Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 22

22 परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ। हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

“यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु वा स्राव रोग छ भने ऊ शुद्ध नहोउन्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ। उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्। यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन। घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किनभने पवित्र खाना उसको हुन्छ।

“यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जङ्गली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।

“मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्‌याएको छु। 10 पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्। 11 तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्। 12 पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन। 13 पूजाहारीको कुनै छोरी विधवा हुन सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्‌याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।

14 “यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।

15 “इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन। 16 यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”

17 परमप्रभुले मोशालाई भन्नुभयो, 18 “हारून, उनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भनः इस्राएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस् अथवा त्यो उसको भाकलको बलि होस्। 19-20 ती उपहारहरू परमेश्वरलाई चढाउन इच्छा गर्ने मानिसले चढाएका हुन्। यसर्थ कुनै खोट भएको बलि तिमीहरूले ग्रहण गर्नु हुँदैन कारण त्यस्तो बलि म ग्रहण गर्दिनँ। साँढे, बाख्रा अथवा भेंडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।

21 “कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वइच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेंडा। 22 तिमीहरूले परमप्रभुको वेदीको आगोमा कुनै प्रकारको रोगी पशु उपहार स्वरूपमा चढाउँनु हुँदैन। यसर्थ कुनै बलि तिनीहरू परमप्रभुलाई चढाउँछौ त्यो अन्धो, लंङ्गडो, अयोग्य अनि चर्मरोग अथवा धातुरोग भोगेको छ भने यस्ता पशुहरू उपहारको रूपमा चढाउनु हुँदैन।

23 “कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुन्न।

24 “यस्तो पशु नचढाऊ जसको अण्डाकोष कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।

25 “यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”

26 परमप्रभुले मोशालाई भन्नुभयो, 27 “जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसँगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ। 28 तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेंडाहरूमा पनि लाग हुन्छ।

29 “यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउँन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ। 30 तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ।

31 “मेरो आज्ञाहरू याद राख अनि पालन गर। म परमप्रभु हुँ। 32 इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु। 33 मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।”

भजनसंग्रह 28-29

दाऊदको भजन।

हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।
    मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्!
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
    मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।
हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
    जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
    मप्रति दया दर्शाउनु होस्।
हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
    तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”[a] शब्दसँग स्वागत गर्दछन,
    तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
    यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
    तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
    उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ,
    अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।

परमप्रभुको प्रशंसा गर।
    उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
    म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु,
उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु,
    र उहाँको प्रशंसाको गीत गाउँछु।
परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
    परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।

हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
    जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
    तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।

दाऊदको भजन।

परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
    उहाँको महिमा र शक्तिको प्रशंसा गर।
परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
    आफ्ना खास पोशाक[b] लगाएर उहाँको उपासना गरौं।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
    मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
    उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
    परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
    सिरिओन हल्लिन्छ।
    त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
    कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
    परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
    अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
    परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

उपदेशक 5

भाकल गर्नमा होशियार

परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्। परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नमा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ:

धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ,
    र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।

यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा ढिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ। बरू कुनै भाकलै नगर्नु राम्रो हो तर भाकल गरेर पूरा नगर्नु राम्रो होइन। यसर्थ तिम्रो आफ्नै शब्दहरूले आफैंलाई पापमा पतन नगराओस् पूजाहारीलाई[a] नभन, “मैले जे कुरा भनें त्यसको अर्थ यो होइन!” तिमीले यसो गर्यौ भने परमेश्वर तिम्रा शब्दहरूमा रिसाउनुहुनेछ, जुन कुराको निम्ति तिमीले कर्म गरेका छौ ती सबै नष्ट पारिदिनु हुनेछ। धेरै सपनाहरू देख्नाले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोर्याउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।

प्रत्येक शासकको माथि शासक हुन्छन्

कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्। यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो।

धनले आनन्द किन्न सकिंदैन

10 जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो।

11 कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।

12 जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्।

13 मैले यस जीवनमा धेरै दुःखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सन्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ। 14 अनि केही नराम्रो घटना घट्छ र उसको सबै कुरा जान्छ र त्यस मानिससित आफ्नो छोरालाई दिने पनि केही रहँदैन।

15 एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आँउछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, ऊ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ ऊ आफूसित केही लिएर जान सक्दैन। 16 यो बडा दुःखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी ऊ आएको थियो। यसकारण “हावालाई पक्रने कोशिश गर्नाले के पाउन सक्छ”? 17 उसले यदि केही पाँउछ भने त्यो हो दुःख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।

आफ्नो जीवनको कर्ममा रमाऊ

18 मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो।

19 यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिनु पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ। 20 यसो भए त्यस्ता मानिसले कहिल्यै पनि जीवन छोटो छ भनी सोच्दैन। किनकि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ।

2 तिमोथी 1

ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।

मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।

उत्साह अनि धन्यवाद

दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु। म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ। म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ। त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।

यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।

परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। 10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।

11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो 12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैनँ। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म[a] उहाँ सामर्थ हुनु हुन्छ।

13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। 14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।

15 तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस ले पनि मलाई छोडे। 16 ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्। 17 अँहँ, जब उनी रोममा आए मलाई नभेटुन्जेल उनले मलाई निरन्तर खोजिरहे। 18 म प्रार्थना गर्छु त्यस दिन[b] प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International