठूलो किनार सम्म यसको नाप चार हात थियो। यो एक हात चौंडा थियो। 15 वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सींङको आकारको थियो। 16 वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौंडाको थियो। यो पुरै वर्गाकार थियो। 17 किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौंडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।”

18 त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन्। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ। 19 त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।’” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 20 “तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ। 21 तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।

22 “अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्यो। 23 जब तिमीहरूले वेदीलाई शुद्ध पारी सकेको हुन्छौ तब तिमीहरूले एउटा निष्खोट बाछा अनि एउटा निष्खोट भेंडा़को पाठो बलिदान चढाउनु आवश्यक पर्छ। 24 त्यसपछि पूजाहारीले त्यसमा रगत छर्किनेछ। त्यसपछि पूजाहारीले बाछा अनि थुमा परमप्रभुलाई होमबलिको रूपमा बलि चढाउनेछ। 25 तब एउटा बोका सात दिन सम्मकोलागी प्रत्ये दिन पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेंडा़ तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ। 26 पूजाहारीहरूले वेदीको प्रायश्चित सात दिन सम्म गरेर यसलाई शुद्ध पार्दै सेवाकोलागि तयार राख्नु पर्छ। 27 यसको सँग-सँगै सात दिन वेदी तयार पार्ने अनि यसलाई परमेश्वरलाई समर्पित गर्ने, पुरा हुन्छ। आठौं दिन अनि यसको अघाडी पूजाहारीले तिमीहरूका होमबलि अनि मेलबालि वेदीमा चढाउन सक्छ। त्यसपछि म स्वीकार गर्छु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

भजनसंग्रह 95-96

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

95 आऊ, परमप्रभुको गुण-गान गरौं।
    चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो।
परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
    उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!
    अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।
गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
    परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो।
आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।
    जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
    अनि हामी उहाँका सन्तानहरू हौं।
    यदि हामीले उहाँको आवाज सुन्यौं भने,

आज हामी उहाँका भेंडाहरू हौं।
    परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले “मरीबामाको” जंङ्गलमा हुँदा झैं,
    अनि “मस्साको” मरुभूमिमा गरे झैं जिद्दी नगर।
तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे,
    तर तिनीहरूले म के गर्न सक्थें भन्ने कुरा देखे।
10 चालीस बर्षसम्म मैले ती मानिसहरूको गन-गन सहेर बसें।
    अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्।
    तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
11 यसैले मेरो रीसमा तिनीहरू
    ‘मेरो विश्रामको भूमिमा पस्ने छैनन’ भनी मैले प्रतिज्ञा गरें।”

96 परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,
    सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!
    सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
“परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ” भनेर मानिसहरूलाई भन,
परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।
    सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।
    उहाँ अन्य सबै “देवताहरू” को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।
    तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।
    परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा
    र महिमाको गीत गाऔं।
परमप्रभुको नाउँको प्रशंसा गर
    आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
    पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।
पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
10     जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,
ताकि संसार नष्ट नहोस्।
    परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!
    यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।
    जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
13 जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्,
    परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ,
परमप्रभुले संसारमा भएका राज्यहरूमा
    पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International